भर्खरै :

व्यापारिक घरानाको चन्दाले चल्ने भाजपा

नयाँ दिल्ली, २० जनवरी । भारतको सत्तासीन भारतीय जनता पार्टीले सन् २०१७–१८ मा त्यहाँका अन्य राजनीतिक दलको तुलनामा बा¥ह गुणा बढी चन्दा सङ्गलन गरेको निर्वाचन आयोगको आधिकारिक घोषणाले देखाएको छ । घोषितबाहेक अघोषित रूपमा लिइएको चन्दा रकम सो तथ्याङ्गमा समावेश गरिएको छैन ।
‘द एसोसिएसन फर डेमोक्रेटिक रिफर्म’ ले जारी गरेको प्रतिवेदनअनुसार सन् २०१७–१८ मा भारतीय जनता पार्टीले ४ अर्ब ३७ करोड भारु चन्दा सङ्गलन गरेको थियो । २ हजार ९ सय ७७ जना चन्दादाताबाट भारतीय जनताले त्यत्ति चन्दा रकम उठाएको थियो । ४ अर्ब ३७ करोड भारुमध्ये ४ अर्ब भारु भारतका व्यापारिक घरानाहरूबाट उठाइएको छ । त्यसको अर्थ भाजपाले झण्डै ९२ प्रतिशत चन्दा व्यापारिक घरानाबाट उठाउने गरेको देखिएको छ । ३६ करोड ७१ लाख भारु भने व्यक्तिले चन्दा दिएको बताइएको छ । भाजपालाई व्यापारिक घरानाले दिएको चन्दाले मोदी सरकारलाई कर्पोरेटहरूले चुनाव जिताएको र त्यसकारण व्यापक भारतीय जनताविरुद्ध एकपछि अर्को कदम चालेको विश्लेषणलाई थप पुष्टि गरेको छ ।
भारतको प्रमुख विपक्षी दल भारतीय काङ्ग्रेसले ७७७ जना चन्दादाताबाट २६ करोड ६५ लाख ८० हजार भारु चन्दा पाएको तथ्याङ्गले देखाएको छ । व्यापारिक घरानाबाट काङ्ग्रेसले १९ करोड २९ लाख भारु प्राप्त गरेको छ । ५३ वटा व्यापारिक घरानाबाट त्यति चन्दा प्राप्त गरेको हो । ७ करोड ३६ लाख भारु ७२४ जना व्यक्तिले चन्दा दिएको देखाइएको छ ।
सबभन्दा कम चन्दा पाउने राजनीतिक दलले २० हजार भारु प्राप्त गरेको तथ्याङ्गले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *