भर्खरै :

खुला सीमा विकल्परहित होइन

– सुरज सिंह
नेपाल र भारतबीचको सीमा खुला हुँदा दुवै देशले अनेक समस्या सामना गर्न परिरहेको जगजाहेर नै छ । सीमावर्ती जिल्लाहरूमा अपराधको दर उच्च छ । दुवै देशका अपराधीहरू आ–आफ्नो देशमा अपराध गरेर अर्को देशमा लुक्ने गरेका छन् भने सीमापार आएर आपराधिक घटना घटाउने भारतीय डाँका, गुण्डा र अपराधीहरू पनि कम सङ्ख्यामा छैनन् । भन्सार र अन्य शुल्क छलेर उपभोग्य वस्तु तस्करी गर्ने र अन्य गैरकानुनी वस्तुको कारोबार गर्नेहरूका लागि खुला सीमा ठूलो उत्प्रेरक बनिरहेको छ ।
खुला सीमाकै फाइदा उठाएर भारतबाट चल्ला भित्याइँदा भारतका केही जिल्लामा मात्र देखिएको पोल्ट्रीसम्बन्धी विभिन्न रोग नेपाल भित्रिएको खुलासा भएको छ । यी अनेक समस्याले नेपाल–भारत सीमा नियमित गर्नुपर्ने आवश्यकताले झक्झक्याउँछ तर दुवै देशका सरकार भने यसतर्फ तत्पर देखिएका छैनन् ।
खुला सिमाना नियमित गर्नुपर्ने आवाज उठाउँदा कतिपय विद्वान बुद्धिजीवी भनाउँदाहरूसमेत नियमित सीमाबाट भन्सार तिरेर ल्याएको वस्तु नेपालीहरूले मूल्य तिर्न नसक्ने भन्दै खुला सीमा नै राख्नुपर्ने वकालत निर्लज्जतापूर्वक गर्छन् । त्यही समस्या हो भने भन्सार र कर त घटाउन र हटाउन पनि सकिन्छ । खुला सीमा विकल्परहित नै होइन । तर, अनेक समस्याको अचुक समाधान भने हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *