भर्खरै :

काम सुस्त ः प्रचारमा छलाङ

– गोपाल नगरकोटी
सरकारको नेतृत्व गर्ने दल होस् या अन्य कुनै पनि दलका नेता, मन्त्रीहरूले देश र जनताको सेवा र पक्षमा काम गर्नुपर्छ । भएको कामलाई जनतामाझ पु¥याएर सुसूचित पार्नुपर्छ । सूचना र प्रविधिको यो युगमा भएका क्रियाकलाप या गतिविधि सञ्चारमाध्यम या अन्यमार्फत प्रचार गर्न सके जनता सुसूचित हुन्छ । तर यहाँ विशेषगरी शासक दलका नेता र मन्त्रीहरू गरेको कामको प्रचारभन्दा कामको सुरूवात नै नगरी कायापलटका छलाङ मार्छन् र आफूलाई बहादुरी ठान्छन् । कति जनता पनि आफ्नो दलका नेता र मन्त्रीले भनेको, बोलेको भनी अन्ध समर्थन गर्छन् र उफ्रन्छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले समुद्रको छालजस्तै काम अगाडि बढेको बताए ।
बोलीमा पूर्वएमालेका नेता र पूर्वमाओवादीका नेताहरू हुँदै नभएको काम–कुरोलाई मीठो र आकर्षक शैलीमा बखान गरेर जनतालाई मख्ख पार्छन् । समुद्रमा छाल आउने गतिमा देशमा के काम भइरहेको छ ? बनावटी कुरा गर्न खप्पिस केपी ओली र पुष्पकमल दाहालको देखासिकीमा क्रमभङ्ग गरी अरू नेता तथा मन्त्रीहरू पनि देखिन थालेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम कतै नेता र कार्यकर्ता पोस्ने योजना त होइन ? नेकपाको सरकारले नेता, मन्त्री र कार्यकर्तामात्र होइन पार्टी धनी बनाउने काममा छलाङ मार्नेमा शड्ढा छैन ।
देशमा भ्रष्टाचार, घूस र अनियमितता अन्त्य भए त्यो नै सरकारको ठूलो उपलब्धि हुनेछ । घुस्याहा, भ्रष्टाचारी, कमिसनखोरहरूमाथि कारबाही भए सरकारले राम्रै काम गरेको जनताले ठान्नेछन् ।
एउटा आयोजनाको शिलान्यास, एउटा कार्यालयको उद्घाटन गरेर समुद्रको छालजस्तै काम भएको, त्यही उद्घाटन र शिलान्यासमा टेकेर हरेक दिन नयाँ नयाँ युगको सुरूवात भएको डम्फू बजाएर सत्तारूढ दलका नेता तथा मन्त्रीहरू गर्व गर्दैछन् । तिनै नेता तथा मन्त्रीहरू देशमा देखिएको समस्या अहिले समाधान नभए कहिल्यै नहुने ठोकुवा गरेर अर्को गल्ती गर्छन् । नदेखिने खालको खतरा नेकपाबाट भइरहेको छ । यसबारे देशभक्त जनता चनााखो हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *