भर्खरै :

साफ फुटबलः फाइनलमा नेपाल भारतसँग भिड्ने

विराटनगर, ६ चैत (रासस) ः पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
यहाँस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् ।
यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पु¥याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् ।
आजै भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ ।
विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा भारतीय खेलाडी इन्दुमती कथरेसाले दुई तथा डालिमा छिबर र मनिषाले एक÷एक गोल गरिन् । भारतका लागि खेलको १७औँ मिनेटमा छिबरले पहिलो गोल गरिन् भने कथरेसाले २२औँ मिनेटमा अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यस्तै खेलको ३७औँ मिनेटमा कथरेसाले व्यक्तिगत दोस्रो गोल गरी भारतलाई ३–० को अवस्थामा पु¥याइन् । खेल सकिन केही मिनेट बाँकी छँदा भारतीय खेलाडी मनिषाले गोल गर्दै भारतलाई ४–० गोलले जिताइन् । शुक्रबार नेपाल र भारतबीच फाइनल खेल हुनेछ । भारत पाँचौँ पटक फाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *