भर्खरै :

मृगौलासम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, ४ फागुन । भक्तपुर नगरपालिका २ वडा समितिको आयोजनामा शनिबार मृगौला रोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविर उद्घाटन समारोहमा भनपाका उपप्रमुख रजनी जोशीले जनताको स्वास्थ्य स्वस्थ बनाइराख्न भनपाले नगरका १० वटै वडामा मृगौला रोगसम्बन्धी शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरलाई देशकै नमुना नगरको रूपमा विकास गर्न शिक्षा–स्वास्थ्यको केन्द्रका साथै पर्यटकीय गन्तव्यस्थल बनाउन भनपा सक्रिय रहेको बताउनुभयो ।
पूर्व वडा अध्यक्ष रवीन्द्र खर्बुजाले भनपाले ख्वप अस्पतालको निर्माण गरिरहेको जानकारी दिँदै नपाको काममा जनताले साथ दिइरहेको हुँदा भनपा अगाडि बढ्न सकिरहको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको चुनावी घोषणापत्रअनुसार नै नगरपालिकाका जनप्रतिनिधिहरूले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विनोदचरण राय, वडा सदस्यद्वय तुल्सीलक्ष्मी दुमरू, श्यामसुन्दर माताङ र राजन जतिले पनि बोल्नुभएको थियो ।
शिविरमा ३ सय जना वडावासीले रगत र पिसाब परीक्षण गराउनुभएको थियो । शिविरको रिपोर्ट फागुन ३० गते वडा कार्यालयबाट वितरण गरिने वडासमितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *