भर्खरै :

झीगु ख्वपमा साहित्य लेखन तालिम सुरु

भक्तपुर, ३० फागुन । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा साहित्य अनुरागीहरूका लागि आयोजित साहित्य लेखन तालिमको नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवम् जनकवि चन्द्रबहादुर उलकले बुधबार उद्घाटन गर्नुभयो । उहाँले भन्नुभयो, “साहित्य समाजको वर्गीय ऐना हो । साहित्य लेख्ने व्यक्तिले मानव समाजको इतिहास अध्ययन गर्नु आवश्यक छ ।”
मानव समाजको विकाससँगै दास, सामन्ती, पुँजीवादी, समाजवादी समाजको विकास भएको चर्चा गर्दै उहाँले समाजमा व्याप्त असमानता, अन्याय–अत्याचारका विरुद्ध जनतालाई सचेत पार्ने साहित्य लेख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा–७, गोल्मढी एकाइ समितिका अध्यक्ष बलराम गोसाईले भन्नुभयो, “नेमकिपाको उद्देश्य देश र जनताको सेवा गर्नु हो । देश र जनताको सेवा गर्ने विभिन्न माध्यमहरूमध्ये साहित्य पनि एउटा माध्यम हो । सभ्य र समृद्ध समाजको निर्माण गर्नु हाम्रो उद्देश्य हो ।”
कार्यक्रममा साहित्य लेखन तालिमका प्रशिक्षक हरिसुन्दर पोतामहा, संस्थाका अध्यक्ष तुल्सीराम ग्वाछा, शिक्षा उप–समितिका संयोजक भुवन गोसाई, सुमित्रा शिल्पकार र सुनिल ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *