भर्खरै :

विद्यार्थीको भविष्य शिक्षकको हातमा

भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को प्रमुख आतिथ्यमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को वार्षिक समीक्षा कार्यक्रम शनिबार नगरकोटमा सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले विद्यार्थीहरूको भविष्य निर्माणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्राविधिक ज्ञानको उपयोग गरी विद्यार्थीहरूलाई सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राजनीतिको विषयमा विद्यालयको तल्लो तहदेखि शिक्षा दिनुपर्छ । राजनीतिमा आउने समस्या र समाधानको उपाय तथा गलत राजनीतिको कारण हुने परिणामबारे विद्यार्थीहरूलाई प्रशिक्षित गर्नुपर्छ ।”
“विद्यार्थीहरूलाई राजनीतिक ज्ञानको साथै देश÷विदेशको इतिहासबारे तुलनात्मकरूपमा अध्ययन गराउने बानी बसाल्नु आवश्यक छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इसानका सल्लाहकार आशाकुमार चिकंबञ्जार, उपाध्यक्ष सनकमान महर्जन, कोषाध्यक्ष उकेश कवां, महासचिव पुरूषोत्तम ग्वाछा, परीक्षा संयोजक कृष्णराम दुवाल, सदस्य लोकेन्द्र अर्याललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *