भर्खरै :

विश्वविद्यालयहरूमा गुण्डा प्रवृत्ति

क्रिश्चिना
“त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्”–राजधानी , १ माघ २०७५ ।
विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएस्सी इन एग्रिकल्चर भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको समाचारमा उल्लेख छ ।
यसरी विश्वविद्यालयमै अनियमितता, पक्षपात र भ्रष्टाचार भएमा अन्य क्षेत्रमा के होला भनी संवेदनशील समुदायमा चिन्ता हुनु स्वाभाविक हो । ज्ञात भएकै विषय हो– सानोमा चोरी गर्न सिकेको व्यक्तिले सङ्गत र परिस्थितिले डाँकू र ज्यानमारा बनाउँछ ।
अमेरिकामा बरोबर गोलीकाण्ड विद्यालय र विभिन्न शिक्षालयमा समेत हुन्छ । यस्तै असह्य परिस्थितिको बदला लिन बन्दुक वा पेस्तोलको जोहो गरी कारणी र अन्यलाई पनि आक्रोश पोख्ने काम भएकोमा सबै जानकार नै छन् । नेपालमा पनि बन्दुक वा पेस्तोल राख्ने अधिकार दिएमा दुःख दिने ठूला–वडालाई बदला लिने सम्भावना नभएमा त्यस व्यक्तिको घर र परिवारका सदस्य पत्ता लगाई बदला लिन बैर छैन । यसकारण समयमै तालुकवाल कार्यालयले अपराधीलाई कारबाही गर्नु आवश्यक छ ।
नेपालमा एक विश्वविद्यालयको कर्मचारीतन्त्रको मिलेमतोमा पहिला हुने विद्यार्थीलाई तेस्रो दर्जामा उत्तीर्ण भएको र तल्लो नम्बरमा उत्तीर्ण हुने विद्यार्थीलाई प्रथम गर्ने अभद्र र भ्रष्ट व्यवहार देखाइएको थियो । पहिलो हुने विद्यार्थी कुनै पनि बेला पुनः परीक्षा दिन तयार भएको र उसले त्यस परीक्षामा पुनः प्रथम नभएमा आफ्नो हार स्वीकार्ने हाँक दियो ।
तर, दुःखद विषय हो– प्रथम हुने विद्यार्थीसँग ५ लाख रुपैयाँ लिएरमात्र त्यस विद्यार्थीलाई पहिला घोषणा गरियो किन ? किनभने विश्वविद्यालय शासक दलको भागबण्डा भएको र गुण्डा र अपराधी प्रवृत्तिले विश्वविद्यालयले स्थान पाएको हुँदा यस्ता दुःखद समाचारहरू सुन्न जनता बाध्य छन् ।
बढी धुवाँ फाल्ने भारतीय गाडी बन्द गर
भारतको राजधानी दिल्लीमा एक करोडको गाडी (चारपाङ्ग्रे र दुईपाङ्ग्रे) को धुलो–धुवाँ, उद्योग र खेत–खेतमा आगो बालेको हुँदा वायु प्रदूषण खतराको चिह्नभन्दा माथि पुगेको समाचारले भारतका राजधानीवासीलाई सा¥है चिन्तितमात्र बनाएको होइन, लाखौं जनतालाई श्वासप्रश्वास र प्रदूषणबाट हुने रोगले अस्पतालहरूले ठेग्नै नसकेको भारतीय टी.भी., रेडियो र समाचारपत्रहरूले दिएको सर्वविदित्तै छ ।
काठमाडौँमा पनि गाडीहरूको घुइँचोले उपत्यकामा दिल्लीकै दशा दोहो¥याउन बेर छैन । यसको मुख्य कारण नेपालका पुराना गाडीहरू भारतमा अलि अलि मर्मत गरी राम्रो रङ्गरोगन गरी ती गाडीहरू पुनःनेपालमै बेचिन्छन् । सरकारलाई कर लगाउन सजिलो होस् भन्ने कुतर्क पेश गरी सरकारले देशले ठेग्नै नसक्ने भारतीय गाडीहरू भित्रयाइरहेको व्यापक जनगुनासो छ । यसमा सरकार, प्रहरी र कर विभाग सबै मिलेको अनुमान गरिन्छ ।
सडकमा भारतका ठूला ठूला १०–१२ पाङ्ग्रे गाडीहरू गुड्छन् । २५–३० टनको भारी बोकेर धुवाँको मुस्लो फालेर प्रदूषण गरिन्छ । त्यस्ता गाडीहरू भित्रयाउनै नहुने या भारतीय गाडीहरू रोक्नुपर्नेमा सरकारको ध्यान र आँट नभएको प्रस्ट छ ।
यसै सिलसिलामा एउटा समाचार आयो –“सिंहदरबारभित्र अब पुराना गाडी राख्न नपाइने, थन्किएका दुई सय गाडी प्रयोग गरिंदै ।” (राजधानी– १ माघ २०७५)
थन्किएका पुराना गाडीलाई मर्मत गरेर चलाउँदा देशको रकम विदेश जाँदैन, त्यो राम्रो कुरा हो । तर, कानुनले चलाउन हुने गाडी सिंहदरबारमा पस्नै नदिने प्रपञ्च गलत हुनेछ । त्यसको अर्थ भारतको नयाँ गाडी किन्न दिने भारतीय गाडी दलालहरूको नयाँ षड्यन्त्र हुनेछ । पछि ४०–५० वर्षभन्दा बुढो मानिसलाई सिंहदरबार पस्न नदिने र जागिरे नबनाउने जस्ता अल्लारे कुरा उठ्न नपाऊन् भनी समयमै सोच्नु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *