निकोलस माडुरोसँग अन्तर्वार्ता
बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः

ग्युरिन ः अन्तर्वार्ताको लागि हामी बस्दै गर्दा संरा अमेरिकाले पठाएको सहायता कोलोम्बियामा थन्किएका छन् । यहाँ हामीले धेरै मानिस भेट्यौँ जसले आफ्नो लागि सहायताको अत्यन्त आवश्यकता रहेको बताए । किन सहायता रोक्नुभएको ?
माडुरो ः सबैभन्दा पहिलो कुरा त, संरा अमेरिकाले कोलोम्बिया सरकारसँग मिलेर भेनेजुयाली जनताको अपमान गर्न यो प्रपञ्च बुनिएको हो । भेनेजुयला आफ्ना जनताका सबै आवश्यकता पूरा गर्नसक्ने क्षमता भएको देश हो ।
अरु देशहरूजस्तै भेनेजुयलाका पनि आफ्नै समस्या छन् । धेरै वर्षदेखि हामी एउटा लडाइँ लडिरहेका छौँ–गरिबी र दुःख कम गर्ने लडाइँ । यो लडाइँमा हामी क्रमशः सफल हुँदैछौँ । हामी रोजगारका अवसर बढाउन चाहन्छौँ, पेन्सन पकाएका सबै ज्येष्ठ नागरिकलाई हामी सामाजिक सुरक्षा दिन चाहन्छौँ । सबै भेनेजुयलाको पहुँचमा सार्वजनिक स्वास्थ्य सेवा पु¥याउन चाहन्छौँ । हाम्रा ९० प्रतिशत छात्र छात्रा र सबै युवकलाई शिक्षा दिने व्यवस्था गर्न चाहन्छौँ ।
भेनेजुयला आफ्नै आत्मसम्मान भएको देश हो । सैनिक हस्तक्षेपलाई सही ठह¥याउन वा ‘मानवीय’ पुष्टि गर्न संरा अमेरिका भेनेजुयलामा मानवीय सङ्कट सिर्जना गर्न खोजिरहेको छ । यसैको शिलशिला यतिबेला हामी देखिरहेका छौँ । त्यसकारण उनीहरूले केही विषाक्त खाना र केही बचेका खाद्यमार्फत देखाउन खोजेको सान्त्वनालाई हामी अस्वीकार गरिरहेका छौँ । भेनेजुयलाको आफ्नै आत्मसम्मान छ । भेनेजुयला आफै काम गर्न र उत्पादन गर्न सक्षम छ । भेनेजुयलाका जनता कसैसामु हात पसारेर बाँच्दैनन् ।

ग्युरिन ः तपार्इँले मानवीय सहायतालाई देखावटी भन्नुभयो । के वास्तवमा तपार्इँ भोकलाई पनि देखावटी नै देख्नुहुन्छ ? हामीले आफ्नै आँखाले भोक देख्यौँ । मैले पाँच बच्चाकी आमालाई भेटेको थिएँ । उनी भन्दै थिइन्, मेरा बच्चाहरू हरेक रात भोको पेट सुत्छन् । यहाँबाट केही परमात्र हामीले मानिसहरू खाना खोज्दै फोहोरको डङ्गुर चलाइरहेको देख्यौँ । के तपार्इँ इमानदारीका साथ भेनेजुयलामा भोक छैन भन्दै हुनुहुन्छ ?
माडुरो ः म तपाईँलाई भन्दैछु, लण्डनको बीबीसीले भ्रमको खेती गरिरहेको छ । अमेरिकी मिडियाहरू पनि त्यही गर्दैछन् । भेनेजुयलामा के भइरहेको छ भन्नेमा उनीहरू गलत प्रचार गरिरहेका छन् । भेनेजुयलामा चरम गरिबी र अभाव ४.४ प्रतिशत छ । निःसन्देह हामीले सुधार्न बाँकी विषय धेरै छन् । तर, कुल २५ प्रतिशत चरम गरिबीबाट हामी आजको स्थानमा आइपुगेका हौँ । हामीले असमानताका अरु पनि मानक घटाइसकेका छौँ । सामाजिक क्षेत्रमा लगानीको हिसाबमा भेनेजुयला सबभन्दा उच्च सामाजिक समानता भएको तथ्याङ्क अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठनले पनि स्वीकारेको विषय हो ।
हो, हामीकहाँ समस्याहरू छन् । तर, भेनेजुयला भोक भएको देश होइन ।
भेनेजुयलामा पौष्टिक तत्वको उच्चता भएको खानामा ज्यादै माथिल्लो पहुँच भएको देश हो । तर, पनि हामीमाथि त्यस्तो गलत र पूर्वाग्रह थोपर्नुको पछाडि एउटै कारण छः भेनेजुयलामा हुँदै नभएको मानवीय सङ्कटलाई अघि देखाएर हस्तक्षेपको बाटो बनाउनु ।
म संरा अमेरिकाको डोनाल्ड ट्रम्प सरकारलाई भन्न चाहन्छुः तिमीले बैङ्क खाताहरूबाट १० अर्ब अमेरिकी डलर हडपेका छौ । उनीहरूले लण्डनमा सुनको रुपमा अरबौं अरब डलर चोरेका छन् । त्यो पैसाले हामी दैनिक आवश्यकताका वस्तु, कच्चा सामग्री, खान र औषधि किन्न सक्थ्यौँ । हामीले युरोक्लियरबाट खाद्यान्न, औषधि किन्दै गरेको १ अर्ब ४० करोड अमेरिकी डलर उनीहरूले महिनौंदेखि छिनेका छन् ।
कुरा सामान्य छ ः उनीहरूले भेनेजुयलालाई सहयोग गर्नै चाहेको हो भने हाम्रै स्वामित्वको स्रोतमा रहेका अरबौं डलरलाई खुला गरिदेओस् । तर, सस्तो लोकप्रियताको चालबाजी हामीलाई स्वीकार्य छैन । अपमान र हेपाहा प्रस्ताव हामीलाई स्वीकार्य छैन । उनीहरू आज २ करोड अमेरिकी डलर बराबरको विषाक्त र कुहिएको खाद्यान्न सहायता गर्न खोजिरहेका छन् ।

ग्युरिन ः राष्ट्रपति माडुरो, मैले तपाईँको भनाइ बुझेँ । तपाईँ भेनेजुयलामा कुनै प्रकारको मानवीय सङ्कट नभएको भन्दै हुनुहुन्छ । यदि तपाईँको यो विश्वास नै सत्य भए भेनेजुयलाबाट किन ३० लाखभन्दा बढी मानिस देश छोडेर गए ? त्यति मानिस भनेको भेनेजुयलाको कुल जनसङ्ख्याको एक दसांश हो । संरा अमेरिकाले भेनेजुयलाबाट हरेक दिन ५ हजारको दरले मानिसहरू देश छोडेर गएको बताइरहेको छ । यदि कुनै सङ्कट नभएका किन ती मानिसहरू आफ्नो देश छोडेर गइरहेका छन् ?
माडुरो ः पश्चिमा मिडिया सबैमा एउटा समस्या छ । कुनै पनि प्रचारमा ल्याइएका झूटा कुरालाई तपार्इँहरू तथ्यको रुपमा बुझ्नुहुन्छ । भेनेजुयलालाई जोडेर प्रचारमा ल्याएको आप्रवासनको अभियान अतिरञ्जनापूर्ण प्रचारबाजी हुन् । भेनेजुयला त आप्रवासीलाई स्वागत गर्ने देश हो । हामीले आप्रवासीलाई स्वागत गरेको कुरा त तपाईँहरू लेख्नुहुन्न, प्रसारण गर्नुहुन्न । कोलोम्बियामा भएको युद्धका कारण भेनेजुयलामा ५८ लाख कोलोम्बियालीहरू बस्दै आएका छन् । युद्धको समयमा कोलोम्बियामा भएको मानव अधिकार हनन र चुलिंदो अभावका कारण उनीहरू भेनेजुयलामा बस्न आएका हुन् । भेनेजुयलामा ३ लाखभन्दा बढी इटालियन, ३ लाखभन्दा बढी पोर्चुगिज, ३ लाखभन्दा बढी स्पेनी र लाखौं अरबी जनता बस्छन् । ३ लाखभन्दा बढी इक्वेडरका मानिसहरू र त्यही सङ्ख्या पेरुभियाली जनता बस्छन् ।
हरेक वर्ष भेनेजुयलामा १ करोडभन्दा बढी आप्रवासीहरू भित्रिने गर्छन् ।
तर, यतिबेला आर्थिक युद्धका कारण बसाइराइले उल्टो गति लिएको मात्र हो ।
हाम्रो आधिकारिक तथ्याङ्कअनुसार गएका दुई वर्षमा आर्थिक कारणले ८ लाखबाट बढेर एक जना पनि भेनेजुयाली देश छोडेर गएको छैनन् । उनीहरूले नयाँ विकल्पको खोजीमा देश छोडेका हुन् ।
यसरी देश छोडेर गएका अधिकांश भेनेजुयालीहरूले जहाँ पाइला राखेका छन्, त्यहाँ हण्डर खाएका छन् । किनभने अपेक्षा नै नगरेसरि उनीहरूले आफू गएको ठाउँमा जातिवाद, विदेभ, श्रम दासता भोगे । अहिले हजारौं भेनेजुयालीहरू स्वदेश फर्कंदैछन् । म तपार्इँलाई भन्नसक्छु– आर्थिक नाकाबन्दी, आर्थिक तगारा र आर्थिक कारबाहीहरूबीच भेनेजुयला सामाजिक विकास, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा अवसर दिने देश हो । भेनेजुयला अझै पनि आप्रवासीलाई स्वागत गर्ने देश हो । यही सत्य हो ।
गएको वर्ष सन् २०१८ को डिसेम्बर महिनामा मात्र कति जना कोलोम्बियाली जनता भेनेजुयलामा आए थाहा छ ? १ लाख २० हजार कोलोम्बियाली जनता भेनेजुयला आए । उनीहरू थपिएपछि भेनेजुयलामा कोलोम्बियालीको सङ्ख्या ५८ लाख पुगेको हो । यो कसैले भन्न नचाहेको सत्य हो । पश्चिमा देशहरूमा भेनेजुयलाको अवस्थाबारे भ्रम प्रचार गर्ने खाका स्थापित बनाइएको छ । त्यो खाकाले कुनै पनि हस्तक्षेप र हमलालाई सही ठह¥याउन खोजिएको छ । अहिले भइरहेको यही हो ।

ग्युरिन ः तर, राष्ट्रपति माडुरो, तपाईँले हरेक दिन ठूलो सङ्ख्यामा मानिसहरू कोलोम्बियाबाट देश छोडिरहेको भन्नुहुन्छ । तपाईँकै तथ्याङ्कलाई नै सही मान्दा पनि ८ लाख मानिस त देश छोडिसकेका रहेछन् । किन झण्डै दस लाख मानिस देश छोडेर जानुप¥यो ? अनि तपार्इँ अझै पनि देशमा मानवीय सङ्कट छैन भन्नुहुन्छ ?
माडुरो ः तपाईँले हामीले सामना गरिरहेको आर्थिक युद्ध र वित्तीय अप्ठ्यारालाई देख्नुपर्छ । संसारको कुनै पनि कुनामा भेनेजुयलाको नाममा रहेको बैङ्क खाता खोजी पत्ता लगाइएको छ । यसले हाम्रो आर्थिक अवस्थामा प्रभाव पारेकै छ । केही भेनेजुयाली जनता सामाजिक सञ्जालका प्रचारबाजीका कारण विदेश गएर कुनै वैकल्पिक प्रकारको रोजगारीको खोजीमा लागेका छन् । शैक्षिक रुपमा उच्च योग्यता भएका भेनेजुयालीहरू नै विदेश गएका छन् । विश्वविद्यालयका शिक्षक र प्राध्यापकहरू विदेशिएका छन् । निकै राम्रो क्षमता भएका मानिसहरू बाहिरिएका छन् । उच्च प्रविधिमा दक्ष जनशक्ति विदेशिएका छन् । उनीहरू विदेशमा कुनै विकल्पको खोजी गर्न गएका हुन् । तर, उनीहरूले त्यहाँको अवस्था अझ भयावह भएको अनुभव गरेका छन् । आर्थिक कारणले विदेशिएका ती भेनेजुयाली जनतामध्ये अधिकांश घर फर्कनेमा तपार्इँ ढुक्क भए हुन्छ ।
अरु कुनै पनि दक्षिणी गोलाद्र्धका, तेस्रो विश्वका, ल्याटिन अमेरिकाका देशहरूमा जस्तै भेनेजुयलामा पनि समस्याहरू छन् । सामाजिक विकासका मानकमा हमीले धेरै प्रगति गरिसकेका छौँ । यो नै वास्तविकता हो । सिङ्गो महादेशमा सामाजिक प्रगतिको क्षेत्रमा सबभन्दा उँचो सफलता पाएको देश नै भेनेजुयला हो ।
अहिले हाम्रो देशमा समस्या भएको कुरा सत्य हो । तपार्इँ भन्नुस् त संसारकै सबभन्दा शक्तिशाली साम्राज्य हामीविरुद्ध खनिंदै छ, हाम्रा खातालाई निशाना बनाइरहेका छन्, विदेशमा रहेका हाम्रा सबै सम्पत्तिलाई रोक्का लगाइन्छ, भेनेजुयला जान हिँडेका कुनै पनि जहाजमाथि कडा निगरानी राखिन्छ भने निःसन्देह त्यसले यहाँको जीवनका उल्लेखनीय समस्या निम्त्याएको हुन्छ । हामीले यही सामना गरिरहेका छौँ । तर, हामी यो समस्यालाई समाधान गर्नेछौँ र यी चुनौतीमाथि विजय हासिल गर्नेछौँ ।

ग्युरिन ः तपाईँले यहाँ देखिएका कतिपय समस्या अरु देशमा देखिने भन्नुभयो । तर, राष्ट्रपति महोदय, गएको साल भेनेजुयलाको मुद्रास्फीति दर निकै उँचो थियो । १० लाख प्रतिशतको मुद्रास्फीति देखियो । संसारका कुनै पनि देशले यति अचाक्ली मुद्रास्फीति अनुभव गरेको थिएन । तपाईँ राष्ट्रपति पदमा आउँदा यहाँको मुद्रास्फीति दर २० प्रतिशत थियो । के यो आर्थिक दुरवस्थाको निम्ति तपार्इँ कुनै सम्बन्ध छैन भन्दै हुनुहुन्छ ?
माडुरो ः म फेरि पनि दोहो¥याउँछु, तपार्इँले पश्चिमा मिडियामा आएका कुरालाई नै आधार बनाइरहनुभएको छ । म तपार्इँलाई भेनेजुयलाको अवस्थाबारे गहिराइमा बुझ्न आग्रह गर्न चाहन्छु । निःसन्देह हामीकहाँ आर्थिक हमलाका समस्या छन् । तर, ग्युरिन तपार्इँ आफै भन्नुहोस्, दस लाख प्रतिशतको मुद्रास्फीतिमा संसारको कुन देश टिक्नसक्छ ? तर, तपाईँहरू त्यसैलाई सत्य मानिदिनुहुन्छ । भेनेजुयलाको विरोधमा हुने बित्तिकै तपार्इँहरू कुनै अङ्कलाई समेत प्रश्न गर्नुहुन्न । भेनेजुयलाको विषयमा भनिएका कुनै पनि भूmटप्रति तपार्इँहरू आलोचनात्मक रुपमा हेर्नुहुन्न ।
हो, तपाईँहरू यस्तै हुनुहुन्छ । बीबीसी यस्तै छ । सीएनएन यस्तै छ । तपाईँहरू पश्चिमा मिडिया हुनुहुन्छ किनभने तपार्इँहरू हाम्रो देशमा हस्तक्षेपको खाका बोकेर आइरहनुभएको छ । पश्चिमको लागि भेनेजुयला किन यति चासोको विषय बन्ने गरेको छ ? संरा अमेरिकाको लागि भेनेजुयला किन यति चासोको विषय बनेको छ ?
सम्भवत ः हामी संसारको भूराजनीतिक नक्सामा अस्तित्वमा हटाइसकेका हुन्छौँ । तर, भेनेजुयलाले तेल उत्पादन गर्छ । भेनेजुयला संसारकै सबभन्दा धेरै तेलको खानी भएको देश हो । भेनेजुयलासँग संसारकै चौथो सबभन्दा ठूलो ग्यासको खानी छ । हामीसँग संसारकै सबभन्दा ठूलो सुनको खानी छ । यो पुष्टि भइसकेको विषय पनि हो । त्यसकारण भेनेजुयला महत्वपूर्ण बनेको छ । भेनेजुयला तेल उत्पादक देशहरूको सङ्गठन ओपेकको नेता देश हो । आजभोलि ओपेकको अध्यक्ष नै भेनेजुयला छ । त्यसकारण भेनेजुयलामाथि कुनै पनि प्रकारको आरोप लगाउन जरुरी मानिएको छ । सामाजिक, आर्थिक, राजनीतिक र सैनिकलगायत सबैखाले हमला गर्न आवश्यक ठानिएको छ । इराक र लिवियाजस्तै बनाउन भेनेजुयलालाई चारैतिरबाट घेर्न खोजिएको छ । तर, भेनेजुयला भनेको इराक वा लिविया होइन । भेनेजुयलाको आफ्नै क्षमता छ । हामी यस्ता सबै मुद्दाको सामना गर्नेछौँ । तपाईँ ढुक्क हुनुहोस्, मिडियामार्फत भइरहेका सबै हमला, झूटमाथि हामी सत्यको अस्त्रमार्फत विजय हासिल गर्नेछौँ ।

ग्युरिन ः तपाईँलाई हामीले कुनै विचार पहिले नै बोकेर आएको जस्तो लागेको रहेछ । दुई साताअघि म पहिलो पटक भेनेजुयला आएको हुँ । यसक्रममा हामी स्वयम्ले यहाँको जीवन अवस्था नियालेर हेरेका छौँ । हामीले एक जना क्यान्सरको रोगी युवकलाई भेटेका छौँ । उनकी आमालाई बायोप्सीको पैसा लाग्ने बताइएको रहेछ । बायोप्सीको लागि तिर्न पुग्ने पैसा कमाउन उनको आमालाई कम्तीमा दुई वर्ष लाग्नेरहेछ । क्षयरोगीले थलिएका एकजना बिरामीलाई पनि हामीले भेटेका थियौँ । औषधि अभावका कारण उनको उपचार भइरहेको थिएन । ब्रेन ट्युमर भएका एक जना युवकलाई पनि भेटेका थियौँ । उनले शल्यक्रियाको एक वर्षदेखि प्रतिक्षा गरिरहेको बताए । शल्यक्रियाको लागि आवश्यक सामग्रीको जोरजाम गर्ने उनकै जिम्मेवारी रहेछ । म स्वयम्ले यी मानिसहरूसँग भेटेर उनीहरूका अनुभव आफैले सुनेको हुँ । उनीहरूलाई तपाईँ के भन्नुहुन्छ ?
माडुरो ः हामीले यही विषयमा लडाइँ लडिरहेका छौँ । युरोक्लियरमा हडपेको १ अर्ब ४० करोड अमेरिकी डलरमध्ये आधा पैसा त मधुमेह र क्यान्सर रोगका औषधिको लागि थियो । त्यो पैसा त्यहीं रोक्का गरिएको छ । अनि हामीले पोर्चुगलबाट पनि प्रयास ग¥यौँ । त्यहाँ पनि २ अर्ब अमेरिकी डलर रोक्का गरियो । तथापि हामीले औषधि किन्न सफल भयौँ । यो ज्यादै ठूलो प्रयासबाट सम्भव भएको थियो । हामीले जस्तो समस्या सामना ग¥यौँ, त्यस्तो समस्या त अरु कुनै पनि देशले सामना गरेन होला ।
बाँकी भोलिको अङ्कमा
अनुवाद ः नीरज