भर्खरै :

“युरोप ट्रम्पको तालमा नाच्नु हुन्न”

भियना, ६ चैत । युरोपेली देश अस्ट्रियाका राष्ट्रपति अलेक्सान्द्र भान डेर बेलनले युरोपेली देश संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गीतको तालमा नाच्न नहुने बताउनुभएको छ । जर्मनीको एउटा अखबारलाई दिएको एक अन्तर्वार्तामा उहाँले इरान आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिकेर गल्ती गरेको राख्नुभयो ।
उनले इरानमाथि लगाएको नाकाबन्दीप्रति पनि खेद व्यक्त गर्दै युरोपेली देश आफ्नै स्वतन्त्र नीतिअनुसार काम गर्नुपर्ने विचार राखे ।
गएको साल संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट हात झिक्नुभएको थियो । उहाँको सो कदमको संसारभर आलोचना भएको थियो । संरा अमेरिकाले आफ्नो सो नीति पछ्याउन युरोपका देशहरूलाई पनि दबाब दिइरहेको छ । तर, युरोपेली देशहरूले इरान आणविक सम्झौताबाट पछि हट्न तयार भएका छैनन् । बरु इरानसँग व्यापार सम्बन्ध विस्तार गर्न युरोपेली देशले हात बढाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *