भर्खरै :

दलको नाउँभन्दा मुख्य सिद्धान्त र विचार

– दिनबन्धु अर्याल
पुँजीपति वर्गको पक्षमा राजनीति गर्ने दलले कम्युनिष्ट पार्टीको नाउँ राख्नु सुहाउँदैन । तर, दलको नाउँ जे राखे पनि महत्वपूर्ण कुरा त्यो दलले अङ्गाल्ने सिद्धान्त र विचार हो । दलको नाउँ प्रजातान्त्रिक, देशभक्त या समाजवादी राखे पनि व्यवहार त्यो अनुकूल छैन भने राम्रो दलको रुपमा लिइँदैन । स्वतन्त्र मधेस गठबन्धन मधेसलाई छुट्टै देश बनाउने अभियानमा जुटेको थियो । अभियानको क्रममा नेता कार्यकर्ता पक्राउमा परे, आन्दोलनमा कति घाइते भए । मधेस अलग्ग गर्ने सिके राउतको उद्देश्य गलत थियो, देशविरोधी र जनविरोधी थियो । देशविरोधी दलको रूपमा परिचित स्वतन्त्र मधेस गठबन्धनको चैत ३ र ४ गते सिराहाको लहानमा बसेको राष्ट्रिय भेलाले जनमत पार्टी नाउँ राख्यो । नाउँ फेरिए पनि व्यवहार फेरिएन भने नाउँ परिवर्तनको कुनै तुक हुनेछैन ।
देश टुक्राउन राजनीति गर्ने, देश टुक्राउने खेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने दललाई कसैले पनि छुट दिनुहुँदैन । स्वतन्त्र मधेस गठबन्धन दलका नेता सिके राउटले मात्र होइन मधेसको नाउँमा खोलेका अन्य दलका नेताहरूले पनि पहिले विखण्डनको राजनीति गरेका थिए । एक मधेस प्रदेश नभए देशै नरहने चेतावनी मधेसी नेताहरूले दिएकै हुन् । राजधानीलाई नाकाबन्दी गर्ने, तराई प्रदेशमा रहेका जिल्ला टुक्रा गर्ने चेतावनी दिने नेताहरू अहिले पनि सक्रिय छन् । ती दलका नेताहरूको व्यापक विरोध भयो । गलत राजनीतिको कारण ती दल र दलका नेताहरूको बदनाम भयो । अन्ततः ती दलका नेताहरूले मधेस शब्द नै छोडेर राजपा (राष्ट्रिय जनता पार्टी) राखे । तर, पार्टीको नाउँ जनता पार्टी भए पनि तिनीहरूको राजनीति मधेसमै केन्द्रित छ । ती दलका नेताहरूको ध्येय शोषित पीडित तथा उत्पीडित मधेसी जनताको पक्षमा थिएन । तराईका शोषक, जमिनदार र सामन्तहरूको प्रतिनिधित्व ती दलले गरिरहेका छन् भने जनता पार्टी नाउँ राखेर केही फरक पर्दैन ।
एमालेले आफ्नो दलको पथप्रदर्शक माक्र्सवाद, लेनिनवाद राख्यो । तर, त्यस दलले माक्र्सवाद र लेनिनवादको सिद्धान्त र विचारअनुसार काम गरेन । वर्गसङ्घर्ष र वैज्ञानिक समाजवादको कुरा नउठाएको दसकौं भयो । माक्र्सवादी र लेनिनवादी सिद्धान्तलाई चिनियाँ नेता माओ त्सेतुङले चीनमा चिनियाँ माटो सुहाउँदो लागू गरे । त्यसलाई माओ त्सेतुङ्ग विचारधारा भनियो । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले नस्वीकारेको वादलाई नेपाली माओवादीहरूले आफूलाई माओवाद भने । तिनै माओवाद एमालेसँग मिलेर नेकपा बन्यो । हो, नेकपा हुनुपथ्र्याे, बन्नुपथ्र्याे । तर, दलले आत्मसात गरेको विचार, आचरण र व्यवहार सबै पुँजीवादउन्मुख छ । जनतालाई लोकपत्यारको लागि नेकपाको नाउँ राखेर कसरी बहुमत जनताको सेवा हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *