भर्खरै :

संसद र सरकारी कारोबार विदेशी बैङ्कबाट किन ?

–सुविज्ञा थापा
नेपाल सरकारको प्रशासनिक केन्द्र सिंहदरबारभित्र विदेशी बैङ्कको शाखा रहेको र संसद र सरकारकै धेरै कारोबार त्यसमार्फत हुने गरेको धेरैलाई हेक्का नहोला । त्यो बैङ्क एभरेष्ट बैङ्क हो । नेपालमा निजी बैङ्कको रुपमा रहेको एभरेष्ट बैङ्कमा नेपालीकोभन्दा बढी शेयर भारतीयको रहेको छ । भारतको पञ्जाव बैङ्क अफ इण्डियाको साझेदार बैङ्कको रुपमा एभरेष्ट बैङ्क रहेको छ ।
उदारवादी आर्थिक व्यवस्था भएको देशमा विदेशी लगानी भएका मात्र होइन विदेशी बैङ्कहरूलाई शाखा खोल्न दिइनु अस्वभाविक होइन । तर, ती बैङ्क निजी व्यवसाय,व्यापारी र सर्वसाधारण जनताका लागि हुने गर्छन् । कुनै देशको सरकारी कारोबार विदेशी बैङ्कबाट सायदै हुने गर्छ । नेपाल अपवादको उदाहरण भएको छ । नेपालमा संविधानसभा हुँदादेखि नै संविधानसभा सदस्य र संसद सचिवालयका कर्मचारीहरूलाई तलब भत्ताको भुक्तानी सिंहदरबार परिसर भित्रको एभरेष्ट बैङ्कको उक्त शाखामा खोलिएका खातामार्फत हुने गरेको छ । अहिले सङ्घीय नेपालको प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूलाई तलब र भत्ता भुक्तानी त्यही बैङ्कमार्फत हुँदै आएको छ । विदेशी लगानी भएको बैङ्ककबाट आर्थिक कारोबार हुँदा राज्यका जिम्मेवार व्यक्तिका गुप्त सूचना बाहिरिन सहगोग पुग्दै आएको छ । त्यस व्यवस्थाको विरोध नेपाल मजदुर किसानपार्टीका सांसदहरूले सुरुदेखि नै गर्दै नेपाल बैङ्क वा राष्ट्रिय वाणिज्य बैङ्कबाट कारोबार गरिनुपर्ने आवाज पटक–पटक उठाउँदै आउनुभएको हो । तर, सरकारमा गएका शासक दलका नेतृत्वले बुझेर पनि बुझ पचाइ बसेका छन् । विदेशी बैङ्कहरूलाई प्रोत्सहित गर्दै विदेशी एकाधिकार पुँजीको तावेदारी गर्नुलाई नै आफ्नो कर्तव्य सम्झेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *