भर्खरै :

बर्दियामा महिला भेला सम्पन्न

बर्दिया, २८ फागुन । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ बर्दियाले बारबार्दिया नपा १० बैदीडाँडामा महिला भेला ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले श्रमिकहरूको पसिना चुसेर धनी हुनेहरूविरुद्ध सङ्घर्ष गर्न कामदार महिलाहरू तयार हुनु जरूरी रहेको बताउनुभयो ।
“कम्युनिष्टले असमानतामा आधारित पुँजीवादी व्यवस्था ध्वस्त बनाएर समाजवादी व्यवस्थाको लागि लड्छ” उहाँले बताउनुभयो ।
उहाँले छाउपडी, बोक्साबोक्सीलगायतका अन्धविश्वासले समाज परिवर्तनमा बाधा दिने भएकोले नेपाल क्रान्तिकारी महिला सङ्घमा आबद्ध कार्यकर्ताहरूले समाजमा चेतना जगाउन लाग्नुपर्ने बताउनुभयो ।
खुला सिमानाको कारण चेलिबेटी बेचबिखन हुनुका साथै नेपालको सिमाना पनि क्रमशः मिच्चिएकोले नेपाल–भारत सीमा नियमन गर्न जरूरी रहेको अध्यक्ष थापामगरले उल्लेख गर्नुभयो ।
उहाँले हाम्रो देश भारतलाई दिन काङ्ग्रेस, नेकपा, राजपालगायतका दल उद्यत रहेको बताउनुभयो । कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले १८ औं शतब्दीदेखि अहिलेसम्म महिला असुरक्षित हुने सामाजिक समस्या रहेको चर्चा गर्दै नेमकिपा माक्र्सवादी सिद्धान्तअनुसार वर्गसङ्घर्षलाई आत्मसात गर्दै जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुगेर सम्पूर्ण विकृतिको अन्त्य गर्ने बाटोमा लागेको बताउनुभयो ।
राष्ट्रपति महिला भएको बेलामा सबैभन्दा बढी महिला बलात्कृत भएको तथ्याङ्कबारे चर्चा गर्दै उहाँले कामदार वर्गको पक्ष लिने महिला शासन सत्तामा नपुगेसम्म महिलाको हकहित सुरक्षित नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले विश्वका क्रान्तिकारी महिलाहरूबाट सिकेर समाज परिवर्तनको लागि अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बर्दियाका अध्यक्ष डमरू खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्य क्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरका अध्यक्ष मिनबहादुर बाटा, जगमती चौधरी, विनोद वलिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *