संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ६
- बैशाख १२, २०८१
हीरा त्वायना
हालैमात्र भेनेजुयलामा त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई अपदस्थ गरी राष्ट्रपतिको लागि उम्मेदवार नै नभएका ह्वाँ गुइडोलाई राष्ट्रपति स्वघोषणा गर्न लगाइ संयुक्त राज्य अमेरिकाले समर्थन ग¥यो । हुन त पश्चिमी गोलाद्र्धमा रहेका देशहरू संयुक्त राज्य अमेरिकाको चङ्गुलमा कुनै न कुनै समयमा नफसेको इतिहास छैन । भेनेजुयला पनि विगत लामो समयदेखि संरा अमेरिकी हस्तक्षेपको तारो बन्दै आएको छ । भेनेजुयलाको आन्तरिक मामिलामा १९ औं, २० औं शताब्दीदेखि नै संरा अमेरिकाले हस्तक्षेप गर्दै आएको छ । विशेष गरी २० औं शताब्दीदेखि त्यहाँको तेलको लागि हस्तक्षेप हुँदै आएको छ ।
भेनेजुयलामा सन् १९५८ मा सैनिक तानाशाही अन्त्य गरी प्रजातन्त्र स्थापना भयो । सन् १९९८ मा भेनेजुयलामा राष्ट्रपतीय चुनाव भयो र सो चुनावले समाजवादी विचारका ह्युगो चाभेजलाई राष्ट्रपति पदमा निर्वाचित ग¥यो । चाभेजको नेतृत्वमा भेनेजुयलामा बोलिभारियाली समाजवादी क्रान्तिको थालनी भयो । सो क्रान्तिले भेनेजुयलाको आर्थिक र सामाजिक सुधार ग¥यो । करोडौं जनताको स्वास्थ्य र अन्य जीवन अवस्थामा ठूलो मात्रामा सुधार भयो । सीमित पुँजीपति वर्गको नियन्त्रणमा रहेको उत्पादनका साधन र त्यहाँबाट हुने नाफा चाभेज सरकारले राष्ट्रिय अर्थतन्त्रका प्रमुख सबै क्षेत्रहरूजस्तै शिक्षा स्वास्थ्य, उद्योग, कारखाना, खानेपानी आदिमा लगानी गरियो । ती सबै क्षेत्रलाई राष्ट्रकरण गरियो ।
बोलिभारियाली क्रान्तिले लाखौं संरा अमेरिकाका जनतालाई पनि निःशुल्करूपमा घर, तातो हुने इन्धनको व्यवस्था गरिदियो । त्यसको सकारात्मक प्रभाव विस्तारै ल्याटिन अमेरिकाको अन्य देशमा पनि विस्तार भयो । यसरी बोलिभारियाली क्रान्तिको यस्तो सुधार एवम् गतिविधिको कारण ह्युगो चाभेज करोडौं जनताको “नायक” बन्न सफल भए तर विपक्षी एवम् कुलिन वर्गका लागि उनी शत्रु भए ।
सन् २०१३ मा ह्युगो चाभेजको दुःखद निधन भयो । त्यस पश्चात् राष्ट्रपति पदमा भेनेजुयाली एकिकृत समाजवादी पार्टीका अर्का नेता निकोलस माडुरो निर्वाचित हुँदै आएका छन् । उनी सन् २०१३ को निर्वाचनमा पहिलोपटक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । लामो समयदेखि अमेरिकाले बोलिभारियाली क्रान्तिमाथि दमन गर्न खोजिरहेको थियो । तर माडुरोले बोलिभारियाली क्रान्तिलाई निरन्तरता दिंदै आएका छन् । त्यो कुरा संरा अमेरिकाले मन पराएको छैन । त्यसकारण उसले भेनेजुयलामाथि हमला गर्ने धम्की दियो र सन् २०१७ को जुलाइमा निकोलस माडुरोविरुद्ध संरा अमेरिकी ट्रम्प सरकारले नाकाबन्दी लगायो । सन् २०१८ को अगस्त ४ मा माडुरोको हत्या गर्ने प्रयास पनि भयो ।
२०१८ मे २० मा सम्पन्न राष्ट्रपति चुनावमा भेनेजुयाली जनताद्वारा निकोलस माडुरोलाई दोस्रोपटक राष्ट्रपति पदमा निर्वाचित ग¥यो । तर प्रजातान्त्रिक रुपमा जनताद्वारा निर्वाचित राष्ट्रपति माडुरोलाई हटाउने मनसायले ह्वाँ गुइडोले असंवैधानिक किसिमले आफूले आफैंलाई राष्ट्रपति भनी स्वघोषणा गरे । ह्वाँ गुइडोले यसरी सिधैं गैरसंवैधानिक किसिमले सत्ता हत्याउन खोजे र ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारहरूले उनलाई भेनेजुयलाको वैध राष्ट्रपतिको मान्यता दिए ।
हुवाँ गुइडो एक दक्षिणपन्थी पपुलर विल पार्टीका व्यक्ति हुन् र हालैमात्र विपक्षी राजनीतिक पार्टीहरूको भागबण्डाको फलस्वरुप विपक्षी नियन्त्रित संसद् राष्ट्रिय सभाको अध्यक्ष पदमा चुनिएका व्यक्ति हुन् । तर, उनी गएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार पनि थिएनन् । तर, जुन व्यक्ति चुनावको उम्मेदवार नै थिएन, त्यो व्यक्तिले राष्ट्रपति भनी स्वघोषणा गर्नु हाँस्यास्पद कुरा हो । हप्तादिन अगाडि गरिएको एक मत सर्वेक्षणअनुसार ८० प्रतिशतभन्दा बढी भेनेजुयाली जनताहरूलाई ‘‘गुइडो को हुन्’’ बारे पनि जानकारी छैनन् । अहिले भेनेजुयलामा भइरहेको घटना एकाएक विकास भएको नभई योजनाबद्ध ढङ्गले पाइला पाइला गरी चालिएको कदम हो ।
सुरुमा जनवरी २१ मा बिहान बोलिभारियाली राष्ट्रिय गार्ड अर्थात् भेनेजुयाली प्रहरी भित्रकै एउटा समूहले हतियार चोरी गर्ने प्रयास ग¥यो । उनीहरू पक्राउमा परे । त्यसपछि भेनेजुयलाको राजधानी काराकसको पश्चिम भेगमा हतियारबद्ध हिंसा भयो । विरोधीहरूको हिंंसात्मक प्रदर्शनविरुद्ध माडुरो पक्षधर जनताले पनि प्रदर्शन गर्दै आएका छन् ।
ह्वाँ गुइडोले सडक प्रदर्शनीकै क्रममा आफूलाई राष्ट्रपति घोषित गरेको हो । उसको घोषणाको केही मिनेटपछि नै सयौं कि.मि. टाढा वासिङ्टनमा बसेका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उसलाई राष्ट्रपतिका रुपमा मान्यता प्रदान गरे । साथै अमेरिकी उप राष्ट्रपति माइक पेन्सले भेनेजुयाली विपक्षीहरूलाई कडा कदम चाल्न आह्वान गरे । गत हप्ता नै सार्वजनिक भएको एक भिडियोमा संरा अमेरिकी उपराष्ट्रपति पेन्सले स्पेनिश भाषामा आफ्नो सरकारको समर्थन भेनेजुयलाका विपक्षी शक्तिहरूलाई भएको र उनीहरूलाई माडुरोको विरोध गर्न जोडदार आग्रह गरिएको थियो ।
संरा अमेरिकापक्षधर अमेरिकी राज्य सङ्गठन (OAS) को बैठक गरी समानान्तर सरकारलाई मान्यता दिन खोजिरहेको छ । मानविय सहायताका नाममा संरा अमेरिकाका उपराष्ट्रपति पेन्सले २ करोड अमेरिकी डलर सहायता तत्काल गुइडोलाई प्रदान गरी आगामी दिनहरूमा हिंसात्मक घटना राजधानी काराकसको पूर्वी क्षेत्रमा रहेको “पटारे क्षेत्र” क्षेत्रमा लान खोजिंदैछ । त्यो क्षेत्रबाट निर्वाचनमा भेनेजुयाली एकिकृत समाजवादी पार्टी र राष्ट्रपति माडुरोलाई मत प्राप्त भइरहेको थियो । त्यहाँका गरिब बस्तीहरूमा जनधनको क्षति गराइएको छ । त्यसो गरेर विपक्षीहरू सरकारको समर्थनको आधार नै भत्कियोस् भन्ने चाहिरहेका छन् ।
कराकसमा मात्र होइन, देशका विभिन्न सहरमा विगतदेखि नै कुख्यात सशस्त्र समूहहरू अर्थात् गुण्डाहरू सक्रिय छन् । सरकारसित बदला लिन प्रेरित गर्दै विपक्षीहरूले तिनीहरूलाई रकम वितरण गरिएको छ । पुँजीवादी सञ्चारमाध्यमहरू झुठको खेती गर्न खोजिरहेका छन् । दिनमा तनाव सिर्जना गर्नका साथै हिंसात्मक घटना रातिदेखि नै सुरु गर्ने गरेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत बढाइचढाई प्रचार भइरहेका छन् । यो सड्ढट जतिजति लम्बिदै जान्छ, भेनेजुयालाको स्थिति झन्–झन् खराब हुँदै जान्छ । त्यसले सबभन्दा खराब असर भेनेजुयलाका गरिब समुदायमाथि पर्नेछ जसले सरकारलाई गहिरो समर्थन गर्दै आएका छन् ।
विगतमा पनि संरा अमेरिकाले अफगानिस्तान, इराक, लिबिया, सिरियालगायतका देशमा युद्ध गरेर त्यहाँको प्राकृतिक स्रोत कब्जा गर्ने दुष्प्रयास गरेको थियो । प्राचीन सम्पदा तथा संस्कृति धुजा–धुजा पारेको थियो । त्यसरी नै भेनेजुयलामा पनि त्यहाँ भएको तेल, ग्यास पेत्रोलियम पदार्थ जस्ता खानीहरू कब्जा गर्ने उद्देश्यले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । जुन अत्यन्त निन्दनीय छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा लगाएको प्रतिबन्ध र नाकाबन्दीले गर्दा भेनेजुयलाको अर्थतन्त्रमा नै ठूलो सङ्कट आएको छ र भेनेजुयाली गरिब जनताहरूले रोगभोकको कष्ट सहनुपरेको छ । ल्याटिन अमेरिकी देशमा उर्लिरहेको साम्राज्यवादविरोधी लहर रोक्नु, वामपन्थी विचारमाथि दमन गर्नु र क्युवालगायतका समाजवादी देशहरूमाथि थप दबाब सिर्जना गर्नु, भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु र सिङ्गो ल्याटिन अमेरिकामा आफ्नो हैकम निर्बाध कायम गर्न खोज्नु संरा अमेरिकाको बद्नियत तथा राजनीतिक स्वार्थ हो ।
संरा अमेरिकाका यी र यस्ता गतिविधिले भेनेजुयलासँग उसले कूटनीतिक सम्बन्धविच्छेदको स्वागत गरेको सावित भएको छ । ट्रम्प र पेन्सको नाङ्गो हस्तक्षेपको विरोधमा राष्ट्रपति माडुरोले संरा अमेरिकासितको कूटनैतिक सम्बन्धविच्छेद गरी अमेरिकी कूटनीतिज्ञहरूलाई देश निकाला घोषणा गरिसकेका छन् । ट्रम्प प्रशासनले लाजै नमानी माडुरोको उक्त कदमलाई मान्यता नदिने बताई कूटनीति मिशनलाई काराकासमै रहन भनेको छ ।
यस्तो अवस्थामा भेनेजुयलाले ती कुटनीतिक कर्मचारीलाई पक्राउ गर्नसक्नेछ र त्यसको प्रतिक्रियामा ट्रम्पले त्यसलाई सैन्य हस्तक्षेपको बहाना बनाउन सक्नेछन् । भेनेजुयालामाथि सैनिक हमलाको धम्की ट्रम्पले विगतदेखि दिँदै आएका छन् । अमेरिकाको यस्तो गलत नीतिको कारणले गर्दा भेनेजुयली जनतामा गुइडो र विपक्षीहरूको छवि राम्रो हुनुको सट्टा बिग्रेको छ र गुइडो अमेरिकी साम्राज्यवादले चुनेको “गोटी” हो तथा साम्राज्यवादको ट्रोजन हर्स हो भन्ने कुरा पनि स्पष्ट भइसकेको छ । जसरी अहिले माडुरोलाई हटाउन विभिन्न विरोध, प्रदर्शनी र हिंसात्मक क्रियाकलाप गरिरहेको छ, संरा अमेरिकाको पहलमा त्यसरी नै सन् २००२ मा ह्युगो चाभेजलाई हटाउन पनि संरा अमेरिकाले समर्थन गरेको थियो । मानव अधिकारवादी सङ्गठनका निरीक्षकहरूले विपक्षीहरूको विरोध प्रदर्शनमध्ये ३८ प्रतिशत गोलीगठ्ठा र विस्फोटक पदार्थसहित सुरक्षा फौजसहितको भिडन्तमा मात्र केन्द्रित भएको बताएका छन् ।
कुनै देश शक्तिशाली छ भन्दैमा, पुँजीपति वर्गको पक्षपोषण गरिएको भरमा कुनै पनि देशमा स्वघोषित राष्ट्रपति बन्ने र बनाउन समर्थन गर्ने र दबाब दिने राष्ट्र प्रमुखहरूले प्रजातान्त्रिक मूल्य र मान्यताको अपमान गरिरहेका छन् । अमेरिकाले फुकेपछि राम्रो–नराम्रो, सही–गलत कुनै नहेरी समथर्न गर्ने र त्यसलाई लागू गर्न अघि तम्सिने वा दबाब दिन पछि नपर्ने युरोपेली राष्ट्रहरू स्पेन, जर्मनी, फ्रान्स र बेलायतका शासकहरू जीवनपद्धतिको रुपमा विकास गर्नुपर्ने प्रजातान्त्रिक आधारहरू भत्काउँदैछन् । कुनै देशका स्वघोषित राष्ट्रपतिलाई समर्थन गर्नु अझ निर्वाचित राष्ट्रपतिलाई आठ दिनको अल्टिमेटम दिएर निर्वाचन मिति तोक्न दबाब दिनु एउटा स्वतन्त्र र सार्वभौम देशमाथि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्नु हो ।
संरा अमेरिका लगायतका देशले निर्वाचित राष्ट्रपतिलाई समर्थन नगरी स्वघोषित राष्ट्रपतिलाई समर्थन गरेर युरोपेली देशहरूले संसारमा दादागिरी देखाउन खोजेका हुन् । कुनै दलको सरकार प्रगतिशील, वामपन्थी वा कम्युनिष्ट भएको आधारमा, शक्तिको भरमा हटाउन खोज्नु न्यायोचित होइन । भेनेजुयलाको राष्ट्रपति निकोलस माडुरोलाई नयाँ निर्वाचनको मिति तोक्न आदेश दिने अधिकार कुनै पनि युरोपेली देशका शासकलाई छैन । निर्वाचन गर्ने–नगर्ने त्यो कुनै पनि देशको आन्तरिक मामिला हो । यसको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, स्वघोषित राष्ट्रपतिलाई स्वीकार्न केही युरोपेली देशका शासकहरू अन्तर्राष्ट्रिय कानुनको पनि उल्लङ्घन गर्दैछन् । ती साम्राज्यवादी शासकहरू विश्वमा आतङ्क मच्चाएर स–साना स्वतन्त्र र सार्वभौम देशहरूलाई आफ्नो मुठीमा राख्ने प्रयास गर्दैछन् । यसरी कुनै देशको राष्ट्रपति घोषणा संरा अमेरिकी साम्राज्यवाद वा यस्तै अन्य शक्तिशाली देशले गर्ने हो भन्ने निर्वाचन नै किन गर्नुप¥यो र ! जो पनि राष्ट्रपति भनेर स्वघोषित हुनेछन् । त्यस्तो अवस्थामा निर्वाचन र प्रजातन्त्रको आवश्यकता नै हुँदैनथ्यो र यो नजिर बनेको खण्डमा विश्वमा कतै पनि निर्वाचन हुने छैन ।
त्यसैले संरा अमेरिका साम्राज्यवादको, ट्रम्पको गलत नीतिको र भेनेजुयलामाथिको आन्तरिक मामिलामाथिको हस्तक्षेपको विश्वका सबै मुलुकले विरोध गर्नुपर्दछ । चीन, रुस लगायतका देशहरू र संसारका सम्पूर्ण न्याय र शान्तिप्रेमी तथा साम्राज्यवादविरोधी देश अनि जनता यसको कडा विरोध गर्दैछन् । नेपालका शासक दल अथवा भनौँ पुष्पकमल दाहालले भेनेजुयलामाथिको आन्तरिक मामिलामा हस्तक्षेपको विरोधमा प्रेस विज्ञप्ति निकाले । तर, पछि अमेरिकाले यो के गरेको अबदेखि नेपाललाई दिँदै आएको आर्थिक सहयोगमा कटौती गर्ने भन्ने कुरा आएपछि पुनर्विचार गर्नुपर्ने अवस्था बन्यो । त्यही दलका नेता प्रधानमन्त्री केपी ओलीले दाहालको विज्ञप्तिमा ‘शब्द चिप्लिएको’ भनेर संरा अमेरिकाकै पक्षधरता लिएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भेनेजुयलाको पक्षमा बोल्यो । संरा अमेरिकाको विरोध ग¥यो भने उसको सहयोग नपाउने र अमेरिका रिसाउने भन्दै ‘भेनेजुयला नेपालभन्दा धेरै टाढाको देश हो, उसको हामीले चासो गर्नु हुँदैन’ भनेर तर्क गरिरहेका छन् ।
नेमकिपाले भेनेजुयलामाथि संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोधमा ‘प्रेस वक्तव्य’ निकालेको छ । संसदमा पनि सांसद प्रेम सुवालले यो विषयलाई उठाई संसदले त्यसको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । नेमकिपाले कुनै पनि स्वतन्त्र र सार्वभौम देश माथिको थिचोमिचो, पुँजीवादी र साम्राज्यवादी देशहरूबाट ती देशहरूमा हुने गरेको आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध सधैं आवाज उठाइरहेको छ ।
Leave a Reply