भर्खरै :

अध्यक्ष बिजुक्छेंसँग प्रजग कोरियाका नवनियुक्त राजदूतको भेट

काठमाडाँै, ७ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग नेपालका लागि प्रजग कोरियाका महामहिम राजदूत जो योङ्ग म्यान (Jo Yong Man) ले शिष्टाचार भेट गर्नुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेंले नेपालजतिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाको प्रगति संसारकै साना भूगोल र जनसङ्ख्या भएका देशहरूको लागि प्रेरणा भएको उल्लेख गर्नुहुँदै आफ्नो देशको हितमा काम गरे कसैसँग झुक्न नपर्ने उदाहरण प्रजग कोरिया भएको बताउनुभयो ।
पुँजीवादी देशमा डाक्टरहरू सहरकेन्द्रित हुने तर समाजवादमा गाउँ – गाउँसम्म डाक्टर पुग्ने उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले देशको स्वाधीनता र आत्मनिर्भरताको लागि नेपालमा पनि युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने आवाज नेमकिपाले उठाइरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले प्रजग कोरियाका नेता किम जङ्ग उनसम्म आफ्नो अभिवादन पु¥याइदिन हुन महामहिम राजदूत जोसँग आग्रह गर्नुभयो ।
राजदूत जोले आफू नेपालमा पहिलो पटक आएको र यसअघि अफ्रिकी देशहरूमा सेवा गरी कूटनीतिक क्षेत्रमा अनुभव हासिल गरेको बताउनुभयो ।
प्रजग कोरिया आत्मनिर्भर र स्वाधीन भइसकेको उल्लेख गर्नुहुँदै महामहिम जोले समाजवाद निर्माणतर्फ सारा प्रयत्न उपयोग भइरहेको बताउनुभयो ।
महामहिम राजदूतले विश्वमा कतै नभएको नाकाबन्दीको सामना गर्दै प्रजग कोरियाले आणविक शक्ति विकास गरेको उल्लेख गर्नुहुँदै विदेशीको आडमा देश टिक्न नसक्ने अनुभव सिद्ध भएको बताउनुभयो ।
राष्ट्रपति किम इल सङको नेतृत्वमा कोरियाली जनताले आफैँले हतियार बनाएर जापानविरोधी गुरिल्ला युद्धमा विजय प्राप्त गरेको उल्लेख गर्नुहुँदै महामहिम राजदूत जोले विश्व शान्तिको लागि कोरियाली मजदुर पार्टीले संसारका मित्र पार्टीसँग हातेमालो गर्ने बताउनुभयो ।
भेटमा नेमकिपाका सचिव प्रेम सुवाल र दूतावासका उपप्रमुख किम जङ्ग ह्योक (प्ष्m व्यलन ज्थयप) र कर्मचारी क्वाङ ह्वान (Kim Jong Hyok) को पनि उपस्थिति थियो ।
महामहिम जो एक महिना अगाडि नेपालको निम्ति प्रजग कोरियाको राजदूत भएर काठमाडाँै पुग्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *