भर्खरै :

तेस्रो विश्व एक अध्ययन –२

गोपाल, बागमती अञ्चल
तेस्रो विश्वको कोलोम्बो सम्मेलन
असंलग्न राष्ट्रहरू वा तेस्रो विश्वको प्रेरणास्रोत बाङ्गडुङ सम्मेलन हो । साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवादको विरोधमा सङ्घर्ष गर्नु नै बाङ्गडुङ भावना हो । स्वतन्त्रता र मुक्तिको निम्ति लडिरहेका देश र जनताको समर्थन गर्नु नै बाङ्गडुङ भावना हो । बाङ्गडुङ सम्मेलनलाई साम्राज्यवादीहरूले असफल पार्न अनेक जालझेल गरेका थिए । बाङ्गडुङ सम्मेलनले नै पञ्चशीललाई तयार पारेको थियो त्यसलाई असंलग्न राष्ट्रहरूको सह–अस्तित्वका पाँच सिद्धान्त पनि भन्ने गरिन्छ । त्यही बाङ्गडुङ सम्मेलनको नयाँ रुप नै असंलग्न राष्ट्रहरूको सम्मेलन हो । संरा अमेरिका र सोभियत सङ्घको सैनिक गुटबाट अलग्ग हुनुको अर्थ नै असंलग्नता थियो । तर, अहिले संरा अमेरिका र सोभियत सङ्घजस्तो पहिलो–दुई महाशक्ति र उपनिवेशवादी सम्बन्ध भएका युरोपेली दोस्रो शक्तिसँग असंलग्नताको अर्थ नै तेस्रो विश्व हो ।
सन् १९६१ सेप्टेम्बरमा युगोस्लाभाकियाको राजधानी बेल्ग्रेडमा असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलन भएको थियो । त्यसबेला सम्मेलनमा २५ देशहरूले भाग लिएका थिए ।
१९६४ अक्टोबर ५ देखि १० अक्टोबरसम्म दोस्रो सम्मेलन मिश्रको राजधानी कायरोमा भयो । त्यसमा ४७ देशहरूले भाग लिएका थिए र १० राष्ट्रले दर्शकको रुपमा भाग लिएका थिए ।
१९७० सेप्टेम्बर ८ देखि १० सेप्टेम्बरसम्म जाम्बियाको राजधानी लुसाकामा तेस्रो विश्वको तेस्रो सम्मेलन भयो । त्यसमा ५० देशहरूले भाग लिएका थिए र ९ राष्ट्रले दर्शकको रुपमा भाग लिएका थिए ।
१९७३ सेप्टेम्बर ५ देखि १० सम्म अल्जेरियाको राजधानी अल्जायर्समा चौथो सम्मेलन भयो । त्यसमा ७५ देशले भाग लिएका थिए र ९ राष्ट्रले दर्शकको रुपमा भाग लिएका थिए । त्यस सम्मेलनले तेस्रो विश्वको आकार लियो ।
१९७६ अगस्त १६ देखि २० सम्म लङ्काको राजधानी कोलोम्बोमा तेस्रो विश्वको पाँचौं सम्मेलन भयो ।
मोजाम्बिक, गिनो–बिसाउ, केप–भर्दे, साओटोमे र प्रिसिप द्वीप समूह, अङ्गोला, सेचेल्स, कोमोरो र फिलिस्टीनी मुक्ति सङ्गठनले पूर्ण सदस्य पाए । त्यसबाहेक जनवादी गणतन्त्र भियतनाम र जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) ले पनि सदस्यता पाए । यसप्रकार तेस्रो विश्वको पूर्ण सदस्य सङ्ख्या ८५ पुग्यो । त्यसबाहेक ल्याटिन अमेरिकाबाट बारबादोस, बोलिभिया, ब्राजिल, कोलोम्बिया, इक्वेडोर, एल–साल्भाडोर, गे्रनाडा, उरुग्वे र भेनेजुयलालाई पनि दर्शकको रुपमा निमन्त्रण गरिएको थियो । त्यस्तै अफ्रिकाको ५ मुक्ति सङ्गठन र ल्याटिन अमेरिकाको पोर्टोरिको समाजवादी पार्टीलाई पनि दर्शकको रुपमा निमन्त्रण गरिएको थियो । दोस्रो विश्वबाट अस्ट्रिया, फिनल्याण्ड र स्विडेनलाई पाहुनाको रुपमा बोलाइएको थियो । रुमानिया, पोर्तुगाल र फिलिपाइन्सजस्ता गुटमा संलग्न राष्ट्रलाई पनि सम्मेलनमा पाहुनाको रुपमा बस्ने मौका दिइयो । पाकिस्तानलाई पनि तेस्रो विश्वको सदस्यता प्रदान गर्नेबारे छलफल भयो । तर औपचारिक दर्खास्तको अभाव भएकोले त्यसबारे पछि नै निर्णय गर्ने निधो ग¥यो । सबै गरेर ११२ मात्र होइन सालाखाला १२० भन्दा बढी राष्ट्रको आवाज त्यस सम्मेलनमा पुग्यो ।
कोलोम्बो सम्मेलनको महत्व
हालैको पाँचौँ सम्मेलन बन्दरनाइकेको स्मृतिमा बनेको अन्तर्राष्ट्रिय सभा भवनमा सुरु भयो । त्यस भवनको निर्माणमा जनवादी गणतन्त्र चीनले मद्दत गरेको थियो । यसभन्दा अघिका सम्मेलनहरूमा पहिलो चाहिँ दक्षिणी युरोपमा, त्यसपछिका तीन सम्मेलनहरू अफ्रिकाको राजधानीहरूमा भएको थियो । यो पाँचौँ सम्मेलन एसियामा पहिलो पटक भयो । युरोपको बेल्ग्रेडमा भएको पहिलो सम्मेलनमा भन्दा यस सम्मेलनमा चार गुणा बढी सदस्य राष्ट्रहरूले भाग लिएका थिए ।
तेस्रो विश्वको पाँचौँ सम्मेलन, पहिल्लो विश्व भनिने दुई महाशक्तिहरू झनझन नाङ्गो र कमजोर हुँदै गइरहेको बेला, दोस्रो विश्व स्वयं तिनीहरूको हाँक धाकबाट मुक्त हुन चाहिरहेको बेला, एसिया र अफ्रिकाका थुप्रै देशहरूले मुक्ति र स्वतन्त्रता पाइसकेको र बाँकीले स्वतन्त्रता सङ्ग्राम चलाइरहेको बेलामा सुरु भयो । पहिलो र दोस्रो विश्व मिलेर हेलसिकीमा अगािड बढाएको ‘तनाव शैथिल्य’ वा ‘नरमी’ अथवा ‘तनाव शून्यता’ भनाउँदो सिद्धान्त झनझन नाङ्गिँदै गइरहेको थियो । पहिलो र दोस्रो विश्वका देशहरू ‘तनाव शैथिल्य’ को झण्डामुनि हातहतियारको वृद्धि, हस्तक्षेप र प्रभाव क्षेत्रको विकास गर्दै थिए । यसकारण तेस्रो विश्वको पाँचाँै सम्मेलनले ‘शक्ति सन्तुलन’ र ‘प्रभाव क्षेत्र’ को सिद्धान्तलाई विरोध ग¥यो । हातहतियारको जोडकातोड वृद्धि सैनिक सन्धिहरू र सैनिक गतिविधिलाई नरोकेसम्म अन्तर्राष्ट्रिय तानातानी कम हुँदैन र तानातानी खुकुलो हुन्न भन्ने कुरोमा जोड दियो । त्यस्तै सम्मेलनले पुरानो र नयाँ साम्राज्यवाद र उपनिवेशवाद, जातिवाद र शक्तिको आधारमा विदेशमा प्रभुत्व कायम गर्ने नीतिलाई विरोध ग¥यो । पश्चिमी एसिया, साइप्रस प्यालिस्टाइन समस्या र कोरियाको एकीकरणको समस्याबारे छलफल ग¥यो । मुक्ति सङ्घर्षलाई समर्थन जनायो । इजरायल, रोडेसिया, नामिबिया र दक्षिण अफ्रिकी सरकारको जातिभेद नीतिलाई निन्दा ग¥यो । त्यस्तै जीवूतिमा काबिज र कोमोरो द्वीपलाई भागबण्डा गर्ने विदेशी हस्तक्षेप र प्रभुत्वको फ्रान्सेली नीतिलाई पनि निन्दा र विरोध ग¥यो ।
लेबनानमाथि सिरियाको हस्तक्षेप, स्पेनी सहारा, जीवूति जिल्लाबारे इथोपिया र सोमालियाको विवाद, तिमोरको मुक्ति फरकका बाँधबारे बङ्गलादेश र भारतको विवाद आदिलाई आपसी छलफलद्वारा टुङ्ग्याउने निर्णय ग¥यो ।
१९७५ को डाकार घोषणापत्रअनुसार भूपरिवेष्ठित देशहरूले समुद्रसम्म पुग्ने अधिकार स्वीकार गरिनुपर्छ भन्ने प्रस्ताव पनि पेश गरिएको थियो । त्यसबाहेक संयुक्त राष्ट्र सङ्घमा केही देशहरूको भिटोको अधिकार समाप्त गर्ने, व्यापार र आर्थिक क्षेत्रमा नयाँ व्यवस्था लागू गर्ने, नयाँ नयाँ प्रस्तावहरू पनि अगाडि ल्याइयो । यी सबै प्रस्ताव र छलफलले पहिलो र दोस्रो विश्वको आर्थिक र राजनैतिक प्रभुत्व निर्बलियो हुन्थ्यो र तेस्रो विश्वको विकास अगाडि बढ्थ्यो ।
कोलोम्बो सम्मेलन एक नयाँ रणनीति
तेस्रो विश्वको कोलोम्बो सम्मेलनले तेस्रो विश्वको उज्यालो भविष्य र पहिलो विश्वको पतनलाई सङ्केत गर्छ । बुल्गेरिया, पोर्चुगल र फिलिपाइन्सजस्ता सोभियत सङ्घ र संरा अमेरिकाको वार्र्र्सा र नाटो सिटोका सैनिक सङ्गठनका सदस्य मुलुकहरू तेस्रो विश्वमा आउन खोज्नु र पाहुनाको रुपमा स्वीकार गरिनु रणनीतिकरुपले एक महत्रवपूर्ण घटना हो । यसले पहिलो विश्वको पतन र तेस्रो विश्वको विजयको एक सङ्केत दिन्छ । त्यस्तै अस्ट्रिया, फिङ्ल्याण्ड र स्विडेनजस्ता विकसित र दोस्रो विश्वका मुलुकहरूले पनि पाहुनाको रुपमा तेस्रो विश्वको सम्मेलनमा भाग लिन पाउनु अर्को महत्रवको कुरो हो । अस्ट्रिया, फिङ्ल्याण्ड र स्वीडेनजस्तै पछि बिस्तारै नर्वे, क्यानाडा, अस्ट्रेलिया, जापान, इटाली आदि दोस्रो विश्वका मुलुकहरू तेस्रो विश्वको नजिक आउँदै गएमा तेस्रो विश्व बलियो हुँदै जानेछ र पहिलो विश्व झनझन सबै क्षेत्रमा एक्लिँदै जानेछ । साम्राज्यवाद र उपनिवेशवादलाई जरैदेखि उखेल्ने यो नीति तेस्रो विश्वको दीर्घकालीन लडाइँको महत्रवपूर्ण रणनीतिक पाइलो सावित हुनेछ । आजको तेस्रो विश्व दुई महाशक्तिको साम्राज्यवाद र उपनिवेशवादविरोधी एक संयुक्त मोर्चामा विकास भएको छ । वास्तवमा यो नीति दुई महाशक्तिलाई एक्लो पार्ने ठूलो प्रभावशाली र प्रतिभापूर्ण पाइलो हो । यो ‘व्यापक जनतालाई एकगठ गर्ने’ नीतिमा आधारित छ ।
यस कुरालाई युगोस्लाभियाका राष्ट्रपति टीटोले बुझेको हुनुपर्छ । त्यस देशले बुल्गेरियालाई तेस्रो विश्वमा सामेल गर्ने कुरालाई स्वीकार ग¥यो । तर भारतले यस रणनीतिलाई बुझ्न सकेन वा मान्न स्वीकार गरेन । यसकारण भारतीय प्रचारको साधनले गुनासो ग¥यो –“टीटो आफैले बेल्ग्रेडमा निर्धारित सदस्यताको कसीको विपरीत रुमानियालाई सदस्यताको पक्ष लियो । थाहै छ, मार्शल टीटो वार्सा सन्धिको एक देशलाई बढी मान्यता दिलाउने वकालत गरिरहेका थिए । जो रुसी सैनिक सन्धिको लक्ष्मणरेखाबाट मुक्त हुन चाहन्छ । ’’ यसले थाहा हुन्छ कि भारतले पछि कुरोलाई ठम्यायो । उक्त प्रचार साधन फेरि भन्छ –“आखिरमा बीचको बाटो स्वीकार गरियो –सिद्धान्तको पनि रक्षा होस् र नयाँ परिस्थितिहरूको माग पनि स्वीकार गरियोस् ।” (दिनमान २९ अगस्त ४ सेप्टेम्बर १९७६, दिल्ली)
भारतीय बुद्धिजीवी वर्ग र प्रचार यन्त्रमा यस राजनैतिक विभाजनप्रति केही अस्पष्टता र पुरानो सरकार बाँकी नै रहेको देखिन्छ । दुई महाशक्ति पहिलो विश्वमा फेरिसक्दा पनि भारतीय प्रचार साधन त सोभियत सङ्घलाई दोस्रो विश्वमै देख्छ । त्यत्तिमात्रै होइन –“दोस्रो विश्व साम्यवादी विश्वका ती देशहरू” (१५ अगस्त १९७६ धर्मयुग) भनेर क्युवा, भियतनाम र उत्तर कोरियालाई समेत दोस्रो विश्वमा धकेल्ने जमर्को गर्छन् । ती प्रचार साधनले तेस्रो विश्वको विषयवस्तुमा पुरानै विचार राख्छ वा जानाजान त्यसलाई बङ्ग्याएर तेस्रो विश्वलाई कमजोर पार्न खोज्छ ।
तेस्रो विश्व वास्तवमा साम्राज्यवाद र सैनिक गुटबन्दीजस्ता युद्धका स्रोतहरूको विरोधमा लड्ने एक व्यापक संयुक्त मोर्चामा विकास हुँदैछ । यस बगैँचामा ‘सय किसिमको फूलहरू’ फुलिरहेछन् । तेस्रो विश्व साम्यवादी विचारको विरोधी संयुक्त मोर्चा होइन बरु साम्राज्यवादी विरोधी विश्वव्यापी संयुक्त मोर्चा हो । सोभियत सङ्घले साम्यवादी सिद्धान्त छोडेर साम्राज्यवादी नीति लिइसकेको छ । अरु साम्यवादी सिद्धान्त मान्ने देशहरू तेस्रो विश्वमा छ, किनभने ती देशहरू साम्राज्यवादको विरोधमा सबभन्दा अगाडि छन् ।
तेस्रो विश्वमा यस्ता देशहरू हामी थुपै्र देख्छौँ, जसको पहिलो, दोस्रो या तेस्रो विश्वका देशहरूसँग दुईपक्षीय सैनिक सम्झौताहरू छन् त्यसको एक उदाहरण नेपाल हो । भारत र बेलायतसँग नेपालको गोर्खाभर्तीको सम्झौता बाँकी नै छ । यो एक सैनिक वा ‘विशेष’ सम्बन्ध हो । त्यस्तै क्युवा र भारतको पनि सोभियत सङ्घसँग अलग्गअलग्ग सुरक्षा सन्धिजस्ता सम्बन्धहरू छन् । यसको एक उदाहरण भारत र रुसको बीचको २० वर्षीय सन्धि हो । २० सेप्टेम्बर १९७६ को दिन रुसी जनसेनाको उप–सेनापति एडभिरल एन.एन. आनेल्कोले काला सागरको रुसी बन्दरगाह आडेसाको ४ दिनको मैत्री भ्रमणमा भारतीय युद्धपोत ‘हिमगिरी’ निरीक्षण ग¥यो । (२२ सेप्टेम्बर १९७६ टाइम्स अफ इन्डिया) १९६२ को क्यारेबियन सङ्कटमा क्युवामा रुसी रकेट र सैनिक विशेषज्ञहरू थिए र अँगोलामा रुसी क्युवा मिलेरै सैनिक गतिविधि गरेका थिए । त्यस्तै इण्डोनेसिया, मलाया र सिङ्गापुर अथवा मलेसियाको संरा अमेरिका र बेलायतसँग विभिन्न किसिमका दुईपक्षीय सैनिक सम्बन्धहरू छन् । ब्रुनईमा गोर्खा पल्टन यसको एक उदाहरण हो ।
ल्याटिन अमेरिकी देशहरूलाई पनि कोलोम्बोमा दर्शकहरूको रुपमा भाग लिन दिएको थियो । ब्राजिल र बोलिभियासँग संरा अमेरिकाको सैनिक सम्झौताहरू भएका छन् । बोलिभियामा चेग्वेभाराको गुरिल्ला सङ्घर्ष दबाउँदा संरा अमेरिकी सैनिक विशेषज्ञहरूले पनि भाग लिएका थिए । यसप्रकार पहिलो या दोस्रो विश्वसँग अनेक सम्बन्ध रहेका देशहरूलाई तेस्रो विश्वमा ल्याउनुको अर्थ ती असमान सम्झौताहरूको विरोधमा लड्न ती देशहरूलाई एक नैतिक समर्थन गर्नु हो । पानामा यसको एक ज्वलन्त उदाहरण हो । पानामा नहरको दुवैतिर संरा अमेरिकी साम्राज्यवादको सैनिक अड्डा छ । पनामाका जनता वर्षौंदेखि पानामालाई त्यस असमान सन्धिबाट मुक्त गर्न लड्दै छन् । त्यो देश पनि तेस्रो विश्वमा छ । ल्याटिन अमेरिकालाई संरा अमेरिकी साम्राज्यवाद आफ्नो आँगन सम्झन्थ्यो । अब त्यहाँका जनता पनि साम्राज्यवादको विरोधमा तेस्रो विश्वसँग सामेल हुन थालेका छन् । एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका जनताले समेत कोलम्बो सम्मेलनमा भाग लिए । यसरी पहिलो विश्वका दुई महाशक्ति संसारका जनताबाट घेरिंदै छन् र एक्लिँदै छन् । यस परिस्थितिले सोभियत सङ्घ थरथर काम्दैछ । कोलोम्बोमा सम्मेलन बोलाएर भने “सोभियत सङ्घ र असंलग्न राष्ट्रहरूको समूहको दृष्टिकोण समान रहिआएका छन् ।” (१७ अगस्त १९७३ गोरखापत्र) यो त चोरको खुट्टा काट्भन्दा चोरले खुट्टा उचालेजस्तो मात्रै हो । सोभियत सङ्घको सम्बन्ध “शान्तिपूर्ण सहअस्तित्व, एक अर्काको भित्री मामलामा हस्तक्षेप नगर्ने, राष्ट्रिय प्रतिष्ठा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानका सिद्धान्तहरूमा आधारित हो” भनेर भने । सोभियत सङ्घले थुप्रै देशहरूको भित्री मामलामा हस्तक्षेप गरेको छ । (हेर्नुस् रामबहादुर ‘ज्यापू’ द्वारा लिखित ‘रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन’) सोभियत सङ्घ यसरी डराउनुको मुख्य कारण संसारका जनताको साम्राज्यवादविरोधी व्यापक एकताको नीतिको फल हो । परिस्थिति फेरिएको देखेर पाकिस्तानले पनि तेस्रो विश्वको नीतिलाई समर्थन गर्दैछ ।
तेस्रो विश्वको व्यापकता र त्यसको दीर्घकालीन रणनीतिक पाइलोबारे भारतीय प्रचार साधन बुझ्नमा पछाडि छ  । ऊ तेस्रो विश्वको आन्दोलनको केन्द्र नै आफूलाई ठान्दछ । यो ठूलो राष्ट्र अहङ्कारवादकै एक उदाहरण हो र नम्रता र शिष्टताको अभाव हो । साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्ने धेरै मोर्चाहरू छन् –सैनिक, आर्थिक र राजनैतिक वा कूटनैतिक । भियतनाम, लावस, कम्बोडिया, मोजाम्बिक, गिनी बिसाउ, अङ्गोलाका जनता बन्दुक लिएर उठे र साम्राज्यवादी आक्रमणलाई हराए । अझ पनि जिम्बाबे (रोडेसिया) नामिबिया (द.प.अफ्रिका) र आजानिया (दक्षिण अफ्रिका) का जनता स्वतन्त्रता र जातीय मुक्तिको निम्ति सशस्त्र सङ्घर्ष गर्दै छन् । यो तेस्रो विश्वको सैनिक मोर्चा हो । विकासशील देशहरूको आत्मनिर्भर अर्थतन्त्र र आपसी हितमा सहयोग र समर्थनको आधारमा हुने व्यापार र लेन–देन आर्थिक मोर्चा हो । जस्तै, भियतनामको प्रधानमन्त्री फान वाङ्ग डोङ्गले स्वावलम्बनमा जोड दिँदै भन्नुभएको थियो –“तटस्थ मुलुकहरूले त्यति नै खर्च गर्नुपर्छ जतिको श्रमको उत्पादकताबाट प्राप्त हुन्छ । तिनीहरूले आफ्नो खेती र उद्योगहरूलाई बढाउनुपर्दछ ।” सम्मेलन र कूटनैतिक गतिविधिजस्ता राजनैतिक मोर्चा आखिरमा सैनिक र आर्थिक मोर्चाबिना कम प्रभावशाली हुन्छ । यस हिसाबले चीन तेस्रो विश्वको एक महत्रवपूर्ण अङ्ग हो । उसको सैनिक, आर्थिक र राजनैतिक शक्ति तेस्रो विश्वको निम्ति एक ठूलो आड र भरोसा हो । तर भारतका केही प्रचार साधन यस्तो सूर्यजस्तै उज्यालो वास्तविकतालाई बुझ्दैन वा बुझ पचाउँछ । एक भारतीय साप्ताहिक लेख्छ “चीन गुटनिरपेक्ष सम्मेलनको कहिले पनि सदस्य भएन ।” (८– १४ अगस्त १९७६ दिनमान ।) भारतीय बुद्धिजीवी वर्गमा बाँकी भएको औपनिवेशिक प्रभावको एक ज्वलन्त उदाहरण हो । तिनीहरूले स्वीकार गरून् या नगरून् चीनको विरोध गर्नु साम्राज्यवाद र दुई महाशक्तिलाई सहयोग गर्नुहुनेछ । चीन आज पनि तेस्रो विश्वकै एक अङ्ग हुनुमा उसको विकासशील अर्थतन्त्रमात्रै होइन, उसको थाइवान (फारमोसा), हङ्गकङ्ग र मकाउ टापूहरू पनि संरा अमेरिका, बेलायत र पोर्तुगलको अधीनमै हुनुले पनि प्रस्ट छ । चिनियाँ राष्ट्रले आफूलाई पूर्ण मुक्ति गर्न बाँकी नै छ । कृषि, यातायात र सञ्चार, उद्योग र वाणिज्य, विज्ञान र प्राविधिक ज्ञान र प्रगतिमा चीन आज पनि विकसित देशहरूको दाँजोमा धेरै पछाडि छ । सैनिक क्षेत्रमा पनि पूर्ण आधुनिकीकरण गर्न सकिएको छैन । यस तथ्यलाई भारतीय पुरानपन्थी प्रचारयन्त्रले बाहेक एसिया, अफ्रिका, ल्याटिन अमेरिका, यहाँसम्म कि युरोपका चेतनशील र विवेकशील जनताले पनि राम्रै बुझेका छन् ।
भारतीय प्रचारयन्त्रको धारणाको ठीकविपरीत पश्चिमी जर्मनका राजदूत ग्युंटेर डिहले बम्बईमा भएको भारत–जर्मन च्याम्बर्स अफ कमर्स (व्यापार सङ्घ) को वार्षिक अधिवेशनमा भारतको कमजोर पक्षलाई उदाङ्ग्याइदियो –“कोलोम्बोमा भारतले सा¥है सन्तुलित दृष्टिकोण (रवैया) लियो र मुख्य र रचनात्मक भूमिका खेल्यो किनभने भारत अगाडि विकसित र विकासशील दुवै किसिमका देशसँग मिल्दा–जुल्दा समस्याहरू छन् ।”
तेस्रो विश्वप्रति भारतको दृष्टिकोणलाई राजदूतले खोल्ने कोशिश गर्छ–“विभिन्न गुटहरू अथवा दुई भागमा विभाजित संसारको माझमा जोड्ले लडाइँको कुरो वास्तवमा पुरानपन्थी हो । जस्तो कि प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले भन्नुभएको छ–पहिलो, दोस्रो र तेस्रो विश्व नाउँको कुनै वस्तु छैन, विश्व खाली एउटै छ ।” जर्मन–समाचार, (हिन्दी), २२ अक्टोबर १९७९, सङ्घीय जर्मन गणतन्त्रको राजदूतावासको बुलेटिन ।
जनताको साहित्य बुलेटिन ४ सेप्टेम्बर–अक्टोबर, १९७६
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *