भर्खरै :

नेकपाका नेताहरू कम्युनिष्ट या संशोधनवादी ?

एसडी. राजचल
बोल्शेविक पार्टीका नेता भ्लादिमिर लेनिनको नेतृत्वमा सन् १९१७ मा भएको रुसी समाजवादी अक्टोबर क्रान्तिले रुसमा आमूल परिवर्तन ल्यायो । करेन्स्कीको पुँजीवादी सरकारविरुद्धको क्रान्तिपछि सोभियत सङ्घमा समाजवादी विशेषताअनुसार जनताको पक्षमा निर्णयहरू भए । निःशुल्क र अनिवार्य शिक्षालाई व्यवहारमा लागू गरियो । शिक्षा आर्जन गर्ने कैयौं विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा दिइयो । विदेशी लगानीमा सञ्चालित उद्योग कलकारखानाहरू राष्ट्रियकरण गरियो । निजी उद्योगधन्दाहरू जनताको भयो । वर्ग दुस्मनहरूविरुद्ध कारबाही भयो । उद्योग रकलकारखानाको विस्तार र विकासबाट लाखौं युवाहरूले रोजगार पाए । खाद्यान्न सहज र सुलभ बन्यो । विकासको गतिले तीव्रता पायो । स्वास्थ्य जनताको पहुँचमा ल्याइयो । पँुजीवादी देशले शताब्दी लगाएर गरेका विकास समाजवादी सोभियत सरकारले केही दशकमा पूरा ग¥यो । समाजवादी शासन व्यवस्था नै वास्तवमा कामदार जनताको प्रजातन्त्र हो र पँुजीवादको विकल्प समाजवादबाहेक अरु हुनैसक्दैन भन्ने सिद्धान्तलाई व्यवहारमा उतारेर पश्चिमाहरूलाई जवाफ दिने सफलता प्राप्त ग¥यो ।
रुसी समाजवादले गरेका थुप्रै प्रगति अमेरिकी पँुजीवादी सरकारलाई पच्ने कुरै भएन । तसर्थ उसले समाजवादलाई ध्वस्त गर्ने योजना बुन्न थाल्यो । समाजवाद र पँुजीवाद फरक राजनीतिक सिद्धान्तहरू हुन् । कामदार जनताको हित र देशको सार्वभौमिकता रक्षा समाजवादी सरकारको प्राथमिकता हो । माया, प्रेम, भ्रातृत्व, सामाजिक मेलमिलाप, सेवा भावना समाजवादका अपरिहार्य परिणामहरू हुन् । समाजवादी अन्तर्राष्ट्रवादले राज्य–राज्यबीच सम्बन्ध सुदृढ गर्ने र पारस्परिक सद्भाव कायम गर्दछ । स्वाभिमानी र देशभक्तिको अनुपम उदाहरण समाजवादका विशेषताहरू हुन् । जनतालाई केन्द्रबिन्दुमा राखेर नेतृत्वले गर्ने गतिविधि नै वास्तवमा समाजवादको अभ्यास हुने गर्दछ ।
समाजवादी सिद्धान्तविपरीत पँुजीवादले केवल पँुजीको पछाडि लाग्ने र पँुजीकै लागि मानिस– मानिसबीच तीव्र प्रतिस्पर्धालाई जोड दिन्छ । सामाजिक भावना, भातृत्व, प्रेम आदिको ठाउँमा समाजका हरेक सदस्यहरूलाई पँुजीको पछाडि लाग्न बाध्य पार्ने र पँुजी भएकाहरूको प्रगति हुने शासन व्यवस्था नै पँुजीवाद हो । पँुजीकै लागि भ्रष्टाचार, हत्या, हिंसा, चोरी, डकैती, अन्याय र अत्याचार, असहिष्णु, अस्वस्थ प्रतिस्पर्धालाई यसले प्रश्रय दिन्छ । निजीकरण र भ्रष्टाचार यसको छायाँ हो ।
सोभियत रुसले छिमेकी राज्यहरूलाई गरेको सहयोग, उपनिवेशवादविरुद्धको ऐक्यबद्धताजस्ता अन्तर्राष्ट्रिय भावनात्मक गतिविधिहरू अमेरिकाको निम्ति टाउको दुखाइको विषय बन्यो । संसारमा समाजवाद फस्टाउँदै जाने हो भने कुनै दिन अमेरिकी साम्राज्यवादको जग नराम्ररी भत्किने र अन्ततः ध्वस्त हुने अमेरिकी नेतृत्वले देख्यो । परिणामस्वरुप रुसी समाजवादलाई ध्वस्त गर्न थुप्रै पँुजीको प्रयोग गर्न अमेरिका पछि परेन । बोल्शेविक पार्टीभित्रै दक्षिणपन्थी र अमेरिकी कठपुतली नेताहरू तयार गर्न संयुक्त राज्य अमेरिकाले सफलता प्राप्त ग¥यो । लाखौं आइएनजिओ परिचालन गरी अमेरिकाले सोभियत सङ्घको समाजवादी सत्ताको जगलाई बिस्तारै हल्लाउन थाल्यो । खुश्चेभ, बे्रझनेभ, एल्सिनलगायतका संशोधनवादी नेताहरूको प्रवेश र तिनीहरूले समाजवादी सत्ताविरुद्ध चलाएको कैचीलाई समयमा चिन्न नसक्नु र रोक्न नसक्नु तत्कालीन सोभियत जनताको कमजोरी थियो । अन्ततः लामो समयको निरन्तरको प्रयासले गोर्भाचोभ र बोरिस एल्सिनजस्ता साम्राज्यवादी दलालहरूको रुसमा पँुजीवाद स्थापना गर्ने उद्देश्यमा सफलता मिल्यो । सन् १९९० को दशकमा विशाल रुस टुक्रा–टुक्रा भयो । समाजवादको अस्थायी हार भयो । उता अमेरिकालगायत पश्चिमा पँुजीवादी मुलुकहरू आफ्नो योजनाले साकार भएकोमा खुसी देखिए । अमेरिकी सरकारले अन्य देशहरूमा पनि पँुजीवाद बलियो बनाउन अहोरात्र श्रम र सम्पत्ति खर्चिरहेको छ ।
इतिहासमा विभिन्न देशमा भए गरेका घटना र दुर्घटनाहरूको गहिरो अध्ययन हरेक राजनीतिक दलको नेतृत्वका लागि महत्वपूर्ण विषय हो । कम्युनिष्ट पार्टीभित्र संशोधनवादी र अवसरवादीहरू घुस्नसक्ने पाठ सोभियत रुसले दिएको छ । आज नेपालका कथित कम्युनिष्ट पार्टीका नेताहरूले सिद्धान्तअनुसार व्यवहार गर्न नसक्दा कम्युनिष्ट आन्दोलनलाई सही मार्गमा लैजान सकेका छैनन् । बरु ती पुँजीवादी नेताहरूले पतनको बाटो दोहो¥याइरहेका छन् । कम्युनिष्ट पार्टीहरूको मान्यता मूलत पँुजीवादविरुद्ध सशस्त्र क्रान्तिको माध्यमबाट समाजवाद स्थापना गर्नु हो । समाजवाद साम्यवादी व्यवस्थाको जग हो । साम्यवाद वर्गविहीन र राज्यविहीन व्यवस्था हो । जहाँ शोषण रहँदैन ।
तर, नेपालमा शासन गरिरहेका कम्युनिष्ट भनिएका दलका गतिविधिलाई नजिकबाट नियाल्दा नेपाल कम्युनिष्ट पार्टीले सिद्धान्तलाई बन्धकमा राख्यो । र पँुजीवादको दलदलमा फस्यो । नेकपाका नेताहरूको समाजवाद ‘देखाउने दाँत’ भएको छ । संशोधनवादी सिद्धान्त स्वीकार गरेको पार्टीबाट जनताले सकारात्मक परिवर्तनको आशा गर्नु समयको बर्बादीमात्र हो । माक्र्सवादले पँुजीवादविरुद्धको सङ्घर्षबाट मात्र समाजवादी व्यवस्था स्थापनाको बाटो देखाएको छ । कम्युनिष्ट घोषणापत्र संसारका कम्युनिष्ट पार्टीहरूको मार्ग निर्देशक दस्तावेज हो, जसमा समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष चालू रहने विचार उल्लेख छ । तर, संशोधनवादी नेकपाले आज वर्गसङ्घर्षको सिद्धान्तलाई त्यागेर वर्गसमन्वयको संशोधनवादी सिद्धान्त अघि बढाइरहेको छ ।
चुनावबाट समाजवाद नआउने विषयमा लेनिनले स्पष्ट पारेको छ । चुुनाव पँुजीपति र सामन्तवर्गको सत्तामा जाने भ¥याङ हो, कम्युनिष्टहरूले चुनावलाई उपयोग गर्दै क्रान्तिको आधार तय गर्नुका साथै प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर जनताको सेवा गर्ने नीति लेनिनवादी नीति हो । सैद्धान्तिक दृष्टिकोणले हेर्दा नेकपा निर्वाचनबाट प्राप्त सत्ताले नै समाजवाद घोषणा गरी लागू गर्नसक्दछ भन्ने तर्क राख्छ तर, त्यो विचार माक्र्सवादविपरीत छ । संसदबाट समाजवादको परिकल्पना गर्नु संसदवाद हो । नेकपाका नेताहरू संसदवादी पार्टीमा रुपान्तरण भइसकेको छ । कम्युनिष्टहरू पँुजीवादी सत्तामा आरोहण नगर्ने लेनिनवादी नीतिविपरीत नेकपा पटक–पटक सरकारमा गएर कमाउधन्दामा लागेको छ । निजीकरणको नीतिलाई व्यापकता दिएको छ । संसारमा कहीं पनि पँुजीवादी सरकारमा गएर समाजवाद लागू भएको देश छैन । निर्वाचनबाट प्राप्त सत्ताले समाजवादको घोषणा गर्न सकेको दृष्टान्त छैन् । नेपालमा पनि त्यो सम्भव छैन ।
जति पनि मुलुकमा समाजवाद कायम छ ती मुलुकहरूको सङ्घर्षको आफ्नै कथा छ । समाजवादी मुलुक क्युवाले फिडेल क्यास्ट्रोको नेतृत्वमा सफलतापूर्वक क्रान्ति सम्पन्न गरेको इतिहास छ । अर्को समाजवादी मुलुक प्रजग कोरियाले किम इल सङको नेतृत्वमा क्रान्ति सफलतामा पु¥याई जुच्छे विचारधारालाई आत्मसात ग¥यो । छिमेकी मुलुक चीनमा माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । स्वाभिमान र देशभक्त त्यहाँका जनताले ‘समाजवाद वा मृत्यु’ को नारा घन्काइरहेका छन् । तिनीहरूले पँुजीवादी, दक्षिणपन्थी र साम्राज्यवादी मुलुकहरूविरुद्ध कडा प्रतिकार गर्ने साहस बटुलिरहेका छन् ।
त्यसैले लेनिन भन्नुहुन्छ, “कसैले मुखले के बोल्यो त्यो महत्वपूर्ण होइन, व्यवहारले जे देखाउँछ त्यही महत्वपूर्ण हो ।” माक्र्सवाद, लेनिनवाद र माओविचारधाराकै कसीमा घोत्लिएर अध्ययन गरौँ, नेकपा कम्युनिष्ट या संशोधनवादी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *