भर्खरै :

‘बि’ डिभिजन लिग शुक्रबारदेखि

काठमाडौँ, २४ माघ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ ।
प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन् ।
शुक्रबार शुरु हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।
यस्तै समुह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् । लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशन बिनाको हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो ।
एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारी खर्चवापत रु सात÷सात लाख उपलब्ध गराइसकेको छ । ‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बि’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो । ‘ए’ डिभिजन लिगसमेत रेलिगेशन विनाको गरेका एन्फाले ‘बि’ डिभिजन पनि रेलिगेशन विनाकै गर्न लागेको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *