भर्खरै :

टोखामा १२ औँ जनसाहित्य सम्मेलनको पूर्वतयारी भेला

काठमाडौँ, २२ पुस । जन साहित्य समाज टोखाले आइतबार एक भेलाको आयोजना गरेको छ ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय  सदस्य राजवीर डंगोलले समाज परिवर्तनमा साहित्यले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अन्याय, अत्याचार तथा शोषणलाई साहित्यमार्फत उजागर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भेलामा जन साहित्य समाजका पूर्वअध्यक्षहरू शैलेन्द्र डंगोल, शेलैश डंगोल र सदस्य काशीलाल डंगोलले पनि बोल्नुभएको थियो ।
भेलाले काशीलाल डंगोलको अध्यक्षतामा १५ सदस्यीय जन साहित्य समाजको नयाँ कार्य समिति गठन गरेको छ । समितिका अन्य पदाधिकारीहरूमा क्रमशः उपाध्यक्ष सन्तलाल श्रेष्ठ, सचिव कमलबहादुर डंगोल, सह–सचिव रामलाल महर्जन, कोषाध्यक्ष वीरेन्द्र महर्जन र सदस्यहरूमा शोभालाल श्रेष्ठ, रमेश डंगोल, जितेन्द्र डंगोल, शुक्रराज डंगोल, रोजी डंगोल, सन्तमाया महर्जन, निशा श्रेष्ठ, सुरेश महर्जन, रमेश श्रेष्ठ, राजभाइ श्रेष्ठ रहनुभएको छ ।
भेलाले आगामी फागुन ७ गते हुने १२ औं जन साहित्य सम्मेलन पूर्वतयारीका लागि विभिन्न विषयमा छलफल गरी व्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *