भर्खरै :

स्वदेशीलाई प्रतिबन्ध, विदेशीलाई प्रोत्साहन !

–वीरमान तामाङ
हामी सबैलाई थाहा छ – जाँड रक्सी पिउनु स्वास्थ्यका लागि लाभदायक छैन । रक्सी खराब पेय हो भन्ने जाँदाजाँदै पनि विश्वभर रक्सी पिइन्छ । रक्सीप्रतिको मानवीय आशक्ति उदेकलाग्दो पनि छ । यहाँ उठाउन चाहेको प्रसङ्ग रक्सी चाहे घरेलु होस् वा विदेशी ब्राण्डेड दुवैले स्वास्थ्यमा नकारात्मक असर पार्छ तर घरेलु वा स्वदेशी उत्पादनलाई आवश्यकताभन्दा बढी दमन गरिएको र विदेशी ब्राण्डेड रक्सीलाई प्रोत्साहन गरिएको घटनाहरूको हो ।
दिनदिनैजसो समाचार–पत्रहरूमा समाचार देख्छांै– नेपाल प्रहरीले विभिन्न जिल्ला जिल्ला र गाउँमा घरेलु रक्सी जफत गरी नष्ट गरिएका र कतिपय उत्पादक र बिक्रेताहरूमाथि मुद्दा दायर गरिएका छ । तर, त्यही समाचार छापिएका समाचार पत्रहरूमा ठूल्ठूलो साइजमा विदेशी ब्राण्डेड रक्सीका विज्ञापन छापिएका हुन्छन् । अनलाइन समाचार पोर्टलहरूमा समाचार हर्नुअघि हरेक पटक, अझ कतिपय न्युज पोर्टलमा त प्रत्येक समाचार हेर्नुअघि विदेशी ब्राण्डेड रक्सीको विज्ञापन हेर्नैपर्ने हुन्छ, स्कीप गर्न पनि दिइँदैन । यसले स्वदेशी वा घरेलु रक्सी निरुत्साहित गरी विदेशी ब्राण्डेड रक्सीलाई बढावा दिन खोजिएको छर्लङ्ग हुन्छ । विदेशी रक्सीमात्र नेपालीले पिउन थाल्ने हो भने वर्षको खरर्बाैं रुपैयाँ विदेशिने र बढ्दो व्यापार घाटा अझ बढ्नेतर्फ सायद शासक वर्गको ध्यान पुगेको छैन । या त बुझेर पनि बुझ पचाएका छन् । स्वदेशी र घरेलु रक्सीबाट पनि कर उठाउने भन्ने नै हो भने त्यसलाई पनि नियमन र व्यवस्थित गर्ने ऐन ल्याइ लागू गरिनुपर्छ । त्यसबाट रक्सीको गुणस्तर नखस्कने र विषालु रक्सी बनाउनेहरू नियन्त्रित हुनेछन् । जाँड र रक्सी बनाउने सीप नेपालका आदिवासी जनजातिसित हजारौँ वर्ष अघिदेखि रहेको छ र गुणस्तरीय रक्सीको लागि विदेशीकै भर पर्नुपर्छ भन्ने होइन । तर स्वदेशीलाई प्रतिबन्ध लगाएर विदेशीलाई प्रोत्साहित गर्ने दलाल मानसिकता सरकार र सञ्चारमाध्यमहरूमा समेत देख्दा आश्चर्य लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *