भर्खरै :

‘माक्र्सवादको सान्दर्भिकता र नेपाल कम्युनिष्ट आन्दोलन’ बारे अन्तरक्रिया

दैलेख, ६ माघ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखको आयोजनामा ‘माक्र्सवादको सान्दर्भिकता र नेपालको कम्युनिष्ट आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले गरिब जनताको मुक्तिको लागि समाजवाद अपरिहार्य रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हरेक राज्य सत्ता वर्गीय हुन्छ । कुन राज्य व्यवस्थाले कसको सेवा गर्दछ त्यसको कार्यशैलीमा भर पर्दछ । अहिलेको केपी ओली सरकारले गरिब जनताको हितमा काम गरिरहेको छैन ।’’
‘‘हरेक माक्र्सवादी–लेनिनवादीहरूले योग्यताअनुसार काम, कामअनुसार ज्याला, व्यक्तित्व विकासमा समान अवसर, सबैलाई रोजगारीको बन्दोबस्तको लागि सङ्घर्ष गर्नुपर्दछ’’, उहाँले जोड दिनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिँह विश्वकर्माले माक्र्सवादी साहित्य अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘वर्तमान ओली सरकारले कामदार जनताको हितमा कुनै पनि काम गर्न सकेको छैन ।’’
पार्टीका अर्का केन्द्रीय सदस्य नर्मा गुरूङले नेमकिपा गरिब जनताको मुक्तिको लागि सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समिति दैलेखका उपाध्यक्ष बमबहादुर सिंहको सभापतित्वमा भएको कार्यक्रममा नीरकबहादुर शाही, कानुन व्यवसायी सुरेन्द्र अधिकारी, जगतबहादुर वली, सौर्य कामी, हस्तबहादुर घले, लालबहादुर कठायत, लक्ष्मीप्रसाद रेग्मी, हर्कबहादुर नेपाली, बखत नेपाली, रत्नबहादुर श्रेष्ठ र लक्ष्मीकुमार विकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *