भर्खरै :

देशभर श्रमजीवी जनताले मनाए नेमकिपा स्थापना दिवस

ललितपुर
ललितपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार विचार गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको नियम भएको जानकारी गराउँदै नेमकिपा माक्र्सवादी झण्डालाई फहराउँदै अघि बढिरहेको बताउनुभयो ।
‘‘नेमकिपाका कार्यकर्ताहरू आफ्नो र परिवारको हित हेर्दैनन् र समाज र देशको हितमा समर्पित हुनुहुन्छ । एमाले र नेका सिद्धान्तको राजनीति नगर्ने शुभलाभका पार्टी हुन् ।’’ उहाँले भन्नुभयो ।
एमाले र माओवादीको चुनावी गठबन्धन र पार्टी एकता माक्र्सवादी सिद्धान्तको आधारमा नभएको स्पष्ट पार्दै सचिव सुवालले पुँजीवादी सरकारको भागवण्डाको लागि मात्र पार्टी एकता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पुँजीपति वर्गले आफूसमक्ष घँुडा टेक्ने पार्टीलाई निर्वाचनमा बहुमत पु¥याउन मद्दत गर्छ र सत्तामा पु¥याउँछ । एमाले, नेका, माओवादी, राप्रपा र मधेसवादी दलहरू यसरी नै सरकारमा पुगेका हुन् । विसं २०६४ को संविधानसभामा एमालेबाट सदस्य भएका उद्योगी–व्यापारी विसं २०७४ सालको संसद्मा नेकाबाट सदस्य हुन्छ । यसले ती दुवै पार्टी उद्योगी–व्यापारीको खल्तीमा रहेको देखाउँछ ।’’
सांसद सुवालले भन्नुभयो, ‘‘एमालेले विसं २०५३ सालमा नेकासँग मिलेर भारतलाई महाकाली नदी दिएकै हो । माओवादीले भारतमै बसेर दस वर्षको सशस्त्र द्वन्द्व मच्चाएको पनि पुष्टि भइसकेको हो । तत्कालीन राजाको प्रतिगामी सरकारको नेतृत्व गर्न एमालेले बिन्तीपत्र चढाएकै हो । सशस्त्र द्वन्द्वमा अघि सारेको ४० बुँदे मागको अहिले उच्चारणसम्म नगर्ने पार्टी माओवादी नै हो ।’’
पुँजीवादी पार्टी र सरकारहरूलाई उदाङ्ग्याउन नेमकिपाले क्रान्तिकारी संसदवादको नीति लिएको माक्र्सवादी बाटो भएको चर्चा गर्दै उहाँले नेपाली कामदार वर्ग नेमकिपाको झण्डामा एक भएर उठ्नु आवश्यक छ र यसले नेपाली जनताको दुःख अन्त्य हुन्छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘‘प्रजातन्त्र वा लोकतन्त्र भनिए पनि अहिले पुँजीपति वर्गको हित गर्ने तन्त्र हो । आर्थिक समानता र व्यक्तित्व विकासमा समान अवसर दिनेमात्र साँचो अर्थमा प्रजातन्त्र वा लोकतन्त्र हुनेछ । नेमकिपा यसैको लागि सङ्घर्षरत छ ।’’
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाको स्थापना संशोधनवाद, अराजकतावाद र उदारवादको विरूद्धमा भएको चर्चा गर्दै नेकपा कम्युनिष्ट पार्टी नरहेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले सत्तामा गएका पार्टीहरू नेका, एमाले र माओवादी पार्टीले सन्तुलित विकास नगरी काठमाडौँमा जनसङ्ख्याकेन्द्रित गरी विकासविरोधी कार्य गर्नुको साथै गाउँ र सहरका जनतालाई ठग्ने काम गरेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेकपाको सरकार पुँजीवादी सरकार भएकोले कामदार जनताको अहितमा र भारतीय एकाीधकार पुँजीको पक्षमा कार्य गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष टीकाराम महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा बुद्ध शिल्पकार, रीमा महर्जन र रविना महर्जनले पनि बोल्नुभएको थियो ।
सिराहा
नेपाल मजदुर किसान पार्टीको ४५ औँ पार्टी स्थापना दिवसको अवसरमा शनिबार सिराहाको लहानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा सिराहा जिल्ला समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वर्तमान सरकार शोषक वर्गको सञ्चालक समितिको रुपमा काम गरिरहेकोको बताउनुभयो ।
उहाँले नेमकिपा देशमा समतामूलक समाज स्थापनाको निम्ति सङ्घर्षरत रहेको र असल, सभ्य, अनुशासित नागरिक तयार गर्न अग्रसर रहेको बताउनुभयो ।
नेमकिपाले पुँजीवादी सत्तामा गएर समाजवाद आउनेजस्ता पुँजीवादी विचारलाई कहिल्यै स्वीकार नगर्ने बताउँदै प्रमुख प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा हिडाउने काम गरिरहेको बताउनुभयो ।
नेमकिपाले विचारविनाको भिड बनाउनुभन्दा जनताको राजनैतिक चेतनास्तर माथि उठेका अनुशासित र सिद्धान्तनिष्ठ कार्यकर्ताहरू तयार गर्ने कोसिस गर्दैछ – प्रजापतिले भन्नुभयो ।
वर्तमान सरकार भारतको इसारामा चल्दा देश झन्–झन् कमजोर भइरहेको बताउनुहुँदै उहाँले राजनीति पैसा कमाउन र पद पाउनको निम्ति नभई शोषितपीडित जनताको हितको निम्ति गर्नुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादी व्यवस्था अन्त्य नभएसम्म समाजवादी व्यवस्था स्थापना हुन नसक्ने औँल्याउनुहुँदै नेता प्रजापतिले जनताको चेतनास्तर वृद्धि गर्न पार्टी प्रकाशनहरूको निरन्तर अध्ययन तथा अन्तरक्रिया आवश्यक भएको बताउनुभयो ।
नेमकिपा सिराहा जिल्ला अध्यक्ष विजयकुमार महत्तोले पुँजीपति वर्गको शोषणबाट मुक्त हुन कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा सिरहा जिल्लाका उपाध्यक्ष सञ्जयकुमार सिंहले नेमकिपा गरिब, शोषित–पीडित जनताको पक्षमा आवाज उठाउने पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले जनतालाई झुक्याउन देशमा नक्कली कम्युनिष्टहरू सक्रिय रहेको र नेपालको सच्चा कम्युनिष्ट पार्टी नेमकिपा नै रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सबिन ख्याजुले सत्तासीन पार्टीहरू पुँजीपति वर्गका प्रतिनिधि पात्रका रुपमा अगाडि बढिरहेको बताउँदै पार्टी सङ्ख्यामा सानो भए पनि विचार र सिद्धान्तमा सशक्त भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सिरहाका कोषाध्यक्ष हरिनारायण महत्तो, जिल्ला सदस्य श्रीलाल पासवान, नेपाल क्रान्तिकारी किसान सङ्घ सिरहा जिल्ला अध्यक्ष शत्रुघन यादव, रञ्जुकुमारी सिंह, श्रीवती सदाय, पर्शुराम महत्तो, मोहन पासवान, आशिषकुमार कर्ण, रामबल्लभ दास र रिन्कु दासलगायतले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
जुम्ला
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेमकिपा जुम्ला जिल्ला समितिले जिल्लाका विभिन्न स्थानमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरू आयोजना ग¥यो । सोही क्रममा पार्टी जिल्ला समितिको आयोजनामा शनिबार चन्दननाथ नगरपालिकामा सांस्कृतिक टोलीसहित ¥याली र सभा सम्पन्न भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काप्mलेले तत्कालीन पञ्चायती व्यवस्थामा कर्णाली क्षेत्रमा कम्युनिष्ट पार्टीको रातो झण्डा फहराउने नेमकिपा भएको उल्लेख गर्नुभयो ।
सरकारको अर्थ नेपाली जनताको अभिभावक हुने र देशको सार्वभौमिकता रक्षा र जनताको सेवा गर्न हुनुपर्ने उल्लेख गर्दै केन्द्रीय सदस्य काप्mलेले वर्तमान सरकार भारतीय विस्तारवादको दलाल भएर देश र जनतामाथि विश्वासघात गरिरहेको बताउनुभयो । उहाँले सरकारमा गएका नेताहरूले आत्मसमर्पण गरेको साम्राज्यवादको कारण सयौं वर्षसम्म बेलायती पैतलामुनि बसेको भारतीय विस्तारवादले नेपालमा हस्तक्षेप गरिरहेको विचार व्यक्त गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पार्टी स्थापनाको इतिहासबारे चर्चा गर्नुभयो र भन्नुभयो– नेमकिपा माक्र्सवादी सिद्धान्तमा प्रतिबद्ध पार्टी हो । उहाँले सङ्घीय व्यवस्थाअनुसार प्रदेश नं ६ को सीमा निर्धारण गर्दा हिमाल, पहाड र तराइ समेत्नुपर्ने आवाज उठाएको तर शासक दलहरूको अल्पदृष्टिको कारण कर्णालीप्रदेश तराईविहिन भएको बताउनुभयो ।
केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले नेपाली कामदार जनतालाई राजनैतिकरूपमा सचेत र वर्गीयरूपमा सङ्गठित गरी वैज्ञानिक समाजवाद स्थापना गर्न नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
पार्टी जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डांगीले कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उठाउन निरन्तर माक्र्सवादी साहित्य तथा पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा नेमकिपाका हरिप्रसाद बासुकला, पूर्णलाल खत्री, विर्खबहादुर शाही, नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटा, नेपाल क्रान्तिकारी महिला सङ्घका राज्यलक्ष्मी न्यौपाने र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका ईश्वर शाहीले पार्टी गतिविधिबारे चर्चा गर्नुभयो ।
सभाअघि जुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घको प्राङ्गणबाट ¥याली सुरु गरी जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैङ्क, जिल्ला प्रहरी कार्यालय, टुडिखेल हुदै स्थानीय कृष्णमन्दिर चोकमा टुङ्गिएको थियो । ¥याली र सभामा व्यापक जनताको उत्साहजनक सहभागिता रहेको पार्टी जिल्ला अध्यक्ष डाँगीले बताउनुभयो । उहाँले पार्टी स्थापना दिवसको अवसरमा माघ ५ गते तिला गाउँपालिकाको डँडेली बजारमा, माघ १० गते कनकासुन्दरी गाउँपालिकाको गोठिज्यूला बजारमा सभा सम्पन्न भएको जानकारी दिनुभयो ।
चितवन
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ र नेक्राविसङ्घको जिल्ला समिति चितवनको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य उकेश कवांले नेकां र नेकपा आपसमा सत्ता भागबण्डाको लागि झगडा गरिरहेको बताउनुभयो । उहाँले लिपुलेक, कालापानीमा रहेको भारतीय सेना फिर्ता गराउन, भारतीय विस्तारवादले गायब गरेको सीमास्तम्भ पुनःस्थापना गर्न, मिचिएको नेपाली भूभाग फिर्ता गराउन, मजदुर किसानको हक र अधिकारको लागि नीति नियम बनाउनभन्दा पनि व्यक्तिगत स्वार्थ र लोभ लालचमा ठूला भनाउँदा राजनैतिक दलहरू लिप्त भएको बताउनुभयो ।
नेमकिपा किसान आन्दोलनको जगमा स्थापना भएको उल्लेख गर्दैै नेकपा र नेकां नाम फरक भए पनि व्यवहारले पुँजीवादी नै भएको उहाँले प्रष्ट पार्नुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले पार्टीको विधानको विषयमा जानकार गराउँदै कार्यकर्ताहरूले नियमित रुपमा पार्टी प्रकाशन र राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गौतम सुजखू, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ, ज्ञानेन्द्र चेपाङ, सन्तबहादुर पाख्रिन, अर्जुन चेपाङलगायतले बोल्नुभएको थियो ।
रुपन्देही
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले व्यापक कामदार जनतालाई माक्र्सवादी साहित्यबाट सुशिक्षित बनाई देश र जनताको सेवाको निम्ति निःस्वार्थपूर्वक राजनीतिमा लाग्न प्रेरित गर्नुपर्ने जोड दिनुभयो ।
क्रान्तिकारी संसद्वादको उपयोग गर्दै एक जनामात्र सांसदले भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कामदार वर्गीय र अन्तर्राष्ट्रवादी दृष्टिकोण स्पष्टकासाथ संसद्मा राख्ने गरेकोले नै नेमकिपाविरुद्ध ३ प्रतिशतको प्रावधान ल्याएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले बुद्धिजीवी भनाउन चाहने समुदायले नै स्वार्थवस दासता स्वीकारेकाले नेपाली समाज पछाडि परेको बताउनुभयो । समाज विकासको नियमअनुसार पुँजीवादी व्यवस्था ध्वस्त भई समाजवादी राज्य व्यवस्था स्थापना हुनु अवस्यमभावी भएको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले माक्र्सले भनेजस्तै परिवर्तन ढिलो चाँडो हुन्छ र छिटो परिवर्तन गर्न क्रान्तिकारी पार्टी चाहिन्छ भन्नुभयो ।
नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन पुस्तकको ऐतिहासिक सान्दर्भिकता उल्लेख गर्दै रुसी संशोधनवादीहरूले जस्तै कम्युनिष्ट र समाजवादको नाममा नेकपा र ओली सरकारले नेपाली कामदार जनतालाई ठगिरहेको छ भन्नुभयो ।
भक्तपुर नगर कार्यपालिका सदस्य लक्ष्मीप्रसाद ह्यौंमिखाले नेमकिपाले जितेको भनपाबाट सञ्चालित कलेजमा देशभरिका विद्यार्थीहरूले पढ्न पाएको जानकारी दिनुभयो ।
नेक्रायुसङ्घ रुपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन, नेक्राविसङ्घ रुपन्देहीका अध्यक्ष तुलसा बिक, नेक्रामसङ्घ रुपन्देहीका अध्यक्ष सुशीला पौडेल, गणेश र सुग्रिमले जनताको साहित्य, विमला आचार्यले सय वर्षपछिको भक्तपुर, माधव अधिकारीले नेपाल भारत सम्बन्ध र भारत पुस्तकबारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बिष्णु ठडराईले गीत प्रस्तुत गर्नुभएको थियो ।
काभ्रे
‘‘नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) स्थापना नभएको भए नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादविरूद्ध सङ्घर्ष गर्ने कोही हुँदैनथ्यो । संशोधनवादी, अराजकतावादीविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्ने एकमात्र पार्टी नेमकिपा हो ।’’
उक्त भनाइ नेमकिपाको ४५ औं पार्टी स्थापना दिवसको अवसरमा नेमकिपा नगरकोट मण्डनदेउपुर नगर समितिको आयोजनामा भएको विचार गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले राख्नुभएको हो ।
नयाँ पुस्तालाई सैद्धान्तिक ज्ञान दिएर अगाडि बढाउनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
दिलमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङ, पार्टी जिल्ला समितिका कोषाध्यक्ष तारा न्यौपाने, नेक्राशिसङ्घ काभ्रेका अध्यक्ष पितमबहादुर तामाङ, सचिव कर्मा वाइवाले नेमकिपा स्थापनाको सैद्धान्तिक पक्षबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
बाँके
नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा नेमकिपा बाँके जिल्ला समितिले शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले पार्टी स्थापनाका आधारहरूबारे स्पष्ट पार्दै सैद्धान्तिक ज्ञान र अडानविनाका कुनै पनि क्रान्ति सफल नहुने बताउनुभयो ।
देशका प्राकृतिक स्रोत – साधनहरूसँगै देशको प्रशासनिक एकाइहरूमा भारतीय शासक वर्गको कब्जा र हस्तक्षेप बढिरहेको चर्चा गर्दै भारतलाई फाइदा हुने गरी देशघाती सन्धि–सम्झौता गर्न एमाले–माओवादी (नेकपा) कम्युनिष्ट नभई भारतीय दलाल भएको बताउनुभयो ।
साम्राज्यवादीहरूले एनजीओ÷आईनजीओमार्फत समाजवादी आन्दोलनलाई कमजोर बनाउन लागिपरेको बताउँदै अतिथि महर्जनले नेपालको कम्युनिष्ट आन्दोलन उठाउन र एनजीओ÷आईएनजीओको प्रभावबाट जोगाउन नेमकिपा सङ्घर्षशील रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भारतीय विस्तारवादले नेपालको भूमि अतिक्रमण गर्दा सबभन्दा पहिलो विरोध नेमकिपाका अग्रजहरुले गर्नुभएको चर्चा गर्दै देशको सार्वभौमिकता, भू–अखण्डता जोगाउने सङ्घर्षमा नेमकिपा एक्लै लागिरहेको बताउनुभयो ।
उहाँले माक्र्सको शिक्षाअनुसार क्रान्ति सम्पन्न गरेर सबल र शक्तिशाली बनिसकेको रुसमा कम्युनिष्ट पार्टीभित्रैका संशोधनवादीहरुका कारण समाजवादको अस्थायी हारसँगै देश टुक्रिएको चर्चा गर्दै नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउँदै सम्झौताहीन सङ्घर्ष गरिरहेको बताउनुभयो ।
एसिया प्यासिफिकको मुख्यालय नेपालमा राख्ने इन्डो–प्यासिफिक गठबन्धनको नाममा अमेरिकी साम्राज्यवादले विस्तारवादी भारतमार्फत नेपाललाई फसाउने योजना बनाइरहेको प्रस्ट्याउँदै उहाँले चीनको समाजवाद ध्वस्त बनाउन एवम् दक्षिण एसियामा तेस्रो विश्वयुद्ध थोप्ने साम्राज्यवादी अमेरिकाको षड्यन्त्रबारे नेपालका कामदार जनतालाई सचेत बनाउन आवश्यक रहेको औंल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कोहलपुर नगर समितिका अध्यक्ष अञ्जिरबहादुर शाहीले नेमकिपाले पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाको भिन्नताबारे जनतालाई प्रस्ट्याउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखतबहादुर थापाले पार्टीमा आबद्ध हरेक कार्यकर्ताले व्यक्तिगतभन्दा पार्टी र देशको हितलाई महत्व दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेमकिपा बाँकेका गौरीकान्त आचार्य, रत्नबहादुर शाही, कल्पना भण्डारी, सुमित्रा काफ्ले, कोकिला शाही, लक्ष्मी शाही, सीता शाही, नेक्रामहिलासङ्घ भक्तपुर जिल्ला समितिका सरस्वती सिंख्वाललगायतले बोल्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको सुरूमा सडक दुर्घटनामा परी दिवंगत हुनुभएका नेक्रामसङ्घ बाँकेका पूर्वअध्यक्ष गोमादेवी शाहीको सम्मानमा एक मिनेट मौन धारणासहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमपछिको महिला भेलाले सीता शाहीको अध्यक्षतामा १२ सदस्यीय नेक्रामसङ्घ प्रथम बाँके जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
बर्दिया
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेमकिपा बर्दियाले कार्यकर्ता भेला ग¥यो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपा माक्र्सवाद – लेनिनवाद र माओ विचारधारलाई मार्ग निर्देशक सिद्धान्तको रुपमा अङ्गीकार गर्दै त्यसबारे जनतालाई शिक्षित पार्ने काममा निरन्तर लागिरहेको बताउनुभयो ।
उहाँले स्थापना कालदेखि पार्टीले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा र हरेक स्वतन्त्र, सार्वभौम देशका शोषित पीडित जनताको आन्दोलनमा समर्थन जनाउँदै कम्युनिष्टको अन्तर्राष्ट्रवादी कर्तव्य पूरा गर्दै आइरहेको बताउनुभयो ।
प्रमुख अतिथि महर्जनले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेकैले पञ्चायती राज्यस्तरबाट २०४५ सालमा ‘भक्तपुर काण्ड’ रची पार्टीको समूल अन्त्यको षड्यन्त्र गरेको प्रस्ट्याउनुहुँदै नेमकिपाको राजनीतिक इमानदारिता र सैद्धान्तिक अडानबाट तर्सिएका पुँजीवादी शासक दलहरूले नेमकिपालाई जनतामाझ जान नदिने प्रजातन्त्रविपरीत ३ प्रतिशत मतसीमा (थ्रेसहोल्ड) को कानुन बनाएको बताउनुभयो । उहाँले भन्नुभयो–“पुँजीवादी पार्टीहरूको डर–धम्की र षड्यन्त्रले नेमकिपालाई देश र जनताको हितमा सङ्घर्ष तथा सेवा गर्नबाट रोक्नसक्दैन ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले वर्गीय मुक्तिबिना महिलाहरूका समस्या समाधान नहुने बताउनुभयो । विश्वका समाजवादी देशहरूमा भएका क्रान्तिमा ती देशका महिलाहरूले क्रान्तिको अग्रमोर्चामै रहेर योगदान गरेको उल्लेख गर्नुहुँदै उहाँले समाजवादी देशहरूमा महिला र पुरुषको समान अधिकार रहेको तथा हरेक क्षेत्रमा महिलाहरू अगाडि रहेको चर्चा गर्नुभयो ।
माक्र्स–एंगेल्सलगायत विश्व सर्वहारा वर्गका महान् गुरु एवम् क्रान्तिकारी नेतृत्वहरूको जीवनीमाथि प्रकाश पार्नुहुँदै उहाँले पार्टी प्रकाशनको अध्ययन गोष्ठी र अन्तरक्रियालगायत गतिविधिमा जोड दिनुपर्ने औँल्याउनुभयो ।
जिल्ला समितिका अध्यक्ष हरिलाल न्यौपानेले नेमकिपाले जस्तै कठिन परिस्थितिमा पनि सिद्धान्त नछाडेको चर्चा गर्नुहुँदै सिद्धान्तमा अडिग रहन कार्यकर्ताहरूले अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सदस्य सरस्वती सिङ्ख्वाल, नेमकिपा बर्दियाका मञ्जु चौधरी, विद्यार्थी जगमती थारु, उमा थारु र महिला कार्यकर्ता डमरु केसीले पनि बोल्नुभएको थियो ।
उक्त भेलाले डमरु केसीको अध्यक्षतामा ७ सदस्यीय नेक्रामसङ्घ बर्दिया जिल्ला समिति गठन गरेको छ ।
पर्सा
नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा शुक्रबार पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ प्रदेशसभा सदस्य सृजना सैंजूले साम्प्रदायिक र जातीयताभन्दा देशभक्तिपूर्ण वर्गीय आन्दोलन आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाँले क्रान्तिका लागि कामदार वर्गका महिला उठ्नु आवश्यक भएको छ भन्नुभयो ।
अन्धविश्वास, कुरीति र कुप्रथा सामन्तवादकै अवशेष भएको र यसलाई पुँजीवादी सरकारले हतियार बनाइ निरन्तरता दिने चर्चा गर्दै उहाँले नेमकिपा नेपालका कामदार जनताको पार्टी भएको प्रस्ट पार्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय राजेन्द्र चवालले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाले नै व्यापक कामदार जनताको हित हुन सक्ने चर्चा गर्दै तराईमा भएका किसान आन्दोलन पनि नेमकिपा स्थापनाको एक आधार भएको धारणा राख्नुभयो ।
नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोजकुमार साहले काम गरी खाने जनताको पक्षमा नेमकिपाले तराईमा सङ्घर्ष गरिरहेको चर्चा गर्दै आफूलाई मधेसवादी दल भन्ने राजनीतिक पार्टी तराईका सामन्त र जमिनदार वर्गको पार्टी भएको कामदार वर्गको पार्टी नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष ई. नरेश खत्री, कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारीलगायतले बोल्नुभएको थियो ।
उदयपुर
नेमकिपा स्थापना दिवसको अवसरमा उदयपुरको कटाहरीमा पार्टी समर्थकहरूको भेला भयो । भेलामा नेमकिपाका प्रतिनिधि महेन्द्र बखुन्छेंले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेको खोटा विचारविरुद्ध सङ्घर्ष गर्दै नेमकिपाको स्थापना भएको धारणा राख्नुभयो ।
उहाँले वर्ग रहेसम्म वर्ग सङ्घर्ष चालू रहने माक्र्सवादी सिद्धान्तको चर्चा गर्दै वर्गविहीन समाजवाद र साम्यवादी समाज स्थापना नेमकिपाको दीर्घकालीन लक्ष्य भएको बताउनुभयो ।
उहाँले दैनिक पच्चीस सयसम्म नेपाली युवा वैदेशिक रोजगारीको नाममा बेचविखन भइरहेको प्रस्ट पार्दै देशको हित चाहेकोे सरकार भए नेपालमै युवाहरूलाई रोजगारी दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विष्णुबहादुर खत्री, पद्म तामाङ र चन्द्रबहादुर कार्कीले पनि बोल्नुभएको थियो । उदयपुरको सिरसिरे बढडाँडामा पनि स्थानीय जनताको भेला भई नेमकिपाका स्थापना दिवस मनाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *