भर्खरै :

तरकारी बजार र भण्डारणको स्थापना आवश्यक

– न्हुज किजू
भक्तपुर जिल्ला काठमाडौँ उपत्यकाभित्र पर्ने नेपालकै सबैभन्दा सानो जिल्ला हो । मलिलो माटो र खेतीयोग्य भूमिकाका कारण यहाँका प्रायः मानिस कृषि पेशामा आबद्व छन् ।
भक्तपुरका प्रायः किसान तरकारी खेती गर्ने गर्छन् । यहाँ आलुु, काउली, बन्दाकोभी, लसुन, प्याज, मुला, सागसब्जी, गोलभेँडा आदि तरकारी उत्पादन गर्ने गरिन्छ । तर, उत्पादन भएको तरकारी बिक्री वितरणको लागि व्यवस्थित तरकारी बजारको अभावले कृषकहरू बिचौलियाको भरमा कम मूल्यमा आफ्नो कृषि उत्पादन बिक्री गर्न बाध्य छन् । प्रायः तरकारी किसानसँग कम मूल्यमा किनेर बिचौलियाले कालिमाटी तरकारी बजार लाने र फेरि त्यही तरकारी भक्तपुरकै विभिन्न थोक तथा खुद्रा पसलहरूमा बिक्रीका ल्याइने गरेको छ ।
बिचौलियाको कमिसन र ढुवानी खर्चसमेत जोड्दा तरकारीको मूल्य वास्तविक मूल्त्न्दा बढी हुने गरेको छ । यसले गर्दा किसानले उचित मूल्य पाएका छैनन् तरउपभोक्ता बढी मूल्यमा तरकारी किन्न बाध्य छन् । भक्तपुरका गरिब किसानको परिश्रमको उचित फल दिन र उपभोक्ताले सर्वसुलभ तरिकाले कम मूल्यमा तरकारी किन्न सक्ने अवस्था तयार गर्न भक्तपुरमा उपयुक्त तरकारी भण्डारण तथा बिक्री वितरण केन्द्र स्थापना गर्न अत्यावश्यक छ । यदि भक्तपुरको कुनै स्थानमा तरकारी बजारको व्यवस्थापन गर्न सकेमा किसानमा बढी तरकारी उत्पादन गर्ने हौसला बढ्नुको साथै आर्थिक उन्नति र आत्मनिर्भर बन्ने छन् ।
त्यसका लागि भक्तपुर नगरपालिकाले भक्तपुरका किसानको आर्थिक उन्नति र उपभोक्ताको मागलाई मध्यनजर गरी भक्तपुरमा तरकारी भण्डारण तथा वितरण केन्द्र निर्माण र व्यवस्थापनको लागि विचार गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *