भर्खरै :

भैरव रिसाल पोखरामा सम्मानित

पोखरा, ६ चैत । पोखरामा वरिष्ठ पत्रकार तथा श्रमिक साप्ताहिकका स्तम्भकार भैरव रिसाल सम्मानित हुनुभएको छ ।
स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा बुधबार पोखरामा आयोजित कार्यक्रममा सामाजिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार भैरव रिसाल र पत्रकार महिला सम्मानबाट धरानकी पत्रकार मनिता चामलिङ राई सम्मानित हुनुभएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारद्वयलाई सम्मान गर्नुभएको हो ।
समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापना गरिएको सामाजिक पत्रकारिता पुरस्कारको राशि रु. २५ हजार र सूर्य बरालको परिवारबाट स्थापना गरिएको पत्रकार महिला पत्रकारिता पुरस्कारको राशि पाँच हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
सम्मानित व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिमालले मुलुकमा ठूलो परिवर्तन आएको स्मरण गर्दै पत्रकारिता कमाउनका लागि नभई देश र जनताको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो । अर्का सम्मानित मनिता च्यामलिङ राईले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशील बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *