भक्तपुर, २२ पुस । ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि·को हिउँदे खेदकुद प्रतियोगिता आइतबार पनि चालू रह्यो । आइतबार भएको ख्वप इ. कलेजका विद्यार्थीहरूबीच भएको छात्रा ब्याटमिन्टन प्रतियोगितामा क्रमश रोजिना ग्यामरु प्रथम , सुनेना दुवाल द्वितीय र रोजिना गोर्खाली र पुष्पान्जली रोकाय संयुक्त तृतीय हुन सफल भए भने छात्र ब्याडमिन्टनमा मनिष चदरु प्रथम, ईश्वर पोेखरेल द्वितीय, सुजन र सुबेश कुमार सिंह संयुक्तरुपमा तृतीय भए । त्यस्तै कवड्डीमा सेमि फाइनलसम्मको खेल सम्पन्न भएको छ ।
ख्वप कलेज अफ इन्जिनियरि·तर्फ १५०० मि. छात्र दौड प्रतियोगितामा विशाल बस्नेत प्रथम, अनिस प्रजापति द्वितीय, अजित प्रजापति तृतीय र अनिस खयरगोली चतुर्थ भए भने ८००मि छात्र दौडमा सिजना दुवार प्रथम , रुकसाना श्रेष्ठा द्वितीय, सिजना बाता र आस्ता थापा तृतीय भए । त्यस्तै डोरी तान्ने छात्र खेलमा इलेक्ट्रिकलका विद्यार्थीहरू प्रथम र सिभिलका विद्यार्थीहरू द्वितीय भए । डोरी तान्ने छात्रा खेलमा सिभिल तेस्रो सेमेस्टरका विद्यार्थी प्रथम भए ।