भर्खरै :

शिक्षिकालाई चिठ्ठी

आर.के.श्रेष्ठ
नमस्कार, मोबाइल र नेटको जमानामा खबर र सम्पर्क गर्न गा¥हो त होइन । दुई दिनको बसाइमाहजुरको गाउँघर र हजुरसँग भेटघाट पछि मनलाई थाम्नै सकिन्न । त्यसैले पत्रमार्फत हजुरसँग म केही कुरा राख्ने प्रयास गर्दैछु । गल्ति कमजोरी भएमा सच्याएर पढिदिनु होला भन्ने मेरो विनम्र अनुरोध छ ।
गाउँको कच्ची सडकमा गाडीमा केही अप्ठेरो लागे पनि राजमार्गमा ओर्लीसकेपछि चितवन नारायणगढ सजिलैसँग आइपुगँे । गाउँको दुई दिनको बसाई आनन्दित र सिक्ने बुझ्ने मौका मिल्यो । हजुर र परिवारलाई धेरै धन्यवाद छ ।
घरमा हजुरसँग भएको छलफल, कुराकानी नै मेरो लागि गाउँ यात्राको महत्वपुर्ण क्षण रह्यो । हजुर विद्यालयको मात्र शिक्षिका नभएर गाउँकै शिक्षिका हुनुहुँदोरहेछ । आगामी दिनमा समाज परिवर्तनमा हजुरको महत्वपुर्ण भूमिका रहनेमा आशा राख्दछु । हामी जस्ता नयाँ युवा–पुस्ताको लागि हजुरको सल्लाह र सुझाव सदा आवश्यक रहने छ ।
विद्यार्थी उमेरमा ४÷५ घण्टा पैदल यात्रा गरेर विद्यालय पुग्नु पर्दाको दुःख कष्टको कुरा हजुरले सुनाउँदा हामीलाई कथा र काहानीजस्तो लाग्छ । नेपालमा अझै पनि विकट क्षेत्रका यस्ता घट्ना, अवस्थाहरू नभएका होइनन् । तर, पनि त्यो बेलाको समाज र अहिलेको समाजमा आकाश र जमिन फरक छ । हजुर मगरको छोरी, त्यति बेलाको सामाजिक संस्कार र आर्थिक समस्याको बावजुद पनि एसएलसीसम्मको शिक्षा हासिल गर्नु कम चुनौतीमय होइन । बिहेपछि शिक्षिका भएर स्नातक सम्मको अध्ययन गर्नु पनि सङ्घर्षपूर्ण हो । स्नातक तहको उतीर्णले हजुरको सोचाइलाई थप फराकिलो बनाएको छ । पढ्नको लागि रातको दुई तीन बजे नै बत्ती बालेर सलाङको गाउँदेखि बेनिघाटको चन्द्रोदय मावि, विशालटारसम्मको पैदल यात्रा सुनेकोजस्तो सजिलो पक्कै छैन । विद्यालय आउन जान त्रिशुली नदीको भेलमा काठको डुङ्गामा तर्न पर्दाको सकस हजुरले बिर्सनुभएको छैन । ज्यानको बाजी थापेर हासिल गरेको महत्वपूर्ण शिक्षा आज विद्यालयका बालबालिका र समाजले पाइरहेको छ ।
आदरणीय शिक्षिका,
हजुरको छोरी शिला र म झण्डै ७ वर्ष देखि परिचित छौं । एसएलसीपश्चात् शिला पनि उच्च शिक्षा लिन चितवन झरेकी र म पनि भरतपुरकै वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै थिएँ । क्याम्पसमा राजनैतिक सवाल जवाफ र सङ्गठनको पनि कुराहरू चल्ने गर्दथ्यो । हामी गाउँका गरिवका छोराछोरी हौं । धनीका छोराछोरी र हुने खानेले मात्र राजनीति गर्ने हो भनी हामीले बुझेका थियौं । पछि बुझ्दै आउँदा हाम्रो बुझाइ गलत रहेछ । धनी हुने खानेले त आफ्नै लागिमात्र राजनीति गर्दोरहेछ । गरिब विद्यार्थीको लागि त हामीले नै राजनीति गर्नु पर्दोरहेछ । म सम्झन्छु–२०६७ सालमा हामीले पढ्दै गर्दा प्रविणता प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयले खारेज ग¥यो । धेरै गरिवका छोराछोरीले सरकारी विश्वविद्यालयल त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसहरूबाट उच्च शिक्षा लिइरहेका थिए । तर, अहिले सामुदायिक, निजी कलेजहरूमा गरिवका छोरा छोरीहरू महङ्गो शुल्क तिरेर पढ्न बाध्य छन् । त्यतिबेला विद्यार्थीका आन्दोलन चर्किरहदा काङ्ग्रेस, एमाले र माओवादीका विद्यार्थी सङ्गठनहरूले विभिन्न सर्तमा त्रिविसँग सम्झौता गरे । व्यक्तिगत लोभ, लालच, राजनैतिक स्वार्थ र भागबण्डामा ती पँुजीवादी पार्टीका विद्यार्थी सङ्गठनले विद्यार्थीको पढ्न पाउनुपर्ने शैक्षिक आन्दोलनलाई तिलाञ्जली दिए । यस्तै शैक्षिक आन्दोलनलाई लिएर हजुरको छोरी शिला र हामी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आवद्ध भयौं ।
समाज र देशको विषयमा सङ्गठनको आयोजनामा हुने धेरै कार्यक्रमहरूमा हामी सँगै हुन्थ्यौं । विप्पा सम्झौता, भारतीय जीएमआर कम्पनीसँग भएको देशघाती माथिल्लो कर्णाली सम्झौता, अनुचित रुपले सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्यवृद्धि गर्दा हामीसँगै आन्दोलनमा उत्रन्थ्यौं । संविधान निर्माणको क्रममा समाजवादउन्मुख संविधान समयमै घोषणा गर्न दबाब क्रार्यक्रम, नेपालको संविधान निर्माणको क्रममा भारतीय विस्तारवादले हस्तक्षेप गर्दा हामीले खुलेरै विरोध गरेका थियौं । ६ महिनासम्म भारतीय विस्तारवादले नेपालमा अमानवीय आर्थिक नाकावन्दी लगाउँदा आफुलाई ठूला भनाउँदा पुँजीवादी पार्टीका युवा–विद्यार्थीहरूले एक शब्द बोलेनन् । हाम्रो विद्यार्थी सङ्गठन र पार्टीले संसद र सडकमा डटेर विरोध गरेका थिए । नेपाली जनताको देशभक्त आन्दोलन र सङ्घर्षले भारतीय विस्तारवादले नाकाबन्दी खुलाएको थियो । मोदी सरकार एक पाइला पछि हटेको थियो । शैक्षिक मुद्दादेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै आन्दोलन र सङ्घर्षहरूमा भेट भएदेखि हामी सँगै छौं । हजुरको छोरी शिला पढ्नमा मात्र केन्द्रित छैनन् । समाज र देशको विषयमा सोच्न सक्ने भएका छिन् ।
हाम्रा बुवा आमाले किन दुःख पाए ? सजिलोसँग पढ्न किन पाएनन् ? समाजमा एकथरी मानिस अमनचैनको जिन्दगी बाँच्छन्, अर्कोथरीलाई हातमुख जोड्न धौ धौ किन भयो ? मानिसले मानिसलाई किन हेलाहोचो गर्दछ ? समाजको उत्पत्ति, विकास र अन्त कसरी हुन्छ ? सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिकजस्ता विविध विषयहरूमा उनी जानकार भएकी छिन् । यी सब कुरा सङ्गठनले सिकाएको हो । शिला अब सामाजिक जीवन जीउन चाहन्छिन् । शिला समाजको लागि आवश्यक छ । अझ धेरै जनताहरूलाई अज्ञानताबाट बाहिर निकाल्नु छ । देशैभरि समाजवादी चेतना छर्नु छ । यी कम्युनिष्ट भनाउँदा राजनैतिक पार्टीहरूलाई जनतामाझ नाङ्गेझार बनाउन आवश्यक छ । भ्रष्टाचारी, दलालीहरूलाई गाउँगाउँबाट लखेट्नु छ । पुस्तौंैंदेखि शोषण गरेर, दबाएर आएको शोषक–सामन्तीलाई जरादेखि नै उखेलेर फाल्ने काम हाम्रो काँधमा आएको छ । शिलालाई मात्र हजुरको साथ र सहयोगको आवश्यकता छ ।
आदरणीय शिक्षिका,
माक्र्स, ऐंगेल्स, लेनिन, स्तालिन र माओ त्से तुङ, किम इल सङ, फिडेल क्याष्ट्रोलगायत सर्वहारा वर्गका नेताहरूका ज्ञान र अनुभव सिकाउनुपर्नेमा नेकपा जस्ता नक्कली कम्युनिष्ट पार्टीले सोझा गरिब जनतालाई भ्रममा पारेर शासन गरिरहेका छन् । यिनीहरूलाई कहिले जुटाएका छन् कहिले फुटाएका छन् । मान्छे मार्नेदेखि लिएर अर्बांै भ्रष्टाचार गर्ने, व्यापारी, म्यानपावर कम्पनीका मालिक, देशघाती, ठग, गुण्डाहरू संसदमा पुगेका छन् । मन्त्री भएका छन् ।
पुँजीवादी राजनैतिक पार्टीहरूले चुनावको बेला पैसा, रक्सी, भोज भतेर गर्नुको साथै लोभलालच र धम्की देखाई सोझा गरिब जनताहरूको मत लुटेको हो । चुनावपछि पनि लुटिरहेका छन् । यो हामीले देखेका, भोगेका कुरा हुन् । यी भ्रष्ट नेताहरूको व्यवहार देखेर सचेत नेपाली जनता आकुलव्याकुल भएका छन् । इमानदार, देशभक्त पार्टी र व्यक्तिको खोजीमा सोझा जनताहरू तड्पिरहेका छन् । यस्तो परिवेशमा हामी अघि बढेनांै भने इतिहासले हामीलाई धिकार्ने छ । हामीले सिकेको बुझेको बेकार हुनेछ । सुसंस्कृत समाज निर्माण गर्न, देशलाई जोगाउनको लागि हाम्रो महत्वपूर्ण भूमिका हुनेछ । समाज परिवर्तनको लागि हजुरको छोरी शिला आवश्यक छ ।
आदरणीय शिक्षिका,
दिनदिनै छोरी चेलीको बलात्कार, हत्याजस्ता जघन्य सामाजिक अपराधहरू भइरहेका छन् । निर्मला पन्तको बलात्कारपछि गरिएको निर्मम हत्याको घट्ना पनि पाँच महिना नाघ्यो । सरकारले दोषी अहिलेसम्म पत्ता लगाउन सकेको छैन । सरकारले नै घट्नाको ढाकछोप गरेकोजस्ता नमिठा कुराहरू बाहिर सुन्नमा आएका छन् । तेत्तीस किलो सुन काण्ड, वाइडबडी जहाज किन्दाको अर्बौं भ्रष्टाचार, एनसीएल काण्डजस्ता ठुलठुला काण्डहरूमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका नामहरू जोडिएर बाहिर आइरहेका छन् । यी कुराहरू सुन्दा हामी जनतालाई लाज लाग्न थालेको छ । हामीले कस्ता नेतालाई जिताएर पठायौं ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार भन्दा बढी युवाहरू खाडी मुलुकहरूमा जोखिम काम गर्न बेचिन बाध्य छन् । विमान स्थलमा दैनिक सरदर चारजना नेपालीहरूको लास भित्रिरहेको हुन्छ । शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रहरूमा पैसा नभई पढ्न पाइँदैन, उपचार गर्न पाइँदैन । सोझा गरिव जनताले कहीं कतै पनि न्याय पाइरहेका छैनन् । दुःखमाथि दुःख खेप्नु परिरहेको छ । सरकार पानीजहाज, रेल, स्मार्ट सिटी, सम्मृद्धि र विकासजस्ता ठूलठुला कुरा गर्न थाकेको छैन । यस्ता विकृति र विसङ्गतिबारे जनतालाई जानकारी गराउनु, राजनैतिक सङ्घर्षमा सँगै लड्नु शिला र हाम्रो तत्कालको चुनौती रहेको छ ।
आदरणीय शिक्षिका,
पत्र लामो भए जस्तो लाग्यो । शिला र हामीले सिकेको बुझेको कुराहरू हजुर समक्ष राख्न मन लाग्यो । पक्कै पनि हाम्रो राजनैतिक सङ्घर्षलाई बझिदिनुहुनेछ भनी विश्वास गरेको छु ।
हाम्रो समाजमा आजको भोलि नै मान्छेहरू राजनैतिक शक्तिको आडमा एकाएक सम्पतीको मालिक बनेको छ । गुण्डा, डन, अपराधीहरू नै हाम्र्र्रो अगाडि नेता बनी हिंडिरहेका छन् । समाजसेवी, बुद्धिजीवी र सोझासादा जनता तिनीहरूकै अगाडि बस्न बाध्य छन् । आर्थिक असमानता बढ्दो छ । मुठीभर पुँजीपतिहरूले गुण्डाहरूको आडभरोसामा कामदार जनतालाई थिचिरहेको देख्दा शिला चुप लागि बस्न सक्दैनन् ।
देशका ठूलठूला नदीनालाहरू यी पुँजीवादी शासक पार्टीहरूले भारतलाई बेचेको सुन्दा र पढ्दा शिलाको रगत तातेर आउँछ । ७१ स्थानमा ६० हजार हेक्टर भन्दा बढी नेपाली भूमि भारतीय विस्तारवादले मिचिसकेको छ । भारतीय सीमा सुरÔा बल र प्रहरीले नेपाली भूमिमा प्रवेश गरेर नेपाली जनतालाई गोली हान्ने, धरपकड गर्ने, रातारातै सीमास्तम्भ नेपाली भूमिमा सार्नेजस्ता समाचारहरू हामीले पढिरहेका छौं । अन्तर्राष्ट्रिय नियम कानुन मिचेर भारतले नेपालको सिमानामा एकतर्फीरुपमा तटबन्ध, बाँध बनाएको छ । जसको कारण वर्षैनी नेपालको हजारौं हेक्टर तराईको भूमि डुबानमा पर्दछ । जन धनको क्षति भोग्नु परिरहेको छ । भारतीय विस्तारवादको विरोधमा शासक पुँजीवादी पार्टीका नेताहरूर सरकारले एक शब्द बोल्दैनन् । नेपाली काङ्गे्रस, नेकपाले भारतको विरोध गर्नैसक्दैनन् । जसको सिता खान्छ उसकै गिता गाउँछ भनेझैं, भारतकै आशीर्वादमा यिनीहरू पद र कुर्सीमा पुगेका छन् । व्यक्तिगत स्वार्थभन्दा माथि यिनीहरू उठ्नै सक्दैनन् । त्यसकारण पनि शिला राजनैतिक रुपमा अघि आउनु आवश्यक छ ।
राजनैतिक विषयवस्तुलाई नै केन्द्र बनाएर पत्रको अन्त्य गरेँ । समाजको अवस्था र हाम्रो जिम्मेवारी के हो ? भन्ने विषय हजुरसमक्ष पत्रमार्फत राखेँ । पछि भेट हुनेमा विश्वास राख्दै बिदा हुन्छु, नमस्कार ।
हजुरकी छोरी शिलाको साथी अनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *