भर्खरै :

“पत्रपत्रिका आमूल परिवर्तनका लागि जनमत तयार गर्ने हतियार हुनुपर्छ”

काठमाडाँै, ५ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पत्रपत्रिकाहरू समाजमा आमूल परिवर्तनको लागि जनतालाई सुसूचित पारेर जनमत तयार गर्ने हतियार हुनुपर्ने बताउनुभएको छ ।
देश र जनतामा समर्पित श्रमिक साप्ताहिकको २६ आँै र मजदुर दैनिकको २१ आँै तथा अनलाइन मजदुरको तेस्रो वर्षको अवसरमा शनिबार आयोजित वार्षिक कार्यक्रममा अध्यक्ष रोहितले जनताको पक्षमा लेखिएको जनताको पत्रिका जनतामाझ पुग्नुपर्छ भन्नुभयो ।
भारत प्रवासमा छँदा पनि देश र जनताको सेवा गर्ने ध्येयले ‘आधार’, ‘समाचार संसद्’, ‘ध्रुवतारा’ र ‘मजदुर–किसान’ पत्रिका प्रकाशन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “जहाँ गए पनि तल्लो वर्गको जनताको पक्षमा सङ्घर्ष गर्नुपर्छ, जनताको सेवा गर्नुपर्छ ।
विदेशीको लगानीमा सञ्चालन हुने पत्रिका र विदेशीको इसारामा चल्ने दलले देश र जनताको हित कहिल्यै नगर्ने उल्लेख गर्दै अध्यक्ष रोहितले जनताको पत्रिकालाई सरकारले कुनै बेला सहयोग रोक्का गर्नसक्ने बताउनुभयो ।
“सरकारले कुनै पनि पत्रिकामा प्रतिबन्ध गर्नसक्ने भएकोले अर्काे पत्रिका निकाल्नेतर्फ जहिल्यै तत्पर भइरहनुपर्छ,” उहाँले भन्नुभयो ।
स्वदेश र विदेशमा गुप्त र खुलारुपले हस्तलिखित र मुद्रित पत्रिका प्रकाशनहरू प्रकाशित भइरहेको स्मरण गर्दै अध्यक्ष रोहितले कम्युनिष्टको सिद्धान्त र विचार तथा देशभक्तिको भावनालाई जनताको घर आँगनमा पु¥याएर आमूल परिवर्तनमा सहयोग पु¥याउन पत्रिका निरन्तर सञ्चालन गरिरहनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले जनताको प्रजातन्त्र हुँदै देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न शोषित पीडित जनताको प्रतिनिधित्व गर्ने सिद्धान्त, विचार र आस्थाको पत्रिका आवश्यक छ भन्नुभयो ।
पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर स·ठन विस्तार गर्ने काममा पत्रिकाको महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै उहाँले विगतमा झैं टोल–टोलमा पत्रिका पु¥याउन कार्यकर्ताहरू क्रियाशील हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले संसद्मा बिम्स्टेक संयुक्त सैन्य अभ्यास, अमेरिकी गुप्तचर संस्थाको दलालको रूपमा रहेको हतियार व्यापारसँग नाम जोडिएको इसाई धर्म प्रचार गर्ने दक्षिण कोरियाको यूपीएफ संस्थाबाट काठमाडौँमा आयोजित एसिया–प्यासिफिक समिट, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका पुगेर विदेश मन्त्रीसँग एसिया–प्यासिफिक गठबन्धनमा सहमति जनाएको, जापानका विदेशमन्त्रीले एसिया–प्यासिफिक गठबन्धनको केन्द्र नेपालमा राख्ने प्रस्ताव गरेको, अमेरिकाको एसिया–प्यासिफिक क्षेत्रको लागि सेनाध्यक्षको नेपाल भ्रमण संयोग नभई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको एसियामा युद्ध थोप्ने प्रायोजित काम हुनसक्ने विषय उठाएको कुरा मजदुर दैनिकमा छाप्नु सकारात्मक हो ।” देशको सार्वभौमिकतामा परेड खेल्ने विदेशी शक्ति राष्ट्रहरूको चलखेलतर्फ देशभक्त जनता सधैं सचेत र चानाखो भइरहनुपर्नेमा जोड दिंदै उहाँले प्रकाशन अध्ययन गरेर जनतालाई सुसूचित पार्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका नगर प्रमुख सुनिल प्रजापतिले ‘श्रमिक’ र ‘मजदुर’ लाई कम्युनिष्टविरोधी गलत दृष्टिकोणको चिरफार गर्दै विचारको राजनीतिलाई माध्यमको रुपमा अघि बढाउनुपर्छ भन्नुभयो ।
नेमकिपाको सिद्धान्त र विचार थाहा पाउन वामपन्थी बुद्धिजीवी र प्रगतिशील लेखकहरू श्रमिक साप्ताहिक र मजदुर दैनिक खोजी खोजी पढ्ने गरेको उल्लेख गर्दै उहाँले प्रतिगमनविरोधी आन्दोलनमा श्रमिक र मजदुरले क्रान्तिकारी झण्डाको काम गरेको बताउनुभयो ।
“देश परिवर्तन गर्न र जनताको विचार प्रवाह गर्नुमा पत्रिकाको महत्वपूर्ण देन हुन्छ, राजाको प्रत्यक्ष शासन कालमा पत्रिका कार्यालयमा सेनाले तालाबन्दी गरे पनि अन्य क्षेत्रबाट पत्रिका निरन्तर सञ्चालन गरिएको थियो” उहाँले भन्नुभयो ।
कार्यकर्ता नपुगेको ठाउँमा पत्रपत्रिकाले पार्टीको सिद्धान्त र विचार पु¥याएर स·ठनकर्ताको रुपमा काम गरेको उल्लेख गर्दै उहाँले पत्रिका प्रकाशनमा नयाँ पुस्ता अघि बढिरहने विश्वास व्यक्त गर्नुभयो ।
श्रमिक मजदुर व्यवस्थापन समितिका सदस्य चैत्यराज शाक्यले पत्रिका वितरण क्षेत्र र पत्रिका वितरण समस्याबारे केलाउँदै ग्राहक विस्तार गर्न र सो क्षेत्रमा पत्रिका पु¥याउन सेवा गर्ने भावना भएका कार्यकर्ताहरूमार्फत पत्रिका वितरण गर्दा उचित हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् श्रमिक साप्ताहिकका सम्पादक अनुराधा थापामगरले सभापतिको आसनबाट बोल्दै सत्य, तथ्य र साँचो विचार उजागर गर्ने पत्रिका अध्ययन गरेर सुसूचित हुनुपर्छ भन्नुभयो ।
जनताको पत्रिका जनतामाझ लाने काम कार्यकर्ताहरूको जिम्मेवारी रहेको विचार व्यक्त गर्दै उहाँले पुँजीवादी शासकहरू मिडिया कब्जा गर्न अनेक षड्यन्त्रहरू गरिरहन्छन् भन्नुभयो ।
भारतीय शासक वर्गको प्रभाव र दबाबमा राष्ट्रिय पत्रिका चलिरहेको उल्लेख गर्दै उहाँले श्रमिक र मजदुर सिद्धान्त र विचारको आधारमा कामदार जनताको पक्षमा प्रकाशित भइरहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले संसद र प्रदेशसभामा प्रमुख प्रतिपक्षको
भूमिका निर्वाह गरेझैं पत्रिकाले पनि त्यस्तै भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
स्पष्ट दृष्टिकोणका साथ शोषित पीडित जनताको पक्षमा प्रकाशन भइरहेको श्रमिक र मजदुरले वर्ग दुश्मन र जनविरोधीहरूलाई
झस्काउने काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा पत्रपत्रिका, हाम्रा प्रकाशनमार्फत हामी विश्वका कामदार वर्ग र शान्तिकामी जनतासँग मित्रता बढाउँदै छौँ र साम्राज्यवादविरोधी जनतासँग ऐक्यबद्धताको हात फैलाइरहेका छाँै ।”
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले हाम्रा जनताका पत्रिका बढीभन्दा बढी कामदार जनताबीच पु¥याएर, पूर्व–पश्चिम र उत्तर–दक्षिणसम्म पैmलाएर समाजवादी प्रचार अभियानलाई बल पु¥याउनु आजको आवश्यकता हो भन्नुभयो । उहाँले भन्नुभयो, “त्यस यात्रामा अविचलित रुपमा यात्रारत रहनु नै क्रान्ति र जनताको सेवा हुनेछ । जसरी हाम्रा अग्रजहरूले त्यस यात्रा थाल्नुभयो, त्यसलाई अझ अगाडि बढाउने र पैmलाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ ।”
शिक्षक धीरेन्द्रमान बिजुक्छें र प्राध्यापक समाजका राजुभाइ त्यातले ‘मजदुर’ दैनिकको टिप्पणी गर्दै पत्रिकामा विश्वमा भइरहेका मजदुर आन्दोलन, सङ्घर्ष र साम्राज्यवादी देशको विरोधमा भएको आन्दोलनको पक्षमा समाचार प्रसारण गरिरहेको उल्लेख गर्नुभयो ।
ख्वप इन्जिनियरि· कलेजका प्राचार्य सुजन माकले अनलाइन मजदुरको टिप्पणी गर्दै अनलाइनको विकास र विस्तारबारे चर्चा गर्दै फेसबुकमा अनलाइन मजदुर हेर्ने सङ्ख्या बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरि· कलेजका प्राचार्य सुनिल दुवाल र ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठले श्रमिक साप्ताहिकको सम्पादकीयबारे टिप्पणी गर्नुभयो ।
प्राचार्य सुनिल दुवालले पुँजीवादी शासकहरू विकास नभइकन समाजवाद नआउने झूटा कुरा प्रचार गरिरहेको उल्लेख गर्दै मौका नपाएसम्म इमानदार बन्ने पदलोभी र अवसरवादीहरूलाई खबरदारी गर्न पत्रिकाले टेवा पु¥याएको बताउनुभयो ।
अर्का प्राचार्य प्रकाशकुमार श्रेष्ठले शासकहरू उत्पादनका साधनमा मात्र होइन विचारमा पनि प्रभुत्व जमाउन चाहन्छन् भन्नुभयो ।
श्रमिक र मजदुरले किसान र मजदुर वर्गको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो – “हरेक विचार तटस्थ हुँदैन, कुनै न कुनै विचारसँग जोडिएको हुन्छ ।”
“श्रमिकले श्रमजीवी वर्गको विचारको प्रतिनिधित्व गरेको छ, सर्वहारा दृष्टिकोणबारे सुसूचित पार्ने काम गरेको छ, सर्वहारा अन्तर्राष्ट्रवाद र समाजवादको पक्षमा र साम्राज्यवाद र विस्तारवादको विरोधमा जनतालाई सचेत पार्ने काम गरेको छ,” उहाँले भन्नुभयो ।
मजदुर दैनिकका प्रकाशक एवम् सम्पादक नीरज लवजूले स्वागत मन्तव्य दिनुभयो भने श्रमिक र मजदुर व्यवस्थापन समितिका सदस्य प्रकाश थुसाले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *