भर्खरै :

भक्तपुर शिक्षा क्षेत्रमा नमुना नगर

ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय जिल्ला भक्तपुरको सबैभन्दा जेठो नगरपालिका हो भक्तपुर । स्थानीय भाषामा ख्वप भनिने यो नगर नेपालको रोम सहरको रूपमा समेत परिचित छ । पोखरीहरूको सहरको रुपमासमेत परिचित भक्तपुरलाई सिद्धपोखरी, नःपुखु, भाजुपोखरी, कमलपोखरीले शोभायमान बनाएका छन् । ‘संस्कृतिको नगर’, ‘जीवित सम्पदा’, ‘नाचगानको राजधानी’ र ‘नेपालको सांस्कृतिक रत्न’ को उपमासमेत पाएको यस नगरको जुजु धौ, कालो भादगाउँले टोपी, हाकुपटासी, माटोका भाँडा, हस्तकला, काष्ठकला विश्व प्रख्यात छन् । १२ औँ शताब्दीमा राजा आनन्द मल्लबाट स्थापित भक्तपुर १५ औँ शताब्दीसम्म मल्ल राज्यको राजधानी थियो । यहाँको दरवार स्क्वायर, न्यातपोल, दत्तात्रय परिसर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
यतिमात्र नभएर भक्तपुर भन्नेबित्तिक्कै शिक्षाको केन्द्रको रुपमा चिनिएको नगरपालिका हो । शिक्षामा राम्रो गरिरहेको नगरपालिकाहरूमध्ये अग्रस्थानमा रहेको यो नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग गरिएको कुराकानी—
विगत १७ महिनामा भक्तपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा के–कस्ता काम गरेको छ ?
भक्तपुर नगरपालिकाले शिक्षामै बढी जोड दिइरहेको छ । हामी निर्वाचित भइसकेपछि स्थानीय सरकार ऐन बन्यो । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई जिम्मा दिइयो । कानुनबमोजिम शैक्षिक विकासको लागि हामीले प्रयासरत छौँ । स्थानीय पाठ्यक्रम राख्ने अधिकारसमेत दिइएको हुँदा शिक्षक र शिक्षाविद्हरूको पटकपटक भेला बोलायौं । स्थानीय विषयहरूमा छलफल ग¥यौं । भक्तपुरमा जन्मे हुर्केका राजनैतिक नेता, कार्यकर्ता, सहिद, संस्कृतिविद्, इतिहासविद्हरूलाई स्थानीय पाठ्यक्रममा राख्ने तयारीमा लाग्यौं र त्यहीअनुसार यो शैक्षिक सत्रबाट सबै विद्यालयमा कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू ग¥यौं । पाठ्यक्रममा स्थानीय चाडपर्वदेखि भूगोल, राजनीति, इतिहास, आन्दोलन, खेललगायतका विषयलाई समावेश गरेका छौँ । भक्तपुरमा ९२ वटा विद्यालय छन्, ३५ वटा सरकारी र बाँकी निजी । ऐनमा कक्षा ८ को परीक्षा नगरपालिकाले नै लिने प्रावधान छ । सबै पक्षलाई समेट्ने गरी परीक्षा समिति बनायौं । उहाँहरूले प्रश्नपत्र बनाउने, परीक्षा लिने, कापी परीक्षण गर्ने र परिणाम घोषणा गर्नेदेखि अनुगमन, व्यवस्थापनसमेत गर्नुभयो र परीक्षा सफलतापूर्वक सम्पन्न भयो ।
सामुदायिक र संस्थागत विद्यालयबीच शैक्षिकस्तरमा भएको भिन्नतालाई हटाउन हाम्रो ध्यान गएको छ । सामुदायिक विद्यालयहरूको तल्लो कक्षाबाट नै स्तर सुधार्न शिक्षिकाहरूलाई मन्टेश्वरी तालिम दियौं । तालिमपछि ६ महिनासम्म निरन्तर अनुगमनको व्यवस्था ग¥यौं ।
शिक्षकले राम्रोसँग काम नगरेसम्म विद्यार्थीहरू राम्रा हुँदैनन् । त्यसैले शिक्षकलाई तालिमको तयारी गर्दैछौं । कलेजमा पनि इतिहास, संस्कृति, भूगोल पढ्नेहरूको अभाव छ । त्यसैलाई ध्यानमा राखेर तेस्रो नगरसभामा नीति तथा कार्यक्रममा संस्कृति, भूगोल, इतिहास, नेपालभाषा आकर्षित बनाउने सोचले ती विषय लिएर पढ्ने विद्यार्थीहरूलाई निश्चित रकम छात्रवृत्तिको घोषणा ग¥यौं । त्यसको कार्यविधि बन्दै छ । कार्यविधि आउनेबित्तिकै हामी अगाडि बढाउँछौँ । आर्थिक कारणले पढ्न नसक्ने विद्यार्थीलाई प्रमाणपत्र धितो लिएर रु. ५ लाखसम्म शैक्षिक ऋणको व्यवस्था मिलाएका छौँ । यसको कार्यविधि पनि बन्दैछ ।
भक्तपुर नगरपालिका भन्नेबित्तिक्कै शिक्षा क्षेत्रमा नमुना नगरपालिका । यसले राम्रो गर्छ भन्ने खालको जुन बुझाइ छ, तपाईंहरूले गरिराख्नुभएको जुन अभ्यास छ, राम्रो गर्ने चाहना र हौस्याउने कुरा चाहिँ के रहेछ ?
आर्थिक अनुशासन र पारदर्शिता नेपाल मजुदर किसान पार्टीले सिकाएको शिक्षा हो । हरेक काम जनताको बीचमा गएर, जनतालाई देखाएर, जनताको सहयोग लिएर गर्नुपर्छ भन्ने पार्टीको नीति छ । हामीले घोषणापत्रमा पनि त्यही कुरा भन्यौ । हामी जति गर्न सक्छौं त्यति मात्र बोल्छौँ । गर्न नसक्ने कुरा बोल्दैनौं । जे बोलेका छौँ, त्यो गरेरै छाड्छाँै भनेर लागेका पनि छौैँ ।
२०५६ सालमा ख्वप उच्च माविको स्थापना ग¥यौ । त्यो सुरुवाती पाइला थियो । अहिले १९ वर्षपछि हेर्दा नगरपालिकाको ६ वटा त कलेज नै भइसकेको छ । ६ वटा शिशुस्याहार केन्द्रहरू छन् । कक्षा ११ र १२ सञ्चालन हुने एउटा मावि छ । त्यो माविमा अहिले २५ सत्न्दा बढी विद्यार्थीहरू पढ्छन् । अहिले ५० भन्दा बढी जिल्लाका विद्यार्थीहरू त्यहाँ पढिरहेका छन् भने इञ्जिनियरिङ कलेजमा ६५ जिल्लाका विद्यार्थीहरू पढिरहेका छन् । यो हिसाबले देशभरिकै सेवा नगरपालिकाले गरिरहेको छ । त्यसकारण हामीलाई प्रेरणा, उत्साह दिने भनेको नेपाल मजदुर किसान पार्टीले नै हो । एक कार्यकर्ताको हिसाबले हामीले आफ्नो अनुशासनको पालना ग¥यौँ, हाम्रो पार्टीको जो बसे पनि यो भन्दा फरक हुँदैन । अझ अगाडि बढाउने कोसिस हुन्छ । हामी अरुले जस्तो एउटा बोल्ने काम अर्काे गर्नै गर्दैनौँ । अहिले पनि स–साना कुराबाट सुरु गर्दैछौँ । धेरै ठूला ठूला कल्पना गर्ने र गर्न नसक्ने कामको प्रचार गरिसकेपछि समस्या हुन्छ । हामी त्यसो गर्दैनौँ । अहिले पनि जति गर्न सक्छौँ, लामो समय छलफल गरिसकेपछि एउटा निष्कर्ष निकाल्छौँ र त्यो काम गर्छौं । शिक्षामा जसरी अरु क्षेत्रमा पनि त्यसरी नै काम गरिरहेकाछौं ।
समग्रमा भक्तपुर नगरपालिकाको शैक्षिक अवस्था सन्तोषजनक पाउनुुहुन्छ कि हुन्न ?
सन्तोष अध्ययनको शत्रु हो भनेर का.माओले भन्नुभएको छ । सन्तोष लिने ठाउँ त छन् । सरकारी विद्यालयको शैक्षिकस्तर जुन रुपमा उठ्नुपर्ने हो त्यो उठिरहेको छैन ।
त्यसको कारण चाहिँ के होला ?
अधिकांश स्थायी शिक्षकहरू अनुभवी र तालिमप्राप्त हुनुहुन्छ तर अवकाश पाउन २ वर्ष, ४ वर्षमात्र बाँकी भएको कारणले पनि त्यसो भएको हुनसक्छ । योग्य, विषयवस्तुमा दख्खल भएका ऊर्जावान युवाहरूलाई शिक्षकमा भर्ना गरेको भए त्यस्तो समस्या आउँदैनथ्यो । अहिले थोरै पैसा लिएर पनि निजी विद्यालयले राम्रा राम्रा विद्यार्थीहरू उत्पादन गरिरहेका छन् । कतिपय सरकारी विद्यालय असाध्यै राम्रा छन् । देशकै नमुनाको रुपमा छन् । कतिपय विद्यालयमा स्तर कमजोर छ, त्यसैले पनि यो वर्ष हामीले ८–१० वटा विद्यालयका शिक्षकहरूलाई सरुवा ग¥यौं । फेरि पनि हामी गर्दैछौं । विस्तारै शिक्षकहरूलाई सरुवा गरेर एकआपसमा अनुभव बाँड्ने, नत्र विद्यार्थी कम र शिक्षक बढी छन् । कति विद्यालयहरूमा विद्यार्थी धेरै छन्, शिक्षक कम छन् । दुईवटै गलत हो । त्यसलाई समानुपातिक रुपमा कसरी मिलाउने ? त्यो व्यवस्थापन गर्ने कोसिस हामी गरिरहेका छौँ ।
शिक्षाको जगको रुपमा रहेको इसिडीलाई तालिमको कुरा गर्नुभयो, कतिवटा इसिडी छन्, नगरपालिकाभित्र ?
हामीकहाँ जम्मा ३५ वटा इसिडीहरू छन् । ३५ वटामा ४२ कोटा छन् हामीसँग । यहाँ केही अप्ठ्याराहरू पनि छन्, इसिडी सञ्चालनको क्रममा । नियमानुसार २० विद्यार्थी बराबर एक शिक्षक राख्नुपर्ने, कतिपय विद्यालयहरूमा ३०÷४० विद्यार्थी पनि एकजना मात्र दिइरहेको छ । निजी स्रोतले सञ्चालन गर्न नसकेको भए, त्यो सम्भव हुने थिएन, जे होस् जसोतसो चलिरहेका छन् । आजभन्दा १० वर्ष अघि जति कोटा दिएको थियो, त्यसबाहेक अरु थप कोटा दिएका छैनन् । त्यसमा पनि शिक्षकको तलब पहिला १८ सय, ३ हजार गर्दै अहिले जम्मा ६ हजार पु¥याएको छ । दिनको २०० रुपियाँले त चिया खान पनि पुग्दैन ।
अरु नगरपालिकाहरूले इसिडीका लागि २ हजार, १५ सयका दरले शिक्षकहरूलाई प्रोत्साहनस्वरुप नगद नै दिएको अवस्था छ, तपाईंहरूले पनि केही गर्नुभएको छ कि ?
हामीले गरेका छैनौं, हामीले त्यो एक दुई हजार थप्नुभन्दा तालिम दिने, व्यवस्थित गर्ने, त्यसपछि अरु सरह लान सकिन्छ । यस विषयमा ध्यान दिइरहेका छौं । नगरपालिकाको क्षमता पनि हेर्नुप¥र्याे । कति जना छन् भनेर हामीले हे¥यौं, ४२ जना हुनुहुन्छ । ४२ जनाको आ—आफ्नै समस्या त छ नै । त्यसमा नगरपालिकाले के गर्न सक्छ भनेर अध्ययन भएको छ, तर घोषणा गरेका छैनौं । उहाँहरूको माग न्यूनत्तम तलब दिनुपर्छ भन्ने हो ।
विद्यालयको अनुगमनका लागि के गर्नुभएको छ ?
नगरपालिकाले शैक्षिक सुधार र आर्थिक सहयोगको पक्षबाट अनुगमन गरिरहेको छ । शौचालय, पुस्तकालय, भवन निर्माण आदि भौतिक सुधार गर्न अनुगमन भइरहेको छ । त्यसको निम्ति भनपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांको संयोजकत्वमा एउटा अनुगमन समिति छ ।
अनुगमनमा जाँदा पनि नजाँदा पनि भौतिक पूर्वाधारकै माग बढी आउँदो रहेछ, शिक्षा सुधार्ने माग चाहिँ किन नआएको होला ?
सामुदायिक स्कुलका एकाधबाहेक ९९ प्रतिशत शिक्षकहरू तालिमप्राप्त छन् । भौतिक सुविधाको हिसाबले शौचालय, भान्छा, पुस्तकालयका कुराहरू कतिपय ठाउँमा कमजोर नैै छन् ।
त्यसैले हामीले केही विद्यालयलाई आर्थिक सहयोग गर्ने पनि निर्णय गरिसकेका छौँ । भौतिक हिसाबले नेपाल सरकारले दिने पैसा पनि दिने निर्णय गरिसकेका छौँ । अरु पनि शैक्षिक विकासको निम्ति भनेर राखिएको बजेट उहाँहरूलाई पठाइदिन्छौँ, अनुगमन गरेर मात्र पठाउँछौं । विद्यार्थी सङ्ख्या नै नभएको ठाउँमा त्यो पैसा लगानी गरेर त फाइदा छैन । जहाँ आवश्यकता, त्यहाँ प्राथमिकता हो ।
शिक्षा दुई तरिकाले चलिरहेको अवस्था छ, एउटा संस्थागत रुपमा, अर्काे सरकारी रुपमा । नगरपालिकाले स्वाभाविक रुपमा सरकारीलाई नै
प्राथमिकता दिँदा, संस्थागतहरूमाथि पक्षपात गरिएको भन्ने गुनासो छ नि ?
यहाँ अरु ठाउँमा भन्दा अलिकति फरक छ । निजी क्षेत्रलाई पनि हामीले हरेक कुरामा समावेश गर्दै लगेका छौँ । अन्तरविद्यालय खेलकुद प्रतियोगितामा सहभागी गरायौं र प्रत्यक विद्यालयलाई साढे ६ हजारको दरले सामान उपलब्ध गरायौं । गएको वर्ष साढे नौ हजारको दरले उपलब्ध गरायौं । गत वर्ष ४७ वटा स्कुललाई सहयोग ग¥यौं, यो वर्ष ७० वटालाई ग¥यौं । त्यसमा निजी विद्यालय नै धेरै छन् । निजी र सरकारीमा हामीले भेद गरेनौं । प्रतिस्पर्धीहरू त बराबर हुनुप¥यो । अहिले निजी स्कुलहरूमा जस्तै कतिपय सरकारी स्कुलहरू पनि त्यत्तिकै राम्रा छन् । तिनीहरूलाई एक ठाउँमा राखेपछि अघि बढ्न मदत पुग्छ । प्रतिस्पर्धाको भावना बढ्छ । शैक्षिक स्तरमा विभेद नहोस् भनेर सामुदायिक विद्यालयलाई नगरपालिकाले प्राथमिकतामा राखेका छौँ ।
शिक्षकहरूको कारण सामुदायिक विद्यालय आलोचित भएको अवस्था पनि छ, शिक्षकहरूको मनोबल बढाउनका लागि चाहिँ के गर्नुभएको छ ?
शिक्षकहरूलाई अनुशासनमा राख्न र शिक्षामा स्तर वृद्धि गर्न आवश्यकता अनुसार सरुवा पनि गरेका छौँ । स्थनीय पाठ्यक्रममको विषयमा बढी केन्द्रित हुनुपर्छ, निजी क्षेत्रलाई भन्दा सामुदायिक क्षेत्रका शिक्षकलाई नै प्राथमिकता दिएर अघि बढिरहेका छौँ । सरकारी विद्यालयलाई निजी विद्यालयसरह माथि उठाउने कोसिस गरिरहेका छौँ ।
स्थानीय पाठ्क्रम लागू भएको पनि एक वर्ष बित्ने क्रममा छ, यसको नतिजा केही आउने क्रममा छ ?
यो वर्ष गाईजात्रा हुनुभन्दा अघि नै विद्यालयहरूमा घिन्ताङघिसी सुरु भयो, शिक्षकशिक्षिकाहरू र विद्यार्थीहरूले त्यस नाचमा सहभागिता जनाए । गाथामग च¥र्हे आउनुभन्दा अघि नै बच्चाहरू खेल्न थाले । स्थानीय खेलको प्रतियोगिता ग¥यौं । धेरै स्कुलका विद्यार्थीहरूले कसिपायँचामा प्रतिस्पर्धा गरे । परिणाम भनेको यसैगरी नै आउने हो, प्रयोग गरेर हेर्ने । लापोन्मुख भएकोलाई उजागर गरेर जनताको सामु राखिदियौं, अब त्यसले जीवन्तता पाउने छ । सुरुवात गर्दा सानोबाटै गरेका हौं । लोप हुन लागेको खेल बच्चाहरूलाई सिकाएपछि कम्तिमा २०÷३० वर्ष निरन्तरता पाउनेछ ।
स्थानीय पाठ्क्रमको सन्दर्भमा पाठ्यपुस्तक नबन्दा शिक्षकहरूलाई गा¥हो भइरहेको छ नि ?
पाठ्क्रमकै आधारमा पढाउने अन्तर्राष्ट्रिय अभ्यास हो । यहाँका शिक्षकहरूमा पाठ्यपुस्तकमा जे छ त्यो पढाउने बानी परेको छ । विद्यार्थीलाई पढाउनुभन्दा अघि शिक्षकले पढ्नुपर्छ भन्ने बानी बसाल्नका लागि कोसिस गरिरहेका छौँ । शिक्षकले पुस्तकालयमा गएर सन्दर्भ सामग्रीको अध्ययन गरी पढाउने हो । चित्र देखाउनुप¥यो भने पेनड्रात्मै सबै दिइसकेका छौँ, फोटाहरू दिइसकेका छौँ, जीवनीहरू प्रकाशित गरी वितरण गरिसकेका छौँ । कतिपय कुराहरू उहाँहरू आफैलाई जानकारी भएका विषयहरू पनि छन् । चाडपर्वको विषयमा हामीले भनिरहनु पर्दैछ । त्यसकारण पाठ्यपुस्तक नै चाहिन्छ भनेर थोरैले मात्र भनेका छन् । अब पाठ्यपुस्तकविना नै पाठ्यक्रमको आधारमा पढाउने दिन आउँछ ।
यो नगरपालिकाको शैक्षिक सपना चाहिँ कस्तो छ ?
एउटै वाक्यमा भन्ने हो भने शिशुस्याहारदेखि विश्व विद्यालयसम्मको शिक्षा नगरपालिकाले दिन्छ । त्यो हिसाबले हामी लागिरहेका छौँ ।
त्यसको लागि गर्नुपर्ने कामको तयारी भइरहेको छ त ?
छ, हाम्रो तयारी छ । विभिन्न जिल्लाका विद्यार्थीले विश्वास गरेका छन्, अभिभावकहरूको विश्वास छ, सँगसँगै विधेयक पास गर्नका लागि घच्घच्याइरहेका छौँ । पहिले नै संसदमा पुगिसकेको थियो । मन्त्रीले त्यहाँ पेश गरेपछि अगाडि बढ्ने कुरामा सरकारले दिएन । एकदिन त दिन्छ नै ।
विश्वविद्यालय सञ्चालनको अधिकार त स्थानीय तहलाई छैन नि, त्यो चुनौतीको कुरा हो, त्यसका लागि त ठूलै सङ्घर्ष गर्नुपर्छ होला कि ?
चुनौतीपूर्ण नभएको त कुनै पनि विषय हुँदैन, पहिले शिशुस्याहारको पनि व्यवस्था थिएन, हामीले शिशुस्याहार सञ्चालन ग¥यौँ, कलेज सञ्चालबारे अहिले पनि कानुनमा स्पष्ट छैन, पहिले पनि थिएन । ६ वटा कलेज सञ्चालन गरिरहेकै छौँ । कानुनी प्रावधान मिलाएर, केन्द्रले बनाउनेमा केन्द्रले, प्रदेशले गर्नेमा प्रदेशले कानुन बनाइदियो भने त सक्छौं भनेको मात्र हो । अधिकार छैन भनेर बस्यौं भने त केही पनि गर्न सकिन्न । अधिकार त लिने हो । कहाँबाट लिनुपर्छ, कानुनी प्रावधान मिलाउने हो । त्यसकारण अब विश्वविद्यालय विधेयक बन्यो भने कहिँ रोकिँदैन । त्यो अवस्थामा भक्तपुर नगरपालिका नै नेपालको पहिलो नगरपालिका हुनेछ, जसले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिन्छ । त्यो हाम्रो सपना हो । त्यो छिट्टै पूरा हुन्छ ।
प्रस्तुति ः हरिसुन्दर छुकां
‘नुवागी’ अनलाइन २०७५ पौष

Leave a Reply

Your email address will not be published. Required fields are marked *