भर्खरै :

भनपाका मेयर प्रजापति नेपालगञ्ज उपमहानगरपालिकामा

बाँके, ५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणासँग आइतबार भेटघाट गर्नुभएको छ ।
भेटघाटको क्रममा भनपा प्रमुख प्रजापतिले भनपाले आफ्नै स्रोत–साधनले कलेजहरू सञ्चालन गरी देशकै सेवा गरिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भनपाका जनप्रतिनिधिहरूले कार्य गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले जनताको घरदैलोसम्म पुगेर नर्सिङ सेवा दिइरहेको, फोहर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुट्याई घर–घरसम्म लिने गरेको र ख्वप अस्पताल सञ्चालन गर्न भवन निर्माण गरिरहेको बताउनुभयो ।
“भक्तपुर नगरले सम्पदा पुनःनिर्माण र विकास निर्माणको कार्यलाई तीव्रता दिइरहेको छ” उहाँले भन्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले नगरपालिकाले गर्दै आएको विकास निर्माणका कार्यबारे जानकारी गराउँदै एडीबीको सहयोगमा फोहर व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनुभयो ।
नेपालगञ्ज नगरपालिकाले पनि कलेज सञ्चालन गर्ने तयारी गरिरहेको र भनपाबाट सिक्न बाँकी रहेको उहाँले बताउनुभयो ।
भेटको क्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल र नेमकिपा बाँकेका अध्यक्ष बखत थापाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *