भर्खरै :

कालो बादल

 कृष्णप्रसाद दुमरु
आकाशमा मडारिएको कालो बादल
वीभत्स
चिलका नङ्ग्राहरूको चिथोराईप्रति
असह्य घृणाले जागृत
सुन र हिरा
तेल र ग्यास
उस्तै
खनिज पदार्थ
मनग्य बोक्दै
ह्युगो चाभेज
नीलगगन उडेसरि
उदाउँदै गरेका–माडुरो
बोलिभारियाली गणतन्त्र भेनेजुएला
आफ्नै विशेषताका
पदचिह्नहरू
मेट्न नदिने ‘कमिले ताककती’ सरी
उद्वेलित ज्वारभाटा
एक
सार्वभौम
बेच्न र मेट्न खोज्ने – गोइएडो
आकाशमा मडारिरहेको कालो बादल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *