भर्खरै :

आस्थाको पत्रिका अगाडि नबढे पीत पत्रकारिताको प्रभाव बढ्दै

प्रेम सुवाल, नेमकिपा केन्द्रीय सचिव
जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ आस्था हो, विचार हो, सिद्धान्त हो ।
नेपाल प्रेस काउन्सिलले आस्थाको पत्रिकाको वर्गीकरणको मूल्याङ्कन मापदण्ड अलग बनाउनु आवश्यक छ । आस्थाको पत्रिकालाई राष्ट्रियस्तरको वर्गीकरण ‘क’ मा राख्नुपर्दछ ।
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्रका विद्यार्थीको स्नातकोत्तर र पीएचडीको शोधपत्रको स्रोत सामग्री पनि हुन् ।
हामीले संसद्मा बिम्स्टेक संयुक्त सैन्य अभ्यास, अमेरिकी गुप्तचर संस्थाको दलालको रूपमा रहेको हतियार व्यापारसँग नाम जोडिएको इसाई धर्म प्रचार गर्ने दक्षिण कोरियाको यूपीएफ संस्थाबाट काठमाडौँमा आयोजित एसिया–प्यासिफिक समिट , परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका पुगेर विदेश मन्त्रीसँग एसिया–प्यासिफिक गठबन्धनमा सहमति जनाएको, जापानका विदेशमन्त्रीले एसिया–प्यासिफिक गठबन्धनको केन्द्र नेपालमा राख्ने प्रस्ताव गरेको, अमेरिकाको एसिया–प्यासिफिक क्षेत्रको लागि सेनाध्यक्षको नेपाल भ्रमण संयोग नभई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको एसियामा युद्ध थोप्ने प्रायोजित काम हुनसक्ने विषय उठाएको तर रासस, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत आम सञ्चारमा यो संवेदनशील विषयको समाचार प्रकाशित र प्रशारित नभएको, ‘मजदुर’ दैनिकमा यस विषयक समाचार प्रकाशित भएको सकारात्मक हो ।
केपी ओलीले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नियम ५६ अनुसारको संसद्को प्रश्नमा दिएको जवाफ आशालाग्दो थिएन । तर, राष्ट्रिय स्तरका भनिने आम सञ्चारमा यसको समाचार छाप्यो । राज्यकोषबाट सञ्चालित आम सञ्चार सरकारमा भएका पार्टीको पेवा होइन ।
देश र जनताप्रति समर्पित आस्थाको पत्रिका अगाडि नबढे पीत पत्रकारिता प्रभाव बढ्ने खतरा हुन्छ । नेपालमा अहिले यस्तै स्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *