भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–२६ –क्रान्ति –निर्माण –सुधार

(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अध्याय १ र २ मजदुर दैनिकमा मंसिर २१ देखि २८ गतेसम्मको अड्ढमा प्रकाशित भएको थियो । चीनको सुधारबारे लेखिएको अध्याय ३ मजदुर दैनिकमा पुस ९ गतेदेखि पुस १३ गतेसम्म प्रकाशित भयो । चौथो अध्याय पुस १६ गतेबाट प्रकाशित गरेका छौं –सम्पादक)
शासकीय अनुभवको सार, पार्टी निर्माणलाई प्रश्रय
चीन एक विशाल र विकासशील समाजवादी देश हो । चीनजस्तो देशमा सुधार र खुलापनलाई लागू गर्दा यथार्थपरक, व्यावहारिक र सृजनशील हुनुपर्छ । चीनले विशेष र जटिल समस्याहरू समाधान ग¥यो । यो सफलता पाउनुको पछाडि चिकपा हुनु हो । चिकपा सुधार र खुलापनको चालक हो । यससँग ऐतिहासिक अनुभवलाई सारमा निकाल्ने क्षमता छ र सुधारको आफ्नै प्रतिवद्धता छ ।
क्रान्ति, निर्माण र सुधारको नेतृत्वको दौरान चिकपाले आफ्नो मार्गनिर्देशक सिद्धान्त माक्र्सवादको आधारभूत तत्वलाई चिनियाँकरण गरेको छ र ऊ आफ्नो बाटोमा अटल रहँदै आएको छ । प्रजातान्त्रिक क्रान्तिको अवधिमा प्रयोग र अभ्यासको माध्यमबाट चिकपाले माओ त्सेतुङ विचारधाराको निर्माण ग¥यो । यसले गाउँबाट सहर घेरेर क्रान्तिकारी बाटो निर्माण गर्ने र सशस्त्र क्रान्तिबाट राज्यसत्ता कब्जा गर्ने विचार राख्यो । सुधार र खुलापनको नयाँ अवधिमा अनुभव र नयाँ प्रयोग र अभ्यासको माध्यमबाट चिकपाले तेङ सियाओपिङको सिद्धान्तसहित चिनियाँ विशेषताको समाजवादी सिद्धान्तको रणनीतिक महत्वको प्रणाली स्थापना ग¥यो । तेङ सिद्धान्तमा ‘तीन प्रतिनिधिहरू’ को महत्वपूर्ण सिद्धान्त, विकासमा वैज्ञानिक दृष्टिकोण र चिनियाँ विशेषताको समाजवाद रहेका छन् । अभ्यासमा आधारित सिद्धान्तलाई अगाडि बढाउने क्रममा चिकपाले समाजवादको अर्थ र यसको निर्माण, कस्तो खालको पार्टीको निर्माण गर्नुपर्छ र कसरी यसको निर्माण गर्ने र चीनले कस्तो खालको विकास हासिल गर्नुपर्छ र यो कसरी प्राप्त गर्नेलगायत आधारभूत विषयमा गम्भीर विचारको निर्माण ग¥यो ।
उपयुक्त दिशानिर्देश र नीतिको निर्माणको निम्ति आवश्यक आधार भन्नु चीनको राष्ट्रिय परिस्थितिको सही मूल्याड्ढन हो । चिकपाको ११ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि चिकपाले चीन समाजवादको प्रारम्भिक चरणमा रहेको र रहने वैज्ञानिक निश्कर्ष निकाल्यो । साथै यसले चीनको मुख्य अन्तरविरोध अझै पनि जनताको सांस्कृतिक आवश्यकता र सदा वृद्धि हुने वस्तु र सामाजिक विकासको पछौटेपन हो भन्ने निश्कर्ष निकाल्यो । यस मूल्याङ्कनको आधारमा चिकपाले समाजवादको प्रारम्भिक चरणको निम्ति आधारभूत निर्देशिका अगाडि सा¥यो । प्रारम्भिक चरणको समाजवाद भन्नुको अर्थ जनजाति समूहका जनतालाई नेतृत्व गर्दै चीनलाई समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा विकसित, व्यवस्थित र आधुनिक समाजवादी देश बनाउने हो । यसको निम्ति ‘चार मुख्य सिद्धान्तहरू’ र सुधार र खुलापनको नीतिलाई रक्षा गर्दै आर्थिक विकासलाई केन्द्रमा राख्नु हो ।
सुधार र खुलापनको क्रममा चिकपाले आर्थिक निर्माणलाई मुख्य कामको रूपमा लियो र सबै चुनौती र जटिलता हुँदाहुँदै पनि चिकपाले आधारभूत सिद्धान्तलाई छोडेन । सबै सुधारका उपायको मूल्याड्ढनको निम्ति चिकपा र चिनियाँ सरकारले तीन आधारको प्रयोग गरे । उत्पादनशील शक्तिको वृद्धिलाई साथ दिन्छ या दिन्न, समाजवादी राज्यको समग्र शक्तिलाई टेवा दिन्छ या दिन्न र जनताको जीवनस्तर वृद्धिमा काम गर्छ या गर्दैन भन्ने आधारमा यी उपायको परीक्षण हुन्छ । सामान्यतः निरन्तर अगाडि बढ्दा देशले सामाना गरेका समस्याहरू समाधान गर्न चीनले अपनाएका माध्यमका रूपमा विकासलाई लिइएको छ । सम्पूर्ण सामाजिक प्रगति, जनताको जीविकामा निरन्तर सुधार र विकासको फल जनताले चाख्न पाओस् भन्नु नै सामाजिक विकासका उद्देश्य हुन् ।
चिकपाका निर्देशिका र नीतिहरूलाई अगाडि बढाउन संस्थागत सुनिश्चितता आवश्यक हुन्छ । आफ्नै विकासको निम्ति समायोजित हुनु नै चिकपाको ठूलो परम्परा हो । क्रान्तिकारी र युद्धका सुरुका वर्षहरूमा माओ त्सेतुङले पार्टी निर्माण, संयुक्त मोर्चा र सशस्त्र सङ्घर्षलाई चीनको क्रान्तिका तीन हतियारको रूपमा लिए । सुधार र खुलापनको सुरुवातदेखि चिकपाले आफ्नै विकासलाई धेरै महत्व दियो र विचार, कामको तरिका र सङ्गठनका तीन दृष्टिकोणबाट यो महान परियोजनालाई अगाडि बढायो ।
सैद्धान्तिक र वैचारिक विकासले पार्टीको आत्मालाई बोकेको हुन्छ । सैद्धान्तिक र वैचारिक विकासलाई पार्टी विकासको जगको रूपमा लिँदै चिकपा विचारको स्वतन्त्रता, यथार्थवादी र व्यावहारिक विधि, समयअनुसार अगाडि बढ्न र चिनियाँ विशेषताको समाजवादको निर्माणलाई मार्गनिर्देशक मान्न प्रतिबद्ध छ । यसले पार्टी कार्यकर्ता र सदस्यहरूलाई महत्वपूर्ण र मुख्य विषयहरूमा विचारलाई एकीकृत गर्न र पार्टीका निर्देशन तथा नीतिहरू कार्यान्वयन गर्न सहयोग गर्छ ।
सङ्गठनको विकास पार्टीको एकता र लड्ने क्षमतामा भर पर्दछ । क्रान्ति र युद्धको बेला चिकपाले प्रजातान्त्रिक केन्द्रीयताको परम्परा स्थापना ग¥यो र सङ्गठन र अनुशासनको कडा पद्धतिको विकास ग¥यो । नयाँ ऐतिहासिक अवधिमा साङ्गठनिक विकासको हकमा चिकपा सुधार र नयाँ खोजमा केन्द्रित छ । चिकपा संविधानलाई आधार र प्रजातान्त्रिक केन्द्रियतालाई मूल मानेर प्रणालीहरूको स्थापना र सुधार गर्छ, वैज्ञानिक र संस्थागतरूपमा पार्टीको निर्माण गर्छ, पार्टीभित्रको प्रजातन्त्र फैलाउँछ, पार्टीको ऐक्यवद्धता र एकतालाई सुनिश्चित गर्छ र पार्टीको नयाँ खोजी गर्ने उत्साहलाई तिखार्छ ।
यसको काम गर्ने शैली पार्टीको निम्ति अति महत्वपूर्ण छ । चिनियाँ जनतालाई क्रान्तिकारी सङ्घर्ष अगाडि बढाउन नेतृत्व गर्ने क्रममा चिकपाले तीन कार्य प्रणाली स्थापना ग¥यो । ती हुन् ः सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनतासँग घनिष्ठ सम्बन्ध राख्ने, र आलोचना र आत्मआलोचनालाई अगाडि बढाउने । सुधार र खुलापनको नयाँ अवधिमा चिकपाको केन्द्रीय समिति पूरै पार्टी आधारभूत सिद्धान्तहरूबारे ध्यान दिने र त्यसमा टिकिरहने खालको चाहन्छ । जनतालाई निःस्वार्थरुपले सेवा गर्ने, जनताको हितको निम्ति पार्टीलाई निर्माण गर्ने, जनताको निम्ति शासनको अभ्यास गर्ने जनताको हितलाई उद्देश्यको रुपमा लिने… जनताकै बुद्धि र बलमा भर गर्दै निर्देशनको उद्देश्य पूरा गर्न अगाडि बढ्ने ती आधारभूत सिद्धान्तमा सार्वजनकि चासोमा पार्टीको निर्माण, जनताको निम्ति शासनको अभ्यास र सबै काम फत्ते गर्ने र जनताको विचार र शक्तिमा भर पर्ने हुन् ।
लामो शासकीय अनुभवमा चिकपाले २१ औं शताब्दीको सुरुवातदेखि अग्रगामी भावनालाई कायम गर्न मुख्य ध्यान दियो । यो समयको ढुकढुकीलाई सही तरिकाबाट बुझ्ने उद्देश्यले गरियो । पार्टीले समयलाई ध्यान दिने, पार्टीको शासन र नेतृत्वमा निरन्तर सुधार हासिल गर्ने र भ्रष्टाचार र गलत अभ्यासलाई प्रतिरोध गर्ने क्षमतालाई निश्चित गरेको छ । पार्टीसँग समयका चरित्र र विश्व विकासको सामान्य परिपाटीबारे सही बुझाइ भएपछिमात्र र जनताका इच्छाहरूसँग नजिक रहेसम्ममात्र पार्टीले समयको आवश्यकताअनुसारको विकासको अग्रमोर्चामा उभिन र नयाँ चुनौतीसँग सफलतासाथ सामना गर्नसक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ ।
९१ वर्ष अघि चिकपाको स्थापनाको घोषणा गर्दा यससँग ५१ सदस्य थिए । संसारमै सबभन्दा बढी जनसङ्ख्या भएको देशको शासक पार्टीको कारण आज यससँग ८ करोडभन्दा बढी सदस्य छन् । यही नै चिनियाँ विशेषताको समाजवादको निर्माणको मुख्य नेतृत्वदायी शक्ति बनेको छ ।
चिकपाको कडा मेहनतबाट, खासगरी सुधार र खुलापनको महान लक्ष्यको सन्दर्भमा चीनले अन्तिमा पृथक विशेषताहरू सहितको समाजवादको नयाँ बाटो लियो । चीनको समग्र राष्ट्रिय शक्तिमा व्यापक सुधार भयो र चिनियाँ जनताको जीवनमा स्वाभाविक सुधार भयो । यसको साथै ठूलो प्रजातान्त्रिक अधिकारहरूको अभ्यास हुने समाजवादी राजनीतिक प्रणालीमा अरु सुधार ग¥यो । साथै विधिको शासनलाई लागू गर्न उल्लेखनीय सफलता हासिल ग¥यो । सबै जनजाति समूहहरूको सांस्कृतिक, नैतिक र आचारमा उल्लेखनीय सुधार भयो । सामाजिक विकासका सबै पक्षहरू र संरक्षणको संस्कृतिलाई प्रोत्साहित गर्नमा पनि उल्लेखनीय प्रगति भयो । जोखिम व्यवस्थापनको क्षमतामा चीनले ठूलो सुधार ग¥यो । मध्यम समृद्ध समाज विकासको निम्ति बलियो आधार तयार पा¥यो ।
आगामी दिनमा चीनको सम्भाव्यताहरू अति उत्साहित खालका हुनेछन् । पार्टीले आफ्नो स्थापनाको सतवार्षिकी मानाउने सन् २०२१ सम्ममा १ अर्बभन्दा बढी जनसङ्ख्या भएको देशले अझ प्रगति गर्नेछ । जनवादी गणतन्त्र स्थापनाको शतवार्षिकी मनाउने सन् २०४९ सम्ममा अरु ठोस प्रगति हुनेछ । त्यस समयसम्ममा चीन समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सभ्य, व्यवस्थित र बाहिरी विश्वको निम्ति अझ खुला र मित्रवत आधुनिक समाजवादी देश बन्ने छ । यसले मानव सभ्यतालाई उल्लेखनीय योगदान गर्नेछ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *