भर्खरै :

विश्व कविता दिवसमा कविता वाचन

भक्तपुर, ७ चैत । विश्व कविता दिवसको अवसरमा बिहीबार भक्तपुर दत्तात्रयस्थित नमूना घरमा आयोजित कार्यक्रममा झण्डै दुई दर्जन नयाँ तथा पुराना कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभयो ।
नुवागी मिडियाको आयोजनामा चार वर्ष अघिदेखि भक्तपुरमा विश्व कविता दिवसको अवसर पारेर कविता गोष्ठी हुँदै आएको छ । अघिल्लो सालबाहेक यो वर्षको कार्यक्रमसमेत गरी तीन पटक नमूना घरको प्राङ्गणमै कविता वाचन कार्यक्रम भएको छ ।
बिहीबार कविता सुन्न भेला भएका कविमनहरूको अग्रपङ्क्तिमा बस्नुभएको थियो–साहित्यकार एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, गीतकार चेतन कार्की, लेखक प्रकाश साय्मी र मुक्तककार सुवास ढुङ्गाना ।
कविता वाचनका लागि कविहरू हरिहर तिमिल्सिना, सुशिल राजोपाध्याय, अभय श्रेष्ठ, रामगोपाल आशुतोषदेखि विभिन्न जिल्लाका नवोदित कविहरू शरद ऋतु (चितवन), मनोज (रौतहट), युग समर्पण (रोल्पा), रमाश्री (ललितपुर) लगायत कविता नमूना घरमा भेला हुनुभएको थियो । अधिकांश सहभागी कवितासहित कार्यक्रममा सहभागी बन्नुभएको थियो ।
सहभागीहरूलाई नमूना घरका रवीन्द्र पुरी र नुवागी मिडियाका प्रमुख मतिना त्वानाबासूले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *