भर्खरै :

सेन्ट्रल फाइनान्स लिमिटेडको सिमरा शाखा उद्घाटन

बारा, २६ फागुन । सेन्ट्रल फाइनान्स लिमिटेडको सिमरामा आठौंं शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख श्रीमती सरस्वती देवी चौधरीले गर्नुभयो । उक्त शाखाको एटीएम उद्घाटन जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष तिलकबहादुर श्रेष्ठले गर्नुभयो ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको कुनै पनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने बताइएको छ । काठमाडौंको चावहिल, चितवनको नारायणगढ, रूपन्देहीको बुटवल, भक्तपुरको च्यामासिहङ्ग, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाटमा फाइनान्समा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
संस्थाले जितपुरसिमरा क्षेत्रका ग्राहकहरूलाई अझ सर्वसुलभ रूपले बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले यो आठौं शाखा खोलेको बताइएको छ । कार्य क्षेत्र विस्तार गर्ने योजनाअनुरूप सिन्धुलीको भिमानमा थप शाखा आगामी हप्ताबाट सञ्चालनमा आउने प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले बताउनुभयो ।
सभाका सभापति चैत्यराज शाक्यले संस्थाको बित्तीय कारोवार अझ बढाई यस सिमरा क्षेत्रका ग्राहकहरूलाई बित्तीय सेवाहरू प्रदान गर्न संस्थाले आफ्नो आठौं शाखा खोलेको र संस्थाले प्रदान गर्दै आएको कोष तथा अन्य गैरकोषमा आधारित सेवा प्रदान गर्न सदा समर्पित रहने बताउनुभयो ।
जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार साहले सर्वसाधारणले निक्षेपमा उचित व्याजदर तथा बैङ्किङ सेवा पाई लाभान्वित हुने बताउनुभयो ।
सिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष तिलकबहादुर श्रेष्ठले संस्थाले यस क्षेत्रको शिक्षा, स्वास्थ्य आदिमा केही न केही सकेको रकम खर्च गरी सामाजिक उत्तरदायित्व पूरा गर्न अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *