भर्खरै :

भेनेजुयला सङ्कटबारे नेमकिपाको वक्तव्य

भेनेजुयलामा जारी राजनीतिक सङ्कट र संरा अमेरिका तथा उसका सहयोगी देशले भेनेजुयलाको आन्तरिक मामिलामा गरेको हस्तक्षेको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बिहीबार प्रेस वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यमा नेमकिपाले माडुरो सरकारप्रति समर्थन गर्दै साम्राज्यवादविरुद्ध संघर्षरत भेनेजुयाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।
वक्तव्यको पूर्ण पाठ प्रस्तुत छ ः
ल्याटिन अमेरिकाको सार्वभौम र स्वतन्त्र एवम् विकासोन्मुख देश भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादले निरन्तर हस्तक्षेप गर्दैछ । भेनेजुयाली जनताद्वारा दोस्रोपटक निर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई गैरसंवैधानिक ढङ्गमा हटाउने र जबर्जस्त पुनःनिर्वाचन घोषणा गराउने संरा अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गू देशहरूको घृणित चालबाजी हस्तक्षेपको पछिल्लो नाङ्गो रूप हो । आपूmलार्ई प्रजातन्त्रका मसिहा ठान्ने देशहरूको निम्ति सार्वभौम देशमाथिको हस्तक्षेप शोभनीय कदम जरूर होइन । हरेक देशका जनता आपूmले रोजेको व्यवस्था स्थापना गर्न स्वतन्त्र रहेजस्तै सार्वभौम भेनेजुयाली जनता पनि आप्mनो निर्णय आपैm गर्न स्वतन्त्र छन् । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवाद र अन्य केही पश्चिमा डुब्दो साम्राज्यवादी देशहरूको हस्तक्षेपको संसारका सम्पूर्ण न्याय र शान्तिप्रेमी तथा साम्राज्यवादविरोधी देश एवम् जनता कडा विरोध गर्दैछन् । विनाशकारी हतियार र डलर साम्राज्यको आडमा सार्वभौम कुनै देशका जनतामाथि बलमिच्चाइँ गर्नु सभ्य समाजको परिचायक होइन र समस्या समाधानको त्यो कूटनीतिक उपाय होइन भन्नेबारे विश्वका न्यायप्रेमी जनता एकमत छन् ।
भेनेजुयलामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामलाई लिएर संरा अमेरिकी साम्राज्यवाद र उसका समर्थक देशले विवाद गर्नुभन्दा अगाडि ती देशलाई आ–आप्mनो अनुहार ऐनामा हेर्न हामी चुनौती दिन्छौं । प्रश्न उठ्नु स्वाभाविक छ, कुनै देशको राष्ट्रपति घोषणा संरा अमेरिकी साम्राज्यवाद वा यस्तै अन्य शक्तिशाली देशले गर्ने हो भने महानिर्वाचन र प्रजातन्त्रको के अर्थ ? के संरा अमेरिकालगायतका साम्राज्यवादी देशहरूका शासकहरू आ–आप्mनो देशमा जनताको तीव्र आक्रोश, आलोचना र आक्रमण खेपिरहेका छैनन् ? के तिनीहरूका देशभित्र आगो जलिरहेको छैन ? यस अर्थमा माडुरोका विषयमा अनावश्यक टिकाटिप्पणी गर्दै हस्तक्षेप गर्नु भनेको आफू सीसाको महलमा बसी बटुवालाई ढुङ्गाले हान्ने मूर्खताजस्तो हुनेछ । ती देशले संसारका सारा न्यायप्रेमी जनताबाट विरोधको सामना गर्नु हुनेछ ।
स्पष्ट छ, भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादको लगातारको हस्तक्षेपको उद्देश्य भनेको भेनेजुयलामा प्रचूर मात्रामा रहेको तेल, ग्यास, सुनलगायतका खनिज तथा प्राकृतिक स्रोतमाथि कब्जा जमाउनु हो । विगतमा उसले अफगानिस्तान, इराक, लिविया, सिरियालगायतका देशमा युद्ध थोपरेर त्यहाँका प्राकृतिक स्रोत कब्जा गर्ने दुस्प्रयासमात्र गरेन बरू विध्वंस मच्चायो, प्राचीन सम्पदा तथा संस्कृति धुजा–धुजा पा¥यो । ल्याटिन अमेरिकी देशमा उर्लिरहेको साम्राज्यवादविरोधी लहर रोक्न वामपन्थी विचारमाथि दमन गर्नु र क्युवालगायतका समाजवादी देशहरूमाथि थप दबाब सृजना गर्नु र सिङ्गो ल्याटिन अमेरिकामा आफ्नो हैकम निर्बाध कायम राख्ने संरा अमेरिकी साम्राज्यवादको बद्नियत तथा राजनीतिक स्वार्थ अहिले छताछुल्ल भइसकेको छ । जुन व्यक्ति चुनावको उम्मेदवार नै थिएन सो व्यक्तिले राष्ट्रपति भनी स्वघोषणा गर्नु हाँस्यास्पद छ । त्यस्तो गैरप्रजातान्त्रिक कदमलाई समर्थन गर्नु स्वस्थ मानसिकताको उपज हुनसक्दैन । प्रजातन्त्रको मूल्य–मान्यतामा सहमति जनाउने कसैले पनि त्यस्तो कार्यको समर्थन गर्न सक्दैन । यदि यो नजिर बनेको खण्डमा विश्वमा कतै पनि निर्वाचन हुनेछैन भन्नेतर्फ बेलैमा ध्यान पुग्न आवश्यक छ । भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेपलाई समर्थन जनाउने स्पेन, जर्मनी, फ्रान्स, क्यानाडा, बेलायत, अष्टे«लियाले के अब राष्ट्रपति या प्रधानमन्त्रीको निर्वाचन गर्दैन ? प्रश्न उठ्नु स्वाभाविक छ  । यो अप्रजातान्त्रिक, गैर–कूटनीतिक तथा उत्तेजनात्मक कदमको नेमकिपा भत्र्सना एवम् विरोध गर्दछ र भेनेजुयाली जनताप्रतिको संरा अमेरिकी साम्राज्यवादको दुष्टतापूर्ण नीति तथा भेनेजुयलाको आन्तरिक मामिलामाथि भइरहेको हस्तक्षेपको कडा शब्दमा विरोध गर्दछ । स्वाभिमानी, स्वतन्त्रताप्रेमी, न्यायप्रेमी तथा साम्राज्यवादविरोधी भेनेजुयाली जनताप्रति हाम्रो ऐक्यबद्धता सदा रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *