भर्खरै :

वरपरको अव्यवस्थित र फोहोरमैलाले जनकपुर घरबार अशोभित

जनकपुरको जानकी मन्दिर ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वको कलात्मक मन्दिर दृश्यावलोकन गर्न आउनेको सङ्ख्या प्रत्येक दिन हजारौँ पुग्छ । जानकी मन्दिरको अग्रभाग र राम जानकी विवाह मण्डपको क्षेत्र सफा देखिन्छ । विवाह मण्डपलाई सुन्दर, शोभायमान र रमणीय बनाउन बगैँचा पनि बनाइएको छ । विवाह मण्डपको भवनमा राम–सीताको मूर्तिसँगै ऋषिमुनि, विश्वामित्र, जनकका आमा–बुबा तथा परिवारका सदस्यहरूको मूर्ति पनि सजाइएको छ । जनकपुर दरबार र जानकी मन्दिरलाई सुशोभित बनाएर आकर्षक बनाइएको छ ।
जनकपुर दरबार र जानकी मन्दिरमा दर्शन गर्ने र दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकहरूले चढाउने नगद र सेवा शुल्क सो क्षेत्रको आम्दानीको ठूलो स्रोत बनेको छ । जनकपुर दरबारको अघिल्लो भागमा ढु·ाको छपाइ र पछाडि इँटा छपाइले भक्तजन तथा स्रोताहरूको लागि सहजै देखिन्छ । तर, वरपरको वातावरण दूषित छ । ढलको राम्रो बन्दोबस्त छैन । जानकी मन्दिर पस्ने ठाउँ र वरपरको ठाउँ साँगुरो छ । साँगुरो ठाउँमा पनि सवारी साधन चलाउन त के मान्छेसमेत हिँडडूल गर्न कठिनाइ छ । बत्तीमुनि अँध्यारो भनेझैँ ठाउँ अस्तव्यस्त र अव्यवस्थित छ । वरपरको त्यो अव्यवस्थित ठाउँ र फोहरमैलाले गर्दा जानकी मन्दिर र जनकपुर दरबारलाई नै गिज्याइरहेको अनुभूति हुन्छ । साँगुरो सडकको दायाँबायाँ राखिएको पसलले रिक्सा चलाउन पनि कठिन छ ।
वरपरका वातावरण सफा, स्वच्छ बनाउन जरुरी छ । सवारी साधन चल्ने र यात्रुहरु हिँड्ने सो साँगुरो बाटोको पुनः निर्माण गर्नु आवश्यक छ । आवतजावतमै समस्या पर्ने गरी राखिएका पसलहरू हटाउनुपर्ने देखिन्छ । ढलको बन्दोबस्त राम्रो गर्नुपर्ने देखिन्छ । अहिले गरिरहेको पेटीको व्यवस्थापन पनि ढिलो भएको स्थानीय जनताको गुनासो छ । जीवन, धर्म र संस्कृति एवम् पर्यटनसँग जोडिएको मन्दिर, धर्मशाला, पोखरी, तलाउ, चउर आदिको संवद्र्धन र सुरक्षित गर्न सके धनुषाको जनकपुर दरबार र जानकी मन्दिर सधैँ शोभित भइरहनेछ । बाह्य तथा आन्तरिक पर्यटकहरूको आकर्षण बढ्नेछ । यसले मन्दिर र दरबार व्यवस्थापन समितिको मात्र होइन स्थानीय जनताकै आम्दानीको स्रोत बढ्नेछ र जीवन निर्वाह गर्न सजिलो हुनेछ ।
–रामजनम साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *