भर्खरै :

भीभीआईपी र भीआईपी सवारीमा कहिलेसम्म जनता रोकिने ?

– रुपक घिमिरे
देश बन्दै छ । यो नारा हरबखत घन्किन्छ आजकाल । स्वयम् प्रधानमन्त्रीले पनि समृद्धिका नारा खल्तीमा हालिसकेका छन् । तर, उचित ट्राफिक व्यवस्थापनको कमी र जामले आज पनि जनता उतिकै मार खेपिरहेका छन् । यस्तै जब भीभीआईपी र भीआईपी सवारीका बखत जनतालाई रोकिने जुन परिपाटी छ त्यसले सर्वसाधारण जनतामा एउटा आक्रोश उब्जाएको छ । भीआईपी सवारी भनेर जनतालाई घण्टौं कुराउनु कति उचित छ ? यतिमात्र नभई एम्बुलेन्सलाई पनि यस भीआईपी सवारीको नाममा रोकिनु के उचित हो त ?
भीआईपी सवारी आवागमन हुँदा केही प्रभाव नै नदेखियोस् भन्ने धारणा पनि हैन । तर, भीआईपी सवारीका नाममा जुन अव्यवस्थित परिपाटीको सृजना भएको छ त्यो भने अन्त्य हुनुपर्दछ । भीआईपी सवारीका अरु विकल्प र नयाँ परिपाटी विकासको पाटोलाई पनि केही केलाउन आवश्यक देखिन्छ ।
भीआईपीलाई पायक परेमा जनता प्रभावित नहुने गरी हेलिकप्टरबाट पनि केही अवस्थामा गन्तव्यमा पु¥याउन सकिन्छ । भीआईपी सवारीका हरबखत जनतालाई पूर्वसूचित गरी अन्य विकल्प पनि सरकारले पहिल्यै जनतालाई सूचित गर्न सकेमा यो अझ बढी व्यवस्थित हुने देखिन्छ । भीआईपी सवारी बखत एक डेढ घण्टा जनतालाई नकुराई, सुरक्षाकर्मी र ट्राफिकलाई स्थान र सवारी हुने निश्चित समयको पूर्वसूचना दिएर समयको पालना भएमा व्यवस्थापन अझ सहज हुन्थ्यो भन्ने मलाई लाग्छ । अनि महत्वपूर्ण कुरा कसैको जीवन र मृत्युको सवाल हुने एम्बुलेन्सलाई यस्तो भीआईपी सवारीले प्रभाव नपारोस् ।
केही समयअघि “राष्ट्रपतिको सवारीमा जनतालाई रोकिएन” भन्ने केही समाचार पनि आए । यसलाई व्यवस्थित भएको हेर्ने आकाङ्क्षा आम नागरिकको हुनु स्वाभाविक हो । यस कुरामा सम्बन्धित निकायको ध्यान जाओस् । जनताले दुःख पाए देश कदापि सुखी हुनसक्दैन भन्ने कुराको लेखाजोखा गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *