भर्खरै :

गुएइदोका सेना प्रमुख पक्राउ

काराकास, भेनेजुयला, ७ चैत (रासस÷एएफपी) ः भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई भेनेजुयलाका अधिकारीले जानकारी गराएका छन् ।
अमेरिका, यूरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत दिएको जानकारी अनुसार मारेरोलाई बिहीबार बिहानै नीजको घरबाटै भेनेजुयली अधिकारीले पक्राउ गरी लगेका गुएइदोले बताउनुभयो ।
यस्तै मारेरोले पनि आफ्नै आवाजमा रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरी सरकारी गुप्तचर अधिकारीले आफूलाई पक्राउ गरेको जानकारी गराउनु भएको छ ।
संयुक्त राज्य अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोको सरकारलाई राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उहाँका सहयोगीलाई पक्राउ नगर्न पटक पटक दिएको चेतावनीका बाबजुद मारेरोलाई पक्राउ गरिएको हो ।
मारेरोको पक्राउपछि उहाँको अवस्थाबारे सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *