भर्खरै :

‘मजदुर–किसान’ को अन्तरक्रिया

जुम्ला, २६ पुस । नेपाल मजदुर किसान पार्टी जुम्लाको आयोजनामा ‘मजदुर–किसान’ २०७५ असोज अङ्कको अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले कार्यकताहरूले पार्टी प्रकाशनहरू गहनरूपमा अध्ययन गरी पार्टी निर्देशनअनुसार सङ्गठन निर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा निर्वाचनबाट समाजवाद आउँदैन भन्ने कुरामा विश्वस्त छ भनुहुँदै उहाँले नेकपा कम्युनिष्ट पार्टी नभएकोले वर्तमान नेकपा सरकारबाट मजदुर–किसान वर्गको हित नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्दै जनतालाई राजनीतिकरूपमा सचेत पार्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा राजेश्वर देवकोटा, जयकृष्ण उपाध्याय, विर्षबहादुर शाही, गोर्खबहादुर बुढा, यज्ञबहादुर बुढथापा, सन्तबहादुर खत्री, भैरव धराला, पूर्ण रावत, श्रीराम गिरी, लक्ष्मी कठायत, हस्तना न्यौपाने, ज्ञानबहादुर बोहोरा, सिह विष्ट, गोरा बुढा, क्षेत्रबहादुर भटन, पूर्णवती खत्रीलगायतले पत्रिकाबारे आ–आफ्नो अध्ययनको सार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *