भर्खरै :

युवा सङ्गठनलाई नवमण्डले बनाउने ?

गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ अचानक चर्चामा आयो । नेपाली जनताले दैनिकरूपमा भोगिरहेका समस्या र विरोधाभासलाई गीतको विषयवस्तु बनाइएको छ । सत्तासीन नेकपासम्बद्ध युवा सङ्गठनले सो गीत यूट्युबबाट हटाउन सार्वजनिक दबाब दिएपछि गीत सामाजिक सञ्जालमार्फत धेरैले सुने । नसुनेकाले पनि सुने, नसुन्नेले पनि सुने ।
गीतका केही गायकहरू अशिष्ट छन्, नत्र त्यसमा गाइएका समस्या दैनिक रुपमा सञ्चारमाध्यममा आइरहने समाचार र विचारमै आधारित छन् अर्थात् गीतको रूपमा प्रस्तुत गरिएको बाहेक त्यसमा कुनै नयाँ जानकारी छैन । सरकारी विद्यालयको शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको, ट्राफिक बत्तीको उचित मर्मतसम्भार नभएको, ३३ किलो सुनकाण्डका दोषीलाई कारबाही नगरेको, राष्ट्रपतिले करोडौं रुपैयाँका सुविधा उपभोग गरिरहेको तर जनताको दुःख बीसको उन्नाइस नभएको जस्ता प्रस· गीतमा चर्चा गरिएको छ । ती विषयमा शर्माको गीतभन्दा निकै कडा शब्दमा धेरै लेख र समाचार प्रकाशित भइसकेका छन् । सत्तापक्षकै कतिपय नेताहरूले यी विषयमा गीतभन्दा कडा शब्दमा बोल्दै हिंडेका छन् । त्यसकारण शर्माको गीतमाथि सरकारसम्बद्ध युवा सङ्गठन आक्रामक रुपमा प्रस्तुत हुने उत्तेजना र दम्भको सड्ढेत हो ।
राज्यले सामाजिक सञ्जाल वा सञ्चारका अन्य माध्यममा कुनै पनि प्रकारको बन्देज लगाउनै नहुने तर्कमा सहमत हुन सकिन्न । सामाजिक सद्भावमा दख्खल पुग्ने, देशको सार्वभौमिकताविरोधी प्रचार, धार्मिक र साम्प्रदायिक द्वन्द्व भड्किने खालका प्रचारबाजीमा राज्यले रोक लगाउनुपर्छ । प्रजातन्त्रको नाममा छाडातन्त्र स्वीकार्नु उचित होइन । तर, देश र समाजको यथार्थलाई कलाका विभिन्न माध्यमबाट अभिव्यक्त गरिनुलाई निषेध गर्नु संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । राज्य पक्षबाट यस्ता हमला भए जनताले आफ्ना समस्याबारे बोल्न पनि धक मान्नुपर्ने अवस्था आउनसक्छ ।
पशुपति शर्माको गीत वास्तवमै राज्यले नरुचाएको र रोक लगाउन उपयुक्त ठानेको भए सरकारकै सम्बन्धित मन्त्रालय वा कार्यालयले यसको निम्ति किन कारबाही अघि बढाएन ? सरकारले किन आफ्नो युवा दस्तालाई परिचालन गरी यसमा रोक लगाउने प्रयास ग¥यो ? यो सन्दर्भमा आफ्नो पार्टीसम्बद्ध युवा सङ्गठन परिचालन गर्नु सरकारले नयाँ मण्डलेहरूको प्रवद्र्धन गर्न खोज्नु हो । यसले कानुनी शासनको मान्यतालाई धज्जी उडाएको छ । कारबाही योग्य गीत भए कानुनबमोजिम सरकार आफैं अघि नसरी किन कुनै पार्टीको जनवर्गीय सङ्गठनलाई अघि सारी कलाकारलाई धम्क्याउने काम भयो ? यसले गलत नजीर बन्दै जानेप्रति सरकार गम्भीर हुन जरुरी छ ।
कला क्षेत्रको एउटा प्रमुख जिम्मेवारी सामाजिक यथार्थको चित्रण गरी समाजमा परिवर्तनको लागि योगदान गर्नु पनि हो । यथास्थिति र सत्ताको पूजा गर्ने कला शासकको गोजीभित्रको गुलाबजस्तै हो । तिनले समाज परिवर्तनमा योगदान गर्नसक्दैन । पशुपति शर्माको गीतको दृश्याङ्कनमा एकजना सन्कीमार्फत देशको अवस्थाप्रति निराशा र आक्रोश पोखिएको छ । देशको समस्याप्रति बोल्नेलाई पागलपनको रुपमा चित्रण गर्दा समाजमा नैतिकवान मानिसलाई हतोत्साहित पार्नसक्छ । अझ नैतिकवान बन्नुभन्दा लुटेर सिध्याउन सक्ने मानिस सफल हो भन्ने सन्देश यसबाट सम्प्रेषण हुनसक्छ । नेपाललाई मात्र यस्तो विकृति भएको देशका रुपमा चित्रण गर्दा विदेशमा जाने युवा भावनालाई अझ मलजल गर्नसक्छ । त्यसकारण शर्माको गीतमा सरकारका उदासिनता र कमजोरीको आलोचना सकारात्मक पक्ष हो । तर यसले दिन खोजेको सन्देश भने फेरि पनि सही होइन । पशुपति शर्माको यो गीतलाई राम्रो गीतको रुपमा चित्रण गर्नुले हामीलाई सही निष्कर्ष पु¥याउनसक्दैन । तथापि राज्यसत्ताले चोर बाटो प्रयोग गरी यसलाई दबाब दिन खोज्नु भने राज्य आफैं बदनाम हुनु हो । सरकार जोगाउन आफ्ना युवा दस्तालाई मुढेबलको रुपमा प्रयोग गर्नु सिस्नु रोप्नुजस्तै हुनेछ । आफ्ना युवालाई नवमण्डले बनाउनु सरकारको लागि कदाचित हितकारी हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *