भर्खरै :

भत्ता वितरणमा ढिलाइ किन ?

– कुुसुम
प्रदेश नं. २ का स्थानीय तहहरुमा जनप्रतिनिधि बहाली भएको डेढ वर्ष बित्न लाग्दा पनि स्थानीय सेवाग्राहीहरु समयमा सेवा, सुविधाहरु पाइरहेका छैनन् ।
स्थानीय तह भनेको जनताको सबभन्दा नजिकको सरकार हो । चुनावका बेला शासक पार्टीका उम्मेदवारहरुले सिंहदरवारको अधिकार जनताको घर आँगनसम्म पुग्ने बताएका थिए ।
नेपाल विभिन्न जात–जाति र भाषा–भाषीको विशेषतायुक्त देश भएकोले यहाँका जनताले आ–आफ्नो संस्कृतिहरु मनाउने गर्दछन् । तराईमा मनाउने विभिन्न पर्वहरुमध्ये होली एउटा महत्वपूर्ण रहेको छ । होलीमा घर बाहिर रहेकाहरु प्रायः सबै जना आफ्नो गाउँ–ठाउँमा आएर मनाउने गर्दछन् ।
नेपाल सरकारले स्थानीय तहमार्फत जेष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता, आपाङ्गता भत्ता, बालबालिका पोषण भत्ता रौतहतका देवाही–गोनाही नगरपालिका तथा विभिन्न स्थानीय तहहरुले समस्या उपलब्ध नगराउँदा सम्बन्धीत वृद्धवृद्धा र अशक्तहरु चिन्तित भएका छन् । सामाजिक सुरक्षा भत्ता समयमा वितरण नहुँदा सेवा ग्राहीहरुले होली पर्व कसरी मनाउनेभनी चिन्तित छन् । गत वर्षको सामाजिक सुरक्षा भत्ताहरु र होलीको एक–दुई अगाडि नै वितरण भएको थियो । यस वर्षको होली मनाउनको लागि जेष्ठ नागरिकहरुले गाउँका साहु महाजनहरुसँग ऋण लिएर मनाउनपर्ने स्थितिमा पुगेका छन् भने कतिपयले भन्ने गरेका छन् कि हामीलाई ऋण दिन नै विश्वास गर्दैन । निर्वाचित जनप्रतिनिधिहरुले भने आफूले पाउने सेवा सुविधाहरु समयमा नै पाउँछन् । जनप्रतिनिधिहरुको यस्तो गैरजिम्मेवारीमा व्यवहार हेर्दा सबै साधारण जनताले भने गरेका छन् कि जनप्रतिनिधिभन्दा कर्मचारीहरुद्वारा स्थानीय निकाय सञ्चालित हँुदा नै सामाजिक सुरक्षा भत्ता समयमा पाउँथ्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *