भर्खरै :

रुसमा लेनिनको सम्झना

रुसको राजधानी मस्कोमा सोभियत क्रान्तिका नेता तथा विश्व कामदार जनताका गुरु भ्लादिमिर लेनिनको ९५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पुष्पगुच्छा र रातो झण्डासहित रुसी लेनिनवादीहरू । सन् १९९० मा सोभियत सङ्घको अस्थायी हारपश्चात् गठन भएको पुँजीवादी सरकारले रुसी जनतामाथि गरेको दमन र अन्यायका कारण उनीहरूले सोभियत सङ्घको महत्व र समाजवादी व्यवस्थाका जनहितकारी व्यवस्थाबारे अझ गहिरो गरी बुझेका छन् । उनीहरूले रुसमा फेरि समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षलाई अघि बढाइरहेका छन् । यस्तो सङ्घर्षमा धेरै सङ्ख्यामा युवाहरू नै बढी सहभागी हुने गरेका छन् । कुनै बेला लेनिनको सालिक तोडेका रुसी जनताले आफ्नो गल्ती महसुस गर्दैछन् । रुसी युवाहरू लेनिनलाई आफ्नो आदर्श पात्र मानिरहेका छन् । तस्वीरः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *