भर्खरै :

समाजवाद स्थापना निश्चित छ ः अध्यक्ष रोहित

भक्तपुर, १ चैत । “सत्तासीन कम्युनिष्ट भन्ने पार्टीहरूको कम्युनिष्ट आचरण छैन । काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद र पञ्चायतको शोषणरहित समाज नाउँमात्रको हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भएको नेमकिपाको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८, अङ्क २, पूर्णाङ्क २२ को अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
शुक्रबार भएको उक्त कार्यक्रममा अध्यक्ष रोहितले भन्नुभयो, “कर्मचारीहरू बुद्धिजीवी वर्गमा परेकाले अध्ययनलाई निरन्तरता दिनुपर्छ । समयअनुसार सक्षम र परिपक्व हुन कर्मचारीहरूले मेहनत गर्र्नैपर्छ ।
समाजवादी व्यवस्थाले मात्र कामदार जनताको हित गर्ने चर्चा गर्दै उहाँले उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त समाजवादी व्यवस्थाले गर्ने बताउनुभयो ।
समाजवाद विज्ञान भएकोले समाजवादी व्यवस्था स्थापना हुने निश्चित छ, उहाँले भन्नुभयो ।
नेकपाले कम्युनिष्ट पार्टीको झण्डालाई टे«ड मार्कको रूपमा प्रयोग गरिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले गणतन्त्रमा नयाँ नयाँ राजा र राष्ट्रपतिहरू देखापर्नु विडम्बनापूर्ण छ भन्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कामदार जनताको स्वर्ग समाजवादी व्यवस्था भएको बताउनुभयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्च, सिद्धिराम सुवाल, राज्यलक्ष्मी खर्बुजा, लक्ष्मीप्रसाद सुवाल, रामकाजी खाइजूले पनि पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *