भर्खरै :

एक पर्यटकको आँखामा सिक्किम

विगोल
सिक्किम भारतको पूर्व उत्तरमा अवस्थित पहाडी राज्य हो । यहाँ संसारकै सबभन्दा तेस्रो अग्लो हिमाल खङ्गचेन्डोजोङ्गा ९प्जबलनअजभलमशयलनब० रहेको छ । यस राज्यको क्षेत्रफल ७,०९६ वर्ग किमि छ । सन् २०११ को तथ्याङ्कअनुसार यहाँ ६ लाख एक हजार जनसङ्ख्या रहेको छ । हाल ८ लाख जनसङ्ख्या पुगेको अनुमान गरिएको छ । यहाँ उत्तर सिक्किम, दक्षिण सिक्किम, पूर्व सिक्किम र पश्चिम सिक्किम गरी चार जिल्ला छन् । उत्तर सिक्किमको राजधानी म्यानगान ९ःबलनबल०, दक्षिण सिक्किमको राजधानी नाम्ची ९ल्बmअजष्०, पूर्व सिक्किमको राजधानी गाङ्गतोक ९न्बलनतयप० र पश्चिम सिक्किमको राजधानी गेजिङ्ग ९न्भथशष्लन० हो ।
पहाड र हिमालले ढाकेको सिक्किम नेपाल, चीन र भुटानसित जोडिएको राज्य हो । यहाँ गर्मीमा अधिकतम तापक्रम २१० से र न्यूनतम १३० से हुन्छ भने जाडोमा अधिकतम १३० से र न्यूनतम ०.५ से रहेको हुन्छ । यहाँ वार्षिक वर्षा सालाखाला ३८९४ मिलिमिटर ९mm० हुन्छ । सबभन्दा अग्लो हिमाल समुद्र सतहबाट २८,२०८ (८५९८) मि. उचाइमा रहेको छ । हिमाल, पहाड, जङ्गलले ढाकेको यस राज्यमा झर्ना, ताल, गुफा, खोलानाला, उपत्यका, हिउँ खेल्ने पहाड, ट्रेकिङ गर्ने पहाड, ¥याफ्टिङ गर्ने खोला, बाइक चढ्ने पहाड र उपत्यका भएकोले सिक्किम आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन केन्द्र बनेको छ । यहाँ प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका सम्पदाहरू भएकोले पनि पर्यटकहरूको आगमन केन्द्र बनेको हो ।
सिक्किम भारतको राज्य भए पनि नेपालीहरूको बसोबास भएको भूमि भएको हुँदा नेपालीहरूकै छुट्टै राज्यजस्तो देखिन्छ । सिक्किम पस्ने जो कोही व्यक्तिले यो त नेपालीहरूकै राज्य हो भन्न करै लाग्छ । सिक्किमका बासिन्दाहरूको जीवनशैली सहज देखिन्छ । यहाँका नागरिकहरू नेपाली भाषा बोल्छन्, नेपाली भेषभूषा लगाउँछन् । उनीहरूको चालचलन, रहनसहन, रीतिस्थिति, संस्कार नेपालीहरूकै जस्तो छ । तर, नेपालीहरूकै बस्ती, नेपालीहरूकै ठाउँ, नेपालीहरूकै भेषभूषा, व्यापार व्यवसाय भए पनि आर्थिक लेनदेन या किनमेल गर्दा भारतीय रुपैयाँको कारोबार हुन्छ । भारतीय रुपैयाँमात्र चल्छ ।
सिक्किमको चारवटै जिल्लामा विभिन्न सांस्कृतिक सम्पदाहरूको निर्माण गरेर बाह्य तथा आन्तरिक पर्यटकहरू भित्याउने काम राज्यले गरेको छ । प्रत्येक सांस्कृतिक सम्पदा स्थल र सहर बजारको बस्ती सफा देखिन्छ । एक परिवार एक नोकरीको अवधारणा ल्याएर संसारकै लागि नमुनाको काम गरिरहेको राज्यको दाबी छ । राज्यले बाह्य व्यक्तिले नागरिकता लिन पाउने व्यवस्था गरेको छैन । चोरी चकारी गरेर होइन, काम गरेर खानुपर्छ भन्ने मान्यता स्थानीय जनताको छ । चोरेर, लुटेर, डकैटी गरेर खाने प्रवृत्ति देखिंदैन । सिक्किमको राजधानी र सहर बजारमा मात्र होइन सिक्किमभरि नै प्लाष्टिकको टुक्रा, चुरोटको ठुट्टा या त्यस्तै अन्य सामग्री जहाँतहीं फाल्न नहुने संस्कार नै बसिसकेको छ, स्थानीय जनतामा । कहींकतै प्लाष्टिक, अन्य खाद्य सामग्रीका सामानहरू फालेका भए त्यो बाह्य पर्यटकहरूले फालेको सम्झन्छन् – स्थानीय जनता । यदि सहर बजार या बस्तीमा कसैले जहाँतही सामान फाले जरिवाना गरिन्छ । त्यही कारण सहर बजार जहिल्यै सफा, स्वच्छ हुन्छ ।
सिक्किम आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन केन्द्र भएको हुँदा त्यहाँ कार, ट्याक्सी र जीपहरू अधिक चलेको देखिन्छ । साइकल चलाएको खासै देखिंदैन । मोटरसाइकल पनि त्यति देखिंदैन । ठूलठूला गाडी पनि थोरैमात्रै देखिन्छ । जहाँतहीं कार र जीपमात्रै देखिन्छन् । सहर बजारको सडकमा त कमिलाको ताँतीजस्तै कारमात्रै गुडिरहेको देखिन्छ, अनि जीप पनि । यात्रुहरू कहींकतै जानु परे लामो समय पर्खनुपर्दैन । एक दुई मिनेट पनि कुरेर बस्नुपर्दैन । यात्रुहरू तुरुन्तै आ–आफ्नो गन्तव्य स्थलमा सजिलै पुग्न सक्छन् । कमिलाको ताँतीझैं गाडी गुडिरहे पनि जाम भएको देखिंदैन । गाडी जाम भनेको गाडीमा रहेका यात्रुहरू ओर्लुञ्जेल हो, गाडीमा रहेको सामान झिकुञ्जेल हो, त्यो पनि बाटो छेउमा मात्रै । कार र जीप गुडिरहेको हेर्दा सहर बजारका हरेक परिवारमा एउटा न एउटा कार÷जीप भएको अनुभूति हुन्छ ।
सिक्किममा सिक्किम बाहिरका मानिसले जग्गा किन नपाउने व्यवस्था गरिएको छ । बाहिरका व्यक्तिले नागरिकता पनि लिन पाउँदैन । तर, १८÷२० वर्ष पहिले नै सिक्किमको सहर बजारमा होटेललगायत अन्य व्यापार, व्यवसाय गरिरहेका नेपालका नेपाली नागरिकहरू पनि छन् । कति चालकहरू नेपालका नेपालीहरू हुन् । कति नेपालीहरू बाबु बाजेले पहिले सरकारी सेवा सुविधाबाट पाइरहेको सम्पत्ति जोडेर बसिरहेका छन् । सिक्किमको राजधानी, राजधानीको सहर, बजार र बस्तीमा विद्युत्का तार र पोलहरू देखिंदैन । खानेपानीका पाइपहरू भने कति ठाउँमा खुला छन् । सहर बजारका हरेक घरको वर्षाको पानी घर धनी आफैले पाइप राखेर सङ्कलन गरेको देखिन्छ । घरहरू बाक्लो या गुच्चमुच्च भएकोले पनि त्यस्तो व्यवस्था गरिएको स्थानीयको भनाइ छ । कुनै घरको छानाको पानी अरु घरको छानामा पर्दैन, वर्षाको पानी छोड्ने ठाउँ पनि छैन, बस्ती बाक्लो भएकोले । बस्तीको बीच–बीचमा एक दुई मिटरको चौडाइको ठाडो खुड्किलो बनाइरहेको छ । त्यस्तै खुड्किलोबाट खानेपानीको पाइपलाइन लगेको छ ।
नेपालीहरूको विद्रोही भावनालाई शिथिल पार्न या भारतीय शासक वर्गको विरोध कम गर्न र गराउन सिक्किम सरकार र केन्द्रीय सरकारले सिक्किमका जनतालाई राहत दिने काम गरिरहेका छन् । स्थानीय जनतालाई रासन कार्डमार्फत महिना महिनामा चामल दिने व्यवस्था गरिएको छ । त्यस्तै चाडपर्वमा पनि राहत दिने व्यवस्था मिलाइएको छ । जग्गा भएका तर नाजुक आर्थिक अवस्थाको कारण घर बनाउन नसकेका परिवारका सदस्यहरूलाई राज्यले केही रकम सहयोग गरेको देखिन्छ । तर, राज्यले कर बढी लिएकोमा स्थानीय जनताको विरोध छ ।
सिक्किमलगायत अन्य दुई चारवटा राज्यलाई छोडेर हेर्दा भारत संसारकै बढी गरिब या कष्टकर जीवन बिताउन बाध्य देशमा गनिन्छ । बलात्कार या यौन दुव्र्यवहार बढी हुने देश भारत मानिन्छ । धनी र गरिबको खाडलको गहिराइ बढी भएको देश हो । जातीय छुवाछूत, अन्धपरम्परा भएको देश हो । महिला बेचबिखन, मानव तस्कर बढी भएको देश हो । भ्रष्टाचार, अनियमितता र अपराधीहरू अधिक भएको देश हो । भारतको सामाजिक संरचना नै गरिबीमा आधारित सामाजिक संरचना हो । आत्महत्या गर्ने, ठगी गर्नेहरूको सङ्ख्या लाखौंलाख हुन्छ । त्यसकारण भारतमा विभेद र असमानताविरुद्धको ठूलठूलो आन्दोलन हुन्छ । ऋण तिर्न नसकेरै कतिको आत्महत्या हुन्छ । त्यसकारण भारतमा ठूलठूला किसान आन्दोलन हुन्छ । सिक्किमका जनताको असल व्यवहार लाग्यो । पूर्वी सिक्किमको राजधानी गाङ्गतोक यसको उदाहरण हो ।
अलग्ग देशको रुपमा रहेको सिक्किमलाई भारतले कब्जा ग¥यो र विस्तारवादी देशको रुपमा चिनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *