भर्खरै :

हुवावेको मुद्दाः प्राविधिक शीतयुद्धको छनक

गएको बुधबार युरोपेली सङ्घले नेक्स–जेनेरेसन नेटवर्कको लागि चिनियाँ कम्पनी हुवावेका सामग्रीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको समाचार प्रकाशमा आयो । राष्ट्रिय सुरक्षा प्रभावित हुन सक्ने भन्दै युरोपेली सङ्घले त्यस्तो निर्णय गर्न लागेको बताइएको छ । संरा अमेरिका र उसका सहयोगी देशहरूले चिनियाँ टेलिकम कम्पनीमाथि गरिरहेको शिलशिलाबद्ध हमलाको यो पछिल्लो कदम हो ।
यस्तो आरोप लगाएर यदि युरोपेली आयोगले आफ्नो कानुनमा संवदेनशील पूर्वाधारभित्र फात्जी मोबाइल नेटवर्कको परिभाषा संशोधन गरे त्यसले युरोपेली सङ्घलाई हुवावेका सामग्रीमाथि गुप्तचरी वा गडबडीको आशङ्गामा प्रतिबन्ध पनि लगाउन सक्नेछ ।
चीनमाथि दबाब दिन संरा अमेरिकाले लगातार हुवावेमाथि अनेक किसिमका षड्यन्त्र गरिरहेको छ । चिनियाँ कम्पनी आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै वाशिङ्टनले आफ्ना पिछलग्गु देशहरूलाई पनि त्यसै गर्न उक्साइरहेको छ । हुवावेमाथिको हमलामा कति पनि कमी आएको छैन । बरू संरा अमेरिकाको तर्फबाट हुवावेमाथिको हमला अझ खराब बन्दै गइरहेको छ । संरा अमेरिकी न्याय विभागले हुवावे र त्यसका प्रतिनिधिहरूमाथि लगाएका आरोपले यही कुरा सङ्केत गर्छ ।
संरा अमेरिकाबाट आइरहेका यी सबै दबाब र विभेदकारी व्यवहारको मुख्य लक्ष्य भनेको विश्व बजारबाट हुवावेलाई पन्छाउने हो । हुवावेलाई विश्व बजारबाट विस्थापन गर्न सके चीनविरुद्धको प्रविधिक शीतयुद्धमा संरा अमेरिका आफू विजय भएको महसुस गर्नेछ । स्वीडेनको एलएम इरेकसन र फिनल्याण्डको नोइका पनि फाइफ जी कम्पनीहरू भएकाले हुवावेलाई पन्छाउन पाए युरोपेली सङ्घको लागि पनि खुशीको विषय हुनेछ ।
संसारका सबभन्दा बढेका चलेका ५० टेलिकम कम्पनीमध्ये ४५ वटा कम्पनीलाई हुवावेले आफ्ना सामान बिक्री गर्ने गरेको छ । टेलिकम्युनिकेशन उद्योग एकअर्कासँग अन्यायोन्यास्रित रुपमा गाँसिएको छ । त्यसकारण हुवावेको विकासमा रोक लगाउँदा अरु देशका टेलिकम कम्पनीहरू र समग्रमा टेलिकम्युनिकेशन उद्योगकै विकासमा नकारात्मक प्रभाव पार्नेछ ।
आफ्ना अधिकार र हित रक्षाको लागि आफूले गर्न सक्ने सबै काम गर्नेछ । हुवावेले क्यानाडा, जर्मनी र बेलायतमा आफ्ना प्रयोगशाला स्थापना गरिसकेको छ । ती प्रयोगशालामा त्यहाँका सरकारले हुवावेका सफ्टवेयर र हार्डवेयरको सुरक्षा परीक्षण गर्न सक्नेछन् ।
तर, संरा अमेरिका र उसका कुरा सुन्ने देशले गरिरहेका गतिविधिसँग राष्ट्रिय सुरक्षा वा स्वस्थ्य प्रतिस्पर्धाको केही लिनुदिनु छैन । ती गतिविधि राजनीतिक लक्ष्यले अभिप्रेरित छन् । विज्ञान र प्रविधिमा विश्व शक्ति बन्न पश्चिमा देशहरूले चीनलाई सधैं आफ्नो बाधक मान्ने गरेको छ ।
संरा अमेरिकाले लामो समयदेखि चीनबाट प्रमुख प्रविधि निर्यात गर्न राष्ट्रिय सुरक्षाको बहानाबाजी गर्दै आएको छ । चिनियाँ प्रविधि कम्पनीले आफ्नै बलबुट्टामा विदेशी सामानको प्रयोग रोक्न खोज्दा संरा अमेरिकाले त्यो विकास रोक्न नसक्दासम्म केही न केही बहानाबाजी निकालिरहेको हुन्छ ।
हुवावेमाथि संरा अमेरिकाले गरिरहेको निषेधभन्दा पनि चिन्ताको विषय भविष्यको डिजिटल समाजको हो । देशहरूले आफ्नो समाजलाई कसरी विगतका पूर्वाग्रही सोचबाट मुक्त हुन जरुरी छ ।
चाइना डेलीको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *