भर्खरै :

संशोधनवाद र अवसरवाद

यहु प्रकाश
समय परिवर्तनसँगै नयाँ नयाँ समस्या आउँछ । त्यसलाई समाधान गर्न नयाँ–नयाँ कुराको आवश्यकता हुन्छ नै । नयाँ–नयाँ आवश्यकतालाई पूरा गर्न नयाँ परिवर्तनको खाँचो हुन्छ । परिवर्तित परिस्थितिअनुसार नयाँ सिद्धान्त पनि पत्ता लाग्छ । पुरानो समाजको परिवर्तनको कारण र त्यस कारणको व्यवस्थित वैज्ञानिक विश्लेषणकै एउटा उपाय माक्र्सवाद –लेनिनवाद हो ।
लेनिनले भन्नुभयो –“हरेक नयाँ परिस्थितिअनुसार आफ्नो व्यवहार बनाउनु, आपूmलाई आपैmले त्यसबेलाका घटनाहरू र राजनैतिक हावापानीअनुसार फेरिइदिनु, सारा पँुजीवादी व्यवस्था र सारा पँुजीवादी विकासलाई बिर्सिदिनु, सर्वहारा वर्गका मुख्य–मुख्य हितहरूलाई वास्तविक र झूटो अस्थायी फाइदाको निम्ति मुख्य–मुख्य फाइदाहरूलाई बलिको बोका बनाई दिनु नै संशोधनवादको नीति हो ।”
एकातिर, केही सच्चा माक्र्सवादी–लेनिनवादीहरूले संशोधनवाद टाट्पल्टिसकेको भनी विरोध गर्छन् अर्कोतिर, अन्य सच्चा माक्र्सवादी–लेनिनवादीहरूले संशोधनवादको मुख्य उद्देश्य नै पँुजीवादी व्यवस्थामा फर्कनु हो भने संशोधनवादीहरू पँुजीवादी व्यवस्थामा फर्किसकेको हुनाले संशोधनवाद टाट्पल्टिसकेको होइन बरु संशोधनवादीहरू सफल भइसकेका भनी दाबी गर्छन् । यी दुई विपरीत विरोधहरूलाई बुभ्mदा दुवै सही भएका छन् । माक्र्सवाद–लेनिनवादको सार र मर्म भन्नु नै सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्ष, निजी सम्पत्तिको उन्मूलन आदि हुन् । संशोधनवादले माक्र्सवाद –लेनिनवादको यहीं सार र मर्मलाई संशोधन गरी सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्ष, निजी सम्पत्तिको उन्मूलन आदि आवश्यक नभएको र संसदीय व्यवस्थाभित्रै रहेर शान्तिपूर्ण ढङ्गले चुनावमा बहुमत ल्याएर समाजवाद ल्याउन सकिने भनी ठोकुवा गरे । संशोधनवादको उद्देश्य नै समाजवादी व्यवस्थालाई पँुजीवादमा रुपान्तरण गर्नु हो ।
वि.सं. २०७५ साउन –असोज (२०१८ जुलाई–अक्टोम्बर) महिनाको पूर्णाङ्क ३१ को University (युनिभर्सिटी) पत्रिकामा कम्युनिष्ट र मजदुर आन्दोलनभित्रको पुँजीवादी विचार नै संशोधनवाद हो भन्ने शीर्षकको अन्तर्वार्ता छापिएको थियो । त्यसमा , नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद र अवसरवादबारे बताइदिनुहुन्छ कि ? भन्ने प्रश्नमा नेमकिपाका केन्द्रीय नारायणमान बिजुक्छें (रोहित) ले जवाफ दिनुभयो –“माक्र्सवादको क्रान्तिकारी धारलाई छोडेर शान्तिपूर्ण बाटोबाटै समाजवाद ल्याउने विचार नै संशोधनवाद हो । संशोधनवाद कम्युनिष्ट र मजदुर आन्दोलनभित्रको पँुजीवादी विचार हो । व्यापक कामदार वर्गलाई सङ्गठित गरी सशस्त्र सङ्घर्ष बाटोबाटै समाजवादमा जाने उपाय नै माक्र्सवादी दृष्टिकोण हो ।
क्रान्तिको मुख्य हितलाई छोडेर स–साना र अल्पकालीन हितलाई स्वीकार्ने दृष्टिकोण नै अवसरवाद हो तथा क्रान्तिको सम्भावना हुँदाहुँदै पनि शान्तिपूर्ण सङ्घर्ष नाउँमा आत्मसमर्पणको उपाय दक्षिणपन्थी अवसरवाद हो । क्रान्तिको परिपक्व परिस्थिति तयार नहुँदै क्रान्तिको आह्वान वामपन्थी अवसरवाद हो । त्यसले क्रान्तिलाई विजयतिर लाने होइन बरु हारतिर डो¥याउँछ । दक्षिणपन्थी अवसरवादले शत्रुलाई पनि मित्र सम्झन्छ भने वामपन्थी अवसरवादले मित्रलाई पनि शत्रु सम्झन्छ । यसप्रकार दुवै अवसरवाद माक्र्सवाद–लेनिनवाद विरोधी हुन् ।
१२५ औँ माओ त्सेतुङ जन्म दिवसको अवसरमा २०७५ पुस ११ गते (२०१८ डिसेम्बर २६) मजदुर दैनिकमा माओ त्सेतुङ जन्म दिवस परिशिष्टाङ्क छापिएको थियो । माओ चिनियाँ भूमिमा माक्र्सवाद–लेनिनवादलाई प्रयोग गर्न सफल हुनुभयो भन्ने शीर्षकको नेमकिपा केन्द्रीय समितिका अध्यक्ष नारायणमान बिजुक्छेंसँग लिएको अन्तर्वार्ता प्रकाशित भएको थियो । त्यस अन्तर्वार्तामा केही लेखकहरू चीनको आजको विकास सन् १९७८ पछिको नेतृत्वका कारणमात्र भएको र माओका खास त्यसमा योगदान नभएको बताउँछन् । अझ माओकै नीतिमा बसेको भए चीन आजको अवस्थामा पुग्ने थिएन भन्छन् । के यो विश्लेषण सही हो ? भन्ने प्रश्न सोधिएको थियो । त्यसमा उहाँले उत्तर दिनुभयो– “१४ वटा साम्राज्यवादी देशहरूको आक्रमण र नियन्त्रणमा ठूलठूला युद्धबाट चीनलाई मुक्त गर्न नसकेको भए, पँुजीवादी र सामन्तवादी तŒवहरूलाई सत्ताबाट फाल्न नसकेको भए संसारको सबभन्दा ठूलो जनसङ्ख्या भएको देशका करोडौं–करोड किसान र मजदुरहरूलाई सामन्ती शोषण र पँुजीवादी शोषणबाट स्वतन्त्र गर्न सकिँदैनथ्यो । साम्राज्यवादी पिछलग्गू पँुजीपति वर्गबाट राष्ट्रिय पँुजीपति वर्गलाई मुक्त गरी देशको विकासमा सहभागी गराउन सकिँदैनथ्यो । जनवादी गण्तन्त्र चीनमा आर्थिक विकासको बलियो जग माओ त्सेतुङ र चाउ एन लाईहरूकै पालामा निर्माण भएको थियो । त्यसबेला माओ त्सेतुङले एउटा नीति अघि सार्नुभएको थियो –“पुरानो युगले नयाँ युगको सेवा गर्नु र विदेशी वस्तुले स्वदेशको सेवा गर्नु ।”…
सन् १९८० तिर चीनले नयाँ आर्थिक नीति लागू ग¥यो, त्यस हिसाबले विदेशी विज्ञान, प्रविधि वा पँुजीको लगानी भएको ४० वर्ष भयो । ४० वर्षमा चिनियाँ आर्थिक विकासले फड्को मा¥यो । तर, आजसम्म सोभियत संशोधनवादसँग सैद्धान्तिक सङ्घर्ष टुङ्गिएन अर्थात् रुसमा सोभियत सङ्घ र समाजवाद नै रहेन । यसको अर्थ झण्डै ६० वर्ष हुँदै छ वा दुई पुस्ता लाग्यो । यसले थाहा हुन्छ, अध्यक्ष माओ र चिनियाँ नेताहरूको चिन्तन एकदम गम्भीर छ ।
यसको अर्थ हो– पुरानै पुस्तामा आर्थिक जग, चीनको कूटनैतिक सम्बन्ध र आर्थिक चिन्तनको खाका तयार भइसकेको थियो ।
अनवर होक्जा र रामिज अलिअको पालामा अल्बानियाले युगोस्लाभियालाई समाजवादी मुलुकहरूको इतिहासमा नै पहिलो नम्बर एक संशोधनवादी एवम् साम्राज्यवादी संरा अमेरिकाको भटुवा मुलुक भन्थ्यो भने प्रसिद्ध चिनियाँ कूटनीतिज्ञ उ सुक्वानद्वारा लिखित परराष्ट्र मन्त्रालयमा आठ वर्ष (Eight Years In The Ministry Of Foreign Affairs , January 1950-October 1958, By Wu Xiuquan) न्ने पुस्तकमा उल्लेख भएअनुसार माओ र चाओको पालामा नै सुरुमा युगोस्लाभियालाई संशोधनवादी मुलुक र साम्राज्यवादी संरा अमेरिकाको दलाल भन्थ्यो भने पछि आएर सन् १९५५ मा माओले भन्नुभएको थियो …युगोस्लाभियाको कम्युनिष्ट पार्टीबारे कोमिनफोम (The cominform) communist Information Bureau को प्रस्ताव सोभियत सङ्घको केन्द्रीय समितिले अनुमोदन गर्नु अन्यायपूर्ण भएको र त्यसमा गल्ती भएको थियो । यदि युगोस्लाभिया र सोभियत सङ्घको सम्बन्ध तनावपूर्ण रहिरहेमा समाजवादी शिविरमा ठूलो क्षति हुनेछ । सबै भ्रातृ पार्टीहरूले युगोस्लाभियासँगको कूटनैतिक सम्बन्ध पुनःस्थापना गरी सामान्य सम्बन्ध कायम गरोस् भन्ने आशा गर्न सकिन्छ । …
तीतो लौह इच्छा शक्ति भएको र कुनै पनि दबाबसँग नडराउने व्यक्ति हुन् ।…(पेज ९६, ११७ र ११८)
कोमिनफोम भनेको सन् १९४७ मा समाजवादी मुलुक सोभियत सङ्घ, पूर्वी युरोपका समाजवादी मुलुकहरू रोमानिया, पोल्याण्ड, हङ्गेरि, युगोस्लाभिया र बुल्गेरिया अनि पश्चिमेली शक्ति पँुजीवादी मुलुकहरू फ्रान्स र इटली गरी ९ ओटा देशहरू मिलेर आपसी सर–सल्लाह अनि नैतिक र भौतिक सहयोग गर्न स्थापना गरेको गठबन्धन थियो । सुरुमा यसको सदरमुकाम युगोस्लाभियाको राजधानी बेल्ग्रेडमा थियो । पछि, युगोस्लाभिया र सोभियत सङ्घबीच विवाद चक्र्यो र सन् १९४८ मा कोमिनफोमको सिफारिशमा सोभियत सङ्घले युगोस्लाभियामाथि आक्रमण वा सैनिक कारबाही र सोभियत सङ्घलगायत पूर्वी युरोपको कोमिनफोम सदस्य मुलकहरूले नाकाबन्दी गरेपछि ती दुई मुलुकबीच सम्बन्ध टुट्यो । कोमिनफोमको सदरमुकाम बेल्ग्रेडबाट रोमानियाको राजधानी बुखारेस्टमा सारियो । यस गठबन्धनमा सोभियत सङ्घको पूर्ण नियन्त्रण थियो । फ्रान्स र इटाली नाममात्रको थियो । सन् १९५६ अप्रिल १७ मा युगोस्लाभियासँग सम्बन्ध सुधार्न सोभियत सङ्घले कोमिनफोमलाई भङ्ग ग¥यो ।
हामीले संशोधनवाद विषयमा विश्व कम्युनिष्ट आन्दोलनलाई निष्पक्ष ढङ्गले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने देखिन्छ । ऐतिहासिक पाठले हामीलाई के सिकाएको छ भने आ–आफ्नो मुलुकको फरक–फरक परिस्थितिअनुसार संशोधनवादको परिभाषा पनि केही पक्षहरूमा फरक–फरक हुने गर्दछ । आफूलाई केन्द्रमा राखेर अन्य समाजवादी मुलुक अथवा कम्युनिष्ट पार्टीहरूको परिस्थितिलाई ध्यान नदिइकन वा परिवर्तित स्थितिको सही मूल्याङ्कन नगरी आफू अनुकूल माक्र्सवाद–लेनिनवादको आधारमा एकमात्र संशोधनवादको परिभाषा निकाल्नु र अरु समाजवादी मुलुकहरूलाई बेहिसाबसित संशोधनवादी सामाजिक–फासीवाद, सामाजिक–साम्राज्यवाद, पिछलग्गूजस्ता आरोप लगाउनु गलत तरिका हो । अतः फरक–फरक परिवेशमा संशोधनवादको परिभाषा केही पक्षहरूमा फरक–फरक भए तापनि त्यसबाट माक्र्सवादी–लेनिनवादी समाजवाद–साम्यवादको सार र मर्मबाट अलिकति पनि बिचलित हुनु हुँदैन । यसबाट हामीमा संशोधनवादबारे आलोचनात्मक दृष्टिकोणको विकास हुन्छ ।
लेनिनको नेतृत्वअन्तर्गत संसारमा पहिलोपटक सोभियत सङ्घमा समाजवादी व्यवस्था स्थापना भएको वर्ष सन् १९१७ देखि स्टालिनको देहावसानको वर्ष सन् १९५३ सम्म ३६ वर्षको विश्व कम्युनिष्ट आन्दोलनको सेरोफेरोमा यो मतभेद भएको थियो । सन् १९५० मा नै टिटोले विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा त्यसबेलाको परिभाषित संशोधनवादी सिद्धान्तअनुसार समाजवादी देश युगोस्लाभियामा पहिलोपटक संशोधनवाद लागू गरे । युगोस्लाभियाको सोभियत सङ्घसँग सन् १९४८ मा नै सम्बन्ध विच्छेद भयो । सोभियत सङ्घको दबाब र कोमिनफोमको नाकाबन्दीबाट मुक्त हुन यसले संरा अमेरिकासँग दौत्य सम्बन्ध कायम गरी अघि बढ्यो । साम्राज्यवादी संरा अमेरिका र पश्चिमेली शक्ति राष्ट्रहरूले दिएको भौतिक सहयोग स्वीकार्न युगोस्लाभिया बाध्य भयो ।
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *