भर्खरै :

बुद्धिजीवीको भूमिका निर्वाह गर्दा भोग्नुपरेको चार बाधा–२

एडवर्ड सइद
तेस्रो बाधा
मेरो दृष्टिमा सर्वाधिक महत्वपूर्ण तेस्रो ठूलो बाधा बुद्धिजीवीहरूको सत्तासँगको सम्बन्ध हो । यसबारे म कठोर दृष्टिकोण राख्दछु । म आफ्ना अर्थात् ती प्यालेस्टिनीहरूको रक्षाको निम्ति राजनीति गर्छु जसलाई चुप लाग्न बाध्य पारियो र बेदखल गरिए तथा वर्षौं वर्षसम्म तिनीहरूको अनुरोधलाई नकारिरहे । तिनीहरूले अति क्रूर उत्पीडन सहिरहेका छन् । फेरि मेरो निम्ति सङ्घर्ष बडो महत्वपूर्ण छ, यसकारण होइन कि म प्यालेष्टिनी हुँ बरु यसकारण कि यो न्यायको लागि सङ्घर्ष हो । साथै सवाल यो पनि छ कि प्रभाव पार्नका निम्ति आफ्नो कुरा राख्ने क्रममा तपाईं कुन हदसम्म जान तयार हुनुहुन्छ ?
हरेक मानव, विशेषगरी बुद्धिजीवी या वैज्ञानिकको इच्छा हुन्छ कि यसको विचार वास्तविकतामा फेरियोस् । तर तपाईं त्यसो गर्न सक्नुहुन्न । जबसम्म तपाईंलाई अगाडि बढ्न सहयोग गर्ने शक्ति भएको सत्ताको नजिकको व्यक्तिको सहयोग प्राप्त हुँदैन या लिइँदैन । सवाल यो उठ्छ कि शक्ति र सत्ताको भरमा प्रभावशाली बन्न कतिसम्म सम्झौता गर्न हामी तयार छौँ । विश्वको त्यो हिस्सामा जुनसँग म सम्बन्धित छु अर्थात् मध्यपूर्वमा, अरब जगतमा प्रजातन्त्र नहुनाको ठूलो कारण अधिकांश तानाशाही सरकारहरूद्वारा सरकारी नीतिको आलोचना या भ्रष्टाचारको चर्चा या सत्तासीन दलको भ्रष्टाचारबारे आफ्नो राय प्रकट गर्नेहरूलाई प्रताडित गरिन्छ, जेलमा कोचिन्छ र मौन बनाइदिन्छ । शासकहरूलाई यस्तो काममा ठूलो अनुभव छ । अरब देशमा प्रजातन्त्र नहुनु ठूलो शरमको कुरा हो ।
तिनीहरूलाई थाहा छ कि यस्ता कारबाहीले सवाल उठाउन सक्ने बुद्धिजीवीहरूलाई तर्साउन प्रभावकारी छ । अन्ततः समरुपतामात्र होइन आत्म सेंसरसीपको स्थिति पनि आउन सक्छ । भन्न थाल्नेछन् म केही बोल्दिनँ किनभने मेरो नोकरी, पदोन्नतिमा आघात पर्छ र मलाई जेलमा पु¥याउन सक्छ ।
अमेरिका धेरै दृष्टिले शक्तिशाली र धनी देश हो । त्यसैले बुद्धिजीवी वर्गका थुप्रै मानिसहरू, विशेषतःती जो सामाजिक विषयहरू–अर्थशास्त्र, राजनीतिशास्त्र या समाजशास्त्र, यहाँसम्म कि मानव विज्ञान र सम्बन्धित क्षेत्रसँग जोडिएकाहरू महसुस गर्छन् कि उसको जीवनको सर्वाधिक महत्वपूर्ण लक्ष्य शक्तिशालीहरूसँग इमानदारीपूर्वक सत्य बोल्नु होइन बरु कुनै राजनीतिक दलको नजिक हुने कोशिश गर्नु हो ।
तिनीहरू यदि रिपब्लिकन पार्टीको सरकार भए कुनै ‘रिपब्लिकन’ ‘थिङ्क ट्याङ्क’ मा घुस्न र डेमोक्रेटिक पार्टीको सरकार भए त्यसको थिङ्क ट्याङ्कमा प्रवेश चाहन्छन् । यो सही हो कि गलत सोच्दैनन् अथवा यस्तो प्रवृत्ति मानव शालीनताको विषय हो या होइन आदि प्रश्न उठाइँदैन किनभने त्यसबाट अगाडि बढ्नमा बाधा पुग्छ । यस्ता मानिसहरू भियतनाम युद्धको बेला, मध्यपूर्व सड्ढटको बेला देखेँ । तिनीहरूलाई अन्याय भइरहेको कुरा थाहा छ तर त्यसबारे मुख खोल्दैनन् किनभने तिनीहरू रक्षा विभागको लागि लेख्ने लेखकमा नियुक्ति या राज्यमा सल्लाहकार बन्न चाहन्छन् । यदि तिनीहरूको सरकारलाई मन नपर्ने वा सरकारी दृष्टिले खतरनाक विचार दिएमा तिनीहरूलाई कुनै प्रस्ताव आउँदैन । अतःउनीहरू केही बोल्दैनन् ।
मेरो दृष्टिकोणमा बुद्धिजीवीले कुनै राजनीतिक पद पाउने महत्वाकाङ्क्षा राख्नुहुँदैन किनभने राजनीतिक पद ग्रहण गरेपछि बुद्धिजीवीको रुपमा उसको स्वतन्त्रताको अन्त्य हुन्छ पदधारण गरेपछि तपाईं स्वतन्त्र रहन सक्नुहुन्न । म यो भन्दिनँ कि स्वतन्त्रता आफैमा कुनै गुण हो किनभने कहिलेकाहीं तपाईं गलत हुनसक्छन् तर यदि तपाईं स्वतन्त्र हुनुहुन्छ भने तपाईं गलत पनि हुनसक्दैन । तपाईंलाई धेरै हदसम्म छापा र सञ्चारसँग घनिष्ठ भएर रहनुपर्ने हुन्छ । जस्तै, अमेरिकामा सञ्चार क्षेत्रमा सुधार गर्छाँै । तपाईंले थाहा पाइराख्नुपर्छ कि अमेरिका विश्वको सर्वाधिक धनी देशमात्र होइन धेरै दृष्टिले सर्वाधिक पिछडिएको देश पनि हो । त्यहाँ सबैको लागि स्वास्थ्य सुविधा उपलब्ध छैन । अमेरिकामा पाँच करोडभन्दा बढीको कुनै पनि प्रकारको स्वास्थ्य बीमा छैन । त्यस्तै अमेरिकामा औषधिको मूल्य धेरै बढी छ । त्यस विषयमा के गर्ने भन्ने राष्ट्रिय बहस सुरु भयो जसको घोषणा स्वयं राष्ट्रपतिले गरे ।
क्यानाडेली विकल्पको रुपमा दम्पती स्वास्थ्य बीमाबारे थाहा भयो । अर्को शब्दमा सरकारले प्रत्येकलाई बीमा सुविधा दिन्छ जसरी अचेल विश्वको धेरैजसो मुलुकमा दिइन्छ । यो पनि सही हो कि फ्रान्स र युरोपमा नागरिकहरूप्रति सरकारको जिम्मेवारी । तर, अमेरिकामा त्यस्तो छैन । परन्तु यस बहसलाई प्रचार गर्न सञ्चार क्षेत्रलाई प्रयोग गरियो र सञ्चार क्षेत्र स्वयं पनि प्रयोग भए तर बहसको विषय के थियो ? के यो एक दम्पत्ती क्यानाडेली शैलीको राष्ट्रिय बीमा योजना चाहनेहरू र निजी औषधि माग गर्नेहरूबीचको बहस थियो ? होइन ।
यो बहस विशुद्ध रुपमा यस योजनाबाट अधिक लाभ कमाउन सक्ने औषधि कम्पनीहरूका चिकित्सकहरूको परिषद्का पक्षधर (लबी) हरूको निजी औषधि क्षेत्रको सन्दर्भमा थियो । टीभी, रेडियो र समाचार पत्रमा जेजति देखापरे त्यसमा यही सन्दर्भ थियो । प्रशासनिक भाषाले यसलाई औषधिमा समाजीकृत भनिन्छ । ‘समाजीकृत’ लाई तिनीहरू तिरस्कारपूर्वक उल्लेख गर्छन् मानौँ त्यो कुनै साम्यवादी या माक्र्सवादी–लेनिनवादी वस्तु हो । तर समाजीकृतका समर्थकहरू मर्न लागेकालाई ध्यान देओस् भन्ने चाहन्छन् । समाजीकृतलाई नै विरोधीहरू ‘समाजवाद’ ठान्दछन् जुन अति खराब कुरो हो र सञ्चार क्षेत्रले तिनीहरूको दृष्टिकोणलाई कहिल्यै ठाउँ दिएन ।
त्यसैले अधिकार र सत्ताले सञ्चार क्षेत्रलाई पनि भ्रष्ट गर्छन् । म एउटा उदाहरण दिन्छु । एक प्रख्यात पत्रकार थिए, आई.एफ.स्टोन जसको २० वर्षअघि मृत्यु भयो । उनी हरेक सरकारी रिपोर्ट झूटो हुन्छ भनी ठान्दथे किनभने सरकारले पूर्ण सत्य बताउँदैन र सम्भवतः बताउन पनि सक्दैन । लुकाइएको सत्य र तथ्याड्ढ अति तीतो हुन्छ । त्यसैले उनले आफ्नो अखबार सुरु गरे । उनी भन्थे, वाशिङ्गटनमा कुनै पत्रकारको लागि समाचार–पत्र तब प्रतिष्ठानको चरम बिन्दुमा पुग्छ जब आन्तरिक मामिला मन्त्री उसलाई सधैं खाना खान निम्त्याउओस् । नुन खाएपछि त्यो पत्रकारले सत्य कुरा कहिल्यै लेख्दैन, यदि लेख्यो भने मन्त्रीले यसलाई फेरि खान बोलाउँदैन । साथै टीभीको पर्दामा आउने मौका पनि पाउँदैन । त्यसैले श्री स्टोनले आफ्नै घरबाट अखबार प्रकाशन गर्न थाले । पत्रिका चार पानाको थियो र त्यसमा श्री स्टोनले आफ्नो सन्देह र सरकारी दाबीलाई आफ्नै स्तरबाट गरिएको छानबिनका रिपोर्टहरू छाप्थे । कोरिया युद्ध र पछि, अनि भियतनाम युद्धको बेलामा पनि सरकारले झूटो बोलिरहेको तथ्य देखियो । उता श्री स्टोन एक्लैले सत्ता र अधिकारलाई चुनौती दिइरहेका थिए । उनले आफ्नो स्वतन्त्रतालाई कायम राख्न आन्तरिक मन्त्री र पदाधिकारीहरूसँग बसेर खाना खान अस्वीकार गर्दै आए । उक्त सोचप्रति मेरो दृढ विश्वास छ किनभने म राजनीतिमा लागेको छु तथा राजनीतिमा आउन वा पदधारण गर्न र केही गर्न मलाई प्रस्ताव पनि आइरहेको छ । तर मैले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै आएको छु किनभने त्यसले आफ्नो स्वतन्त्रता गुमाउनेछ । के सही र के गलत भनी निक्र्यौल गर्ने क्षमता गुम्नेछ र सम्झौता गर्नुपर्ने हुन्छ ।
चौथो बाधा
चौथो बाधालाई म ‘‘मूर्ति पूजा’’ भन्दछु । हामी बाँचिरहेको युग असुरक्षाको युग हो । हामी शताब्दीको अन्ततिर बढ्दै छौँ । शीतयुद्ध समाप्त भइसकेको छ । यस्तो लाग्छ कुन मूल्य स्थायी हो र कुन होइन कसैलाई जानकारी छैन । त्यसैले मेरो विचारमा यो धर्मान्तरणको युग हो । बुद्धिजीवीहरू निश्चितरुपले धर्म निरपेक्ष हुनुपर्छ भन्ने मेरो मान्यता छ । बुद्धिजीवी यस्तो व्यक्ति हुनुपर्छ जोसँग ‘मूर्ति’ नहोस् । मेरो तात्पर्य धर्म निजी विषय हो । यदि तपाईं आफ्नै ढङ्गले ईश्वर या देवी देवताको पवित्रता वा अलौकिक शक्तिमा विश्वास राख्नुहुन्छ भने त्यो तपाईंको विषय र विशेषाधिकार हो । तर म यहाँ सामाजिक मूर्तिको बारे भनिरहेको छु, जसलाई प्रासिस बेकन ‘बजारका प्रतिमाहरू’ भन्ने गर्थे ।
शीतयुद्धको बेला माक्र्सवादप्रति मानिसहरू आदर भाव राख्थे । तर पछि तिनीहरूलाई लाग्यो कि माक्र्सवाद त्यति उपयुक्त छैन । अतः शीतयुद्धपश्चात् तिनीहरूको मूल्य फेरियो र पुँजीवादतर्फ झुक्यो र त्यसको उपासना गर्न लागे । एक प्रकारले मूर्ति पूजा भयो । एक फ्रान्सेली बुद्धिजीवी थिए जो बराबर अरब जगतमा भ्रमण गर्थे । उनी फ्रान्सको कम्युनिष्ट पार्टीका भूतपूर्व नेता पनि थिए । पछि उनी सच्चा क्याथोलिक बने र हालै उनले इस्लाम धर्म स्वीकार गरे । तर किन ? किनभने साउदी अरबको निकटताबाट उनी लोकप्रिय हुनसक्थे । उनले आफ्नो नाम फेरेर इस्लामी नाम राखे । उनी मुसलमानहरूले झैं कुरा पनि गर्छन् । यस्तो ‘मूर्ति पूजा’ देखेर मलाई भयड्ढर डर लाग्छ । यस्तो नगर्नु सायद सबभन्दा नकाम हो किनभने, बुद्धिजीवीहरू झूटो ईश्वरको पूजा र उपासनाबाट सधैं नै सतर्क रहनुपर्छ । पछि आस्था फेर्नु निकै सजिलो हुन्छ । फेरि पछि अर्को आएर भन्ने छ –“म तिमीलाई सत्य बताउँछु, म प्रथम श्रेणीको टिकट दिन्छु, जाऊ बर्लिन गएर एक वर्ष बस । तिमीमाथि कुनै आर्थिक र अन्य बोझ हुनेछैन त्यहाँ अध्ययन गर्नसक्छौँ र अन्तमा तिमी हामीजस्तै हुनेछौँ ।”
यथार्थमा यस्ता पुरस्कार र सेवकहरूबाट काम बन्दैन । यस्ताहरू अन्तसम्म तपाईंको साथ रहँदैन बीचैमा छोडिदिन्छ । त्यसैले म भन्छु कि एक बुद्धिजीवी सदासर्वदा यथासम्भव असंपृक्तमात्र होइन स्वतन्त्र पनि रहनुपर्छ । साथै संशयवादी पनि हुनुपर्छ । यस्तो कुनै चीज छैन जुन तपाईंलाई सधैं मन परोस् किनभने चाहना कहिल्यै पूरा हुँदैन । विश्वमा हाम्रोसामु नयाँ नयाँ कुराहरू आइरहन्छ । हामीले इतिहासमा विश्वास राख्नुपर्छ । त्यो कुन कुरा हो जसलाई प्राप्त गर्न बुद्धिजीवीहरूले परम्परा, व्यवसायिकता, सत्ता अधिकार, भक्ति, ईश्वरको बाधा तेर्सिँदा तेर्सिँदै पनि प्रयास गर्छन् ? त्यो के हो जुन एसिया, अरब, युरोप, अफ्रिका, ल्याटिन अमेरिकाका बुद्धिजीवीहरू चाहन्छन् । मलाई लाग्छ कि लक्ष्य सर्वत्र समान छ जसरी खतरा समान हुन्छ ।
तपाईं सत्ताको सेवक दरबारी बुद्धिजीवी हुनसक्नुहुन्छ, सुलतानको खुट्टामा बसेर सत्ताको अनुचर हुनसक्नुहुन्छ अथवा सत्ताबाट टाढा रहनसक्नुहुन्छ । म चाहिँ सत्ताबाट टाढा रहने कुरालाई महत्व दिन्छु । जो सत्ताबाट सदा निर्वासित रहन्छ, त्यसले के खोजिरहेको होला । मलाई लाग्छ, केही सार्वभौमिक मूल्य खोजिरहेको हुनुपर्छ । न्यायको सार्वभौमिक मूल्य जसबाट तपाईं विश्वस्त बन्न सकियोस् कि सबै पुरुष–महिला, काला, गोरा, राता, पहेंला जुनसुकै रङ्गका जनुसुकै क्षेत्रका निवासी किन नहोस्, समान स्वतन्त्रता र बराबरका हकदार छन् । यदि तपाईं मानव अधिकारमा विश्वास राख्नुहुन्छ भने मानव अधिकार सबै ठाउँमा हुनुपर्छ । तपाईं यो नभन्नुस्, जुन प्रायः भन्ने गरिन्छ–
“ यो त पाश्चात्य विचार भयो । अरबका शासकहरू अरबीहरूको दृष्टिकोण, अरब जगतको विचार (इस्लामी विचार) जुनले मानिसलाई प्रताडित गर्ने, कोर्दा लगाउने र मुद्दा नचलाइकनै ज्यान लिने स्वीकृति दिन्छ, त्यो हाम्रो विशेषाधिकार पनि हो भन्छन् ।
यो सरासर बकवास हो । इस्लाम धर्मले सबै मानिसको गरिमा हुन्छ र तिनीहरू ईश्वरका सन्तान हुन् भन्छ । अतःहामीले न्याय र समताको सार्वभौमिक मूल्यमा विश्वास राख्नुपर्छ ।
दोस्रो कुरा हामीले सधैं सत्य बोल्ने कोसिस गर्नुपर्छ । सत्य तीतो भएपछि अप्ठ्यारोमा पार्ने भए पनि बोल्नुपर्छ । अप्ठ्यारो व्यहोर्ने आँट तपाईंमा हुुनुपर्छ ।
तेस्रो कुरा जुन सर्वाधिक महत्वपूर्ण छ, जसबाट मलाई दिशाबोध हुन्छ,त्यो हो तपाईं यी काम समाजबाट अलग बसेर वा हाथी दाँतको धरहरामा बसेर गर्नसक्नुहुन्न । तपाईं पनि त्यही संसार, त्यही धरातलमा रहनुपर्छ, जहाँ पीडित र दबाइएका मानिसहरू बस्छन् । त्यसैले प्यालेस्टिइनको पूरै प्रश्न मेरो निम्ति यतिको प्रतिकात्मक महत्व राख्छ यसप्रकार होइन कि म प्यालेस्टिनी थिएँ । निःसन्देह म प्यालेस्टिनी थिएँ तर हाम्रो सङ्घर्षको बेला हाम्रा समस्याहरूको यथार्थतालाई दबाइदियो, पश्चिमी मुलुकमा प्यालेस्टिनी शब्द उच्चारण गर्न पनि मुश्किल छ । त्यसैले बुद्धिजीवीहरूको कर्तव्य हुन्छ कि तिनीहरू आफ्नो स्मृतिलाई आलो बनाओस् । ‘‘भन्न त हाम्रा मान्छेहरूले जुन समस्या भोगे त्यसलाई नबिर्सौँ । जुन चरण हामीले पार ग¥यौँ, त्यसलाई नभुलौँ । हामीले नेताहरूको गल्तीहरूलाई बिर्सनुहुँदैन’’ भन्छन् । हामीले इमानदारीपूर्वक आफ्ना नेताहरूको गल्तीलाई औंल्याइदिनुपर्छ । सम्भव छ यदि हामीले अलि धेरै तीतो कुरा ग¥यौँ भने नोकरी दिनेछैन, हामी ठूलो पदाधिकारी बन्न पाउँदैनौँ, कुनै सम्मानित डिग्री उपाधि पाउँदैनौँ । तर, ती कुरा भन्नैपर्छ जसलाई सत्ताले दबाइदिएको छ । यसको निम्ति जस्तोसुकै मूल्य नै किन चुकाउन नपरोस् । त्यो स्वयंमा गर्वको कुरामात्र होइन मनुष्य हुनुको गरिमाको पनि सम्मान हो ।
भनाइको तात्पर्य, यस्तो गरेमा तपाईं र आफूलाई बिना कुनै कठिन मेहनत र बिनाअधिकार नै जनतासँग जोडिन पुग्नुहुन्छ । तपाईं तिनीहरूको सङ्घर्षमा सामेल हुनुहुनेछ र तपाईंले यो आभास दिनुहुनेछ कि जनताले जति गरेका छन् या गर्न चाहन्छन् त्योभन्दा बढी केही गरिरहेको छैन र तपाईं बोल्नुहुन्छ, त्यसमा सधैं सङ्घर्षशील जनताद्वारा सुधार गरिने र त्यसबाट प्रभावित पारिने सम्भावना रहिरहन्छ किनभने हामी सबै स्वतन्त्रता, मानव गरिमा, सहिष्णुता र आशाको अधिकार यो कुनै कोरा आदर्शवाद होइन, केवल सामान्य आशा–खराब स्थितिलाई राम्रो स्थितिमा फेर्ने आशा हो । मलाई लाग्छ, यस कार्यबिना बुद्धिजीवी हुनुको कुनै अर्थ छैन ।
(सइड प्यालेस्टाइनी मूलका संरा अमेरिकी सांस्कृतिक समालोचक तथा राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।)
प्रस्तुति ः प्रकाश नेपाल, काभ्रे
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *