भर्खरै :

मोदीको अरूणाञ्चल भ्रमणको चीनद्वारा आपत्ति जाहेर

पेइचिङ, २७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन–भारतको विवादित भूमि अरूणाञ्चल प्रदेश भ्रमण गरेकोमा चीन सरकारले आपत्ति जाहेर गरेको छ । भारतीय प्रम मोदी आउँदो मे महिनामा हुने भारतको लोकसभा निर्वाचनमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीको निम्ति मत माग्न त्यहाँ पुगेका थिए ।
“चीन सरकारले भारतको तथाकथित अरूणाञ्चल प्रदेशलाई कहिल्यै मान्यता दिएको छैन । उक्त विवादित भूमि दक्षिणी तिब्बतको भाग हो ।” – चिनियाँ विदेश मन्त्रालयका महिला प्रवक्ता ह्वा चुनयिङले पत्रकार सम्मेलनमा भन्नुभयो ।
भारत–चीनको उक्त विवादित भूमिकै कारण १९६२ मा भारत–चीनबीच ७३ दिन लामो घमासान युद्ध भएको थियो ।
प्रवक्ता ह्वाले भारतीय नेतृत्वसित सीमासम्बन्धी समस्या थप जटिल बनाउने कुनै पनि कदम नचाल्न आग्रह गर्दै त्यस्ता संवेदनशील विषयमा विना सोचीसम्झी चालिने कदमले द्विपक्षीय सम्बन्ध सुधारमा टेवा नपु¥याउने बताउनुभयो ।
भारतले अरूणाञ्चल प्रदेश नामकरण गरेको भूमि दक्षिणी तिब्बतको दुर्गम र अति उचाइमा रहेको हिमाली क्षेत्र हो । जुन क्षेत्रलाई पहिले अङ्ग्रेज उपनिवेशवादीहरूले र पछि भारतीय सेनाले नियन्त्रणमा राख्दै आएको छ ।
भारतले भने चिनियाँ भनाइको जवाफ दिँदै अरूणाञ्चल प्रदेश ‘समग्र भारतको अभिन्न भाग’ भएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *