भर्खरै :

व्यक्तिगत स्वार्थमात्र हेर्ने पुँजीवादी विचार

काठमाडौँ, ११ माघ । नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाज प्रभात मावि एकाइ समितिको आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाले स्थापनाकालदेखि व्यक्ति र परिवारको मात्र हित हेर्ने पुँजीवादी विचारको खण्डन गर्दै आएको र सरकारी विद्यालय र कलेजलाई ध्वस्त बनाउने तथा निजी विद्यालय र कलेज फस्टाउन दिनेहरू पुँजीवादी विचारका हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सरकारी बैङ्कहरू कमजोर पार्ने र निजी बैङ्कलाई नाफा कुम्ल्याउन दिनेहरू देशद्रोही हुन् ।’’
‘नेमकिपा शिक्षा र स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारीको व्यवस्था र उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरणको पक्षमा छ । देशको आन्तरिक उत्पादन नबढेसम्म आयात बढ्ने छैन र व्यापार घाटा पनि घट्ने छैन । सरकारमा गएका पार्टीहरूकै कारण नेपाली कामदार वर्गले दुःख पाएका हुन् । शिक्षक–शिक्षिकाहरू अन्धविश्वासको पछि लाग्नु हुँदैन ।’’, उहाँले भन्नुभयो ।
भारतीय योग गुरू ‘रामदेव’ उद्योग–व्यापारमा लागेका पुँजीवादी विचारका ठग भएको हुँदा देशभक्त र इमानदार नेपाली जनता उनको पछि लाग्न नहुने बताउँदै सचिव सुवालले शारीरिक व्यायाम ‘रामदेव’ बाट होइन फिजियो थेरापिस्टहरूबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ पार्टीले कार्यकर्ताहरूलाई मदिरापान र धूमपानबाट टाढा बस्न सचेत गरिरहेको छ । प्रत्येक वडामा दुईवटा मदिरा पसल खोल्ने सरकारी निर्णय जनविरोधी हो । सरकारले सरकारी साधन र मदिरामा कर लगाएर बजेट बनाउनु अर्को देशघाती काम हो ।”
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले नेमकिपाको इतिहास र समसामयिक विषयबारे चर्चा गर्दै नेमकिपाको योगदानबारे जानकारी गराउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भको रूपमा रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णबहादुर प्रजापति, शिक्षकहरू देवलक्ष्मी ग्वाछा र आयोजक समितिका अध्यक्ष तुल्सीनारायण लाखेले पनि बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा नेमकिपा कालीकोट जिल्ला समितिले शुक्रबार खाडाचक्र नगरपालिकामा
विचार गोष्ठी आयोजना ग¥यो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले सिद्धान्त छोडेको राजनीतिक पार्टी र लिक छोडेको रेल गन्तव्यमा पुग्न नसक्ने र दुर्घटना अवश्यम्भावी हुने बताउनुभयो ।
उहाँले नेपाली समाजमा अझै पनि शोषण विद्यमान रहेको चर्चा गर्दै राजनैतिक क्रान्ति पूरा भएको भन्नु गलत हुने र नेमकिपाले समाजवादी क्रान्तिको पक्षमा जनतालाई जागृत गराइरहेको प्रस्ट पार्नुभयो ।
जिल्लामा कम्युनिष्ट पार्टी भनेर जनतालाई धोखा दिने र नेमकिपाबाट कारबाहीमा परेका कार्यकर्ताहरूलाई स–सम्मान पार्टीमा हुल्ने चरित्रका विरुद्ध नेमकिपा सङ्घर्षरत रहेको शाहीको भनाइ थियो ।
सभापतिको आसनबाट बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला अध्यक्ष नवराज कोइरालाले नेमकिपाले तत्कालीन पञ्चायती निरङ्कुशताविरुद्ध लेनिनवादी नीतिअनुसार जनताको सेवा गरेको चर्चा गर्नुभयो । उहाँले पुँजीवादी व्यवस्थाका अवगुणहरूबारे जनतालाई सुसूचित गर्न तथा पूँजीवादविरुद्ध घृणा उत्पन्न गराउन क्रान्तिकारी संसदवादको उपयोग गरिरहेको प्रस्ट पार्नुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थामा सत्ता लुछाचुँडीका लागि अनैतिक र घृणित क्रियाकलापसमेत हुने हुँदा नेमकिपा वर्तमान सरकारमा सहभागी नभएको र वर्गसङ्घर्षमार्फत वैज्ञानिक समाजवाद स्थापना भएपछि भने कामदार जनताको हितमा सरकारमा गएर कार्य गर्ने बताउनुभयो ।
गोष्ठीमा नेकाका नन्दबहादुर शाही (घमन) र दमनबहादुर शाही, नेकपाका कृष्णप्रसाद आचार्य र रमेशकुमार शाही, राप्रपाका लालबहादुर मल्ल र नेपाल पत्रकार समाज कालीकोटका पूर्वअध्यक्ष कालीबहादुर मल्लले पार्टी स्थापना दिवसको अवसरमा नेमकिपालाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव खड्गराज शाहीले पनि बोल्नुभएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेमकिपा रामेछाप–काठमाडौँ सम्पर्क समितिको आयोजनामा शुक्रबार कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सत्तामा पुगेका पार्टीहरूले चुनावी घोषणापत्रअनुसार काम नगरी जनतालाई ठग्ने काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ ‘नेकपा’ कम्युनिष्ट पार्टी होइन । यसबारे जनतालाई सचेत गर्नु आवश्यक छ ।’
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अङ्गाल्दै कामदार जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेक्रामजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवाल र कृष्ण मानन्धरले पनि बोल्नुभएको थियो ।
भक्तपुर
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा वडा नं. ३ एकाइ समितिको आयोजनामा ४५ आँै नेमकिपा स्थापना दिवस विद्यार्थी भेलाको आयोजना गरी मनाइयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेपालको कम्युनिष्ट आन्दोलनलाई वामपन्थी तथा दक्षिणपन्थी अवसरवादबाट बचाउन पार्टी स्थापना भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, नेक्राविसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष प्रवीण प्रजापति र रिजना ग्वाछाले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रम नेक्राविसङ्घ भनपा ३ का अध्यक्ष मनिष गोराको सभापतित्वमा भएको थियो ।
त्यसैगरी कोलाछें महिला समूहले पनि नेमकिपाको ४५ औं स्थापना दिवस मनायो । कार्यक्रममा राजकृष्ण गोराले नेमकिपा स्थापनाको आवश्यकताबारे प्रस्ट्याउनुभयो ।
सुर्खेत
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समिति सुर्खेतको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा ‘जनताको प्रजातन्त्र’ विषयमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका कार्यवाहक अध्यक्ष हरिबहादुर बोहराले वैज्ञानिक समाजवाद स्थापनाको लागि प्रगतिशील बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गसमेतको साथमा मजदुर र किसानको नेतृत्वमा जनताको प्रजातन्त्र हँुदै समाजवाद स्थापना गर्ने उद्देश्यका साथ पार्टी लागिपरेको बताउनुभयो ।
नेमकिपाका पूर्णबहादुर शाही, सुर्खेत वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, उपाध्यक्ष गणेशबहादुर खड्का, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुनकेसा शाही, नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतका सचिव जगत लामिछाने, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीले पनि पार्टी स्थापनाको आधार र ‘जनताको प्रजातन्त्र’ विषयमा बोल्नुभएको थियो ।
त्यसैगरी नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतको आयोजनामा पार्टीको ४५ औँ स्थापना दिवसकै अवसरमा शुक्रबार वीरेन्द्रनगरमा ¥यालीसहित कोणसभा भयो ।
कोणसभामा पार्टी स्थापनाको सैद्धान्तिक आधार विषयमा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, नेपाल क्रान्तिकारी मजदुर सङ्घका अक्कलबहादुर राना र निरकबहादुर शाहीले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *