भर्खरै :

वैज्ञानिक समाजवादका मुख्य तत्व र विशेषता

कृष्णदास श्रेष्ठ
माक्र्सवाद माक्र्स र एन्जेल्सका विचारहरूको एउटा प्रणाली हो । त्यसका तीन अभिन्न अङ्गहरू छन्ः दर्शन्, अर्थशास्त्र र समाजवादी सिद्धान्त । त्यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । ऐतिहासिक भौतिकवाद भनेको इतिहासमा सो दर्शनको प्रयोग हो । माक्र्सवादी आर्थिक सिद्धान्तको आधारशिला अतिरिक्त मूल्यको सिद्धान्त हो । समाजवादसम्बन्धी त्यसको सिद्धान्त वैज्ञानिक समाजवाद हो र यसलाई वैज्ञानिक कम्युनिज्म पनि भनिन्छ । वास्तवमा यो माक्र्स र एन्जेल्सको कम्युनिष्ट सिद्धान्त हो ।
माक्र्स र एन्जेल्सको समाजवादी सिद्धान्तलाई वैज्ञानिक भन्नाको कारण के भने त्यो भावनामा या कल्पनामा आधारित नभएर ठोस दार्शनिक तथा आर्थिक जगमा आधारित रहेको छ । यसको दार्शनिक आधार इतिहाससम्बन्धी द्वन्द्वात्मक–भौतिकवादी धारणा (ऐतिहासिक भौतिकवाद) हो । उक्त धारणाअनुसार, समाज विकासशील र परिवर्तनशील छ र त्यो एक रूपबाट अर्को रूपमा विकसित हुन्छ, त्यसैले पुँजीवादको विनाश र समाजवादको स्थापना हुनु अवश्यम्भावी र अनिवार्य छ । यो वैज्ञानिक–समाजवादी सिद्धान्तको प्रमाणीकरण हो । त्यस्तै, यसको आर्थिक प्रमाणीकरण माक्र्सको आर्थिक सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त) हो, जसले समाजवादी क्रान्ति पुँजीवादको गर्भबाट अनिवार्य रूपले पैदा हुने चीज हो भन्ने कुरालाई देखाइदियो । यसरी, समाजवादसम्बन्धी माक्र्सवादी सिद्धान्त त्यसद्वारा प्रतिपादित दार्शनिक, ऐतिहासिक र आर्थिक सिद्धान्तहरूमा आधारित छ र यो तिनको स्वाभाविक परिणाम पनि हो ।
माक्र्सको वैज्ञानिक समाजवादी सिद्धान्त विद्यमान समाजको समाजवादी रूपान्तरणको अनिवार्यता र त्यसलाई हासिल गर्ने तरिका र उपायहरूसम्बन्धी निर्देशक सिद्धान्त हो । अर्थात् यो मानिसद्वारा मानिसको शोषणमा आधारित समाजको लासमा शोषणरहित, वर्गविहीन समाजको निर्माण कुन ढङ्ग र उपायबाट गर्न सकिन्छ भन्ने सवालसित सम्बन्धित छ । माक्र्सको एउटा महत्र्वपूर्ण प्रस्थापना छ ः “दार्शनिकहरूले संसारको व्याख्यामात्र गरेका छन्, मुख्य कुरा त संसारलाई फेर्नु हो ।” यो सिद्धान्त संसारलाई फेर्ने, पुरानो संसारलाई ध्वस्त गरेर नयाँ संसार, अर्थात् कम्युनिष्ट संसारको निर्माण गर्ने व्यवहारिक–राजनीतिक तथा सङ्गठनिक सवालहरूसित सम्बन्धित छ । यो वस्तुगत स्थितिको विकासक्रमले प्रस्तुत गर्ने समाजवादी क्रान्तिको ऐतिहासिक आवश्यकतालाई ठोस यथार्थतामा परिणत गर्ने सवालसित सम्बन्धित सवाल हो ।
अब, समाजवाद भनेको के हो ? सामान्य रूपमा त्यसले के जनाउँछ ? विचारको रूपमा समाजवाद भनेको मानिसद्वारा मानिसको शोषणको विरूद्ध, श्रमिक जनताको शोषणको विरूद्ध दह्रो तथा सक्रिय विरोध हो । सामाजिक व्यवस्थाका रूपमा समाजवाद भनेको त्यस्तो व्यवस्था हो जहाँ उत्पादनका साधनहरूमाथि निजी (व्यक्तिगत) मालिकत्व रहँदैन, बरू सामूहिक, साझा मालिकत्व रहन्छ र जहाँ कोही शोषक र कोही शोषित रहँदैनन्, अर्थात् वर्गहरूको अस्तित्व रहेको हुँदैन ।
हाम्रो मानव समाजको प्रारम्भिक रूप उपरोक्त खालको थियो, जसलाई आदिम साम्यवादी (कम्युनिष्ट) समाज भनियो । त्यस युगमा मानिससित साधारण औजारहरू मात्र थिए, जस्तो कि ढुङ्गे बञ्चरो, चक्कु, आदि । मानिसले प्रकृतिद्वारा दिइएका चीजबाट जीविका चलाउँथ्यो (जस्तो कि कन्दमूल, माछा, जनावर सिकार) र पछिल्लो अवधिमा पशुपालन र खेतीबाट जीविका चलायो । त्यसबेला उत्पादक शक्तिहरूको विकास ज्यादै तल्लो स्तरमा थियो, मानिसले एक्लाएक्लै प्राकृतिक शक्तिहरूसित लड्न र जीविकाका साधन प्राप्त गर्न सक्दैनथ्यो । जीविकाका साधन प्राप्त गर्न तिनीहरूले मिलेर, सामूहिक रूपले काम गर्नुपथ्र्यो । उत्पादनका साधनहरूमाथि साझा, मालिकत्व थियो र सामूहिक श्रमद्वारा उत्पादित जीविकाका साधनहरूको वितरण सबैमा बराबरी रूपमा हुन्थ्यो । त्यहाँ निजी सम्पत्ति, थिएन, वर्गहरू थिएनन्, त्यसैले कसैबाट कसैको शोषण भन्ने कुरा थिएन, राज्य भन्ने थिएन र साझा मामिलाहरूको बन्दोबस्त सामूहिक रूपमा (कम्युन, गणतन्त्र आदिद्वारा ) गरिन्थ्यो । सामूहिक स्वार्थ र व्यक्तिगत स्वार्थमा भेद थिएन, सामूहिक स्वार्थ नै व्यक्तिगत स्वार्थ हुन्थ्यो । प्रजातिहरूमाझ हुने युद्धमा हारेका पक्षका बन्दीहरू सबैजना मारिन्थे किनभने तिनलाई बचाएर राख्दा फाइदा थिएन । त्यसलाई ‘स्वर्ण युग’ (न्यमिभल बनभ), ‘सत्य युग’ त्यसैले भनिएको होला ।
अहिले हामी कम्युनिष्टहरूले ल्याउन चाहेको व्यवस्था आधारभूत रूपमा उस्तै खालको तर अधिक उच्चस्तरको र अधिक समृद्धशाली खालको हो ।
आदिम साम्यवादी व्यवस्थाभित्र उत्पादक शक्तिहरूको विकास हुँदै गयो र त्यही क्रममा निजी सम्पत्तिको उत्पत्ति भयो र समाज वर्गहरूमा विभाजित भयो । अहिलेसम्म देखापरेका समाजका ऐतिहासिक रूपहरू यस प्रकार छन् ः –१) आदिम साम्यवाद (२) दास व्यवस्था (३) सामन्ती व्यवस्था (४) पुँजीवादी व्यवस्था र (५) समाजवादी व्यवस्था । पहिलो र अन्तिमलाई छाडेर दोस्रो, तेस्रो र चौथो व्यवस्थाहरू वर्गविभक्त, अर्थात् एक वर्गद्वारा अर्को वर्गको शोषणमा आधारित व्यवस्था हुन् र ती निजी सम्पत्तिमा, उत्पादनका साधनहरूमाथि निजी मालिकत्वमा आधारित रहेका छन् । वर्गीय शोषणको दृष्टिले ती उस्तै छन् तर शोषणको तरिका र रूपको दृष्टिले फरक छन् ।
वर्गविभक्त सामाजिक व्यवस्थाहरू रहेको स्थितिमा पनि कम्युनिज्मसम्बन्धी विचार विभिन्न रूपमा क्रियाशील रह्यो । दास व्यवस्थाको अवधिमा आदिम साम्यवादको स्थितितर्फ फर्कने विचार र त्यसका लागि सङ्घर्षका रूपमा त्यो रह्यो । (दृष्टान्तका रूपमा, बुद्धको विहार जीवनावस्था, प्लेटोको ‘गणतन्त्र’, रोमको ईस्वीपूर्व ७३–७१ को महान् दास विद्रोह) । प्लेटोको ‘गणतन्त्र’ पुस्तकमै सीमित रह्यो, रोमको दास विद्रोह असफल रह्यो । मुख्य कारण के भने त्यसताका इतिहास अघि बढिसकेको थियो र नयाँ विकसित आधारमा कम्युनिष्ट समाज स्थापना गर्नका लागि आवश्यक अवस्थाहरूको विकास भइसकेको थिएन ।
१६ औं शताब्दीदेखि १९ औं शताब्दीको पूर्वाद्र्धसम्म पुँजीवादको विरूद्ध समाजवादी विचारहरूको प्रचार व्यापक रूपमा भयो र त्यसले समाजको पुनर्निर्माण गर्ने काल्पनिक परियोजनाहरूको रूप लियो । त्यस अवधिमा खास रूपले बेलायत र फ्रान्समा अनेकौं काल्पनिक (ग्तयउष्बल) समाजवादीहरू देखा परे र तिनमा सेन्ट साइमन, चार्स फ्युरेर र रबर्ट ओवेन प्रमुख थिए । त्यस अवधिको समाजवाद काल्पनिक समाजवाद (ग्तयउष्बल कयअष्बष्किm) थियो । ‘युटोपियन’ भन्ने शब्द ‘युटोपिया’ (ग्तयउष्ब) बाट आएको हो, जसको साधारण अर्थ हो काल्पनिक स्थान अर्थात् त्यस्तो ठाउँ जसको यथार्थतामा कुनै अस्तित्व छैन । तत्कालीन कल्पनावादीहरू समाजको पुनर्निमाणका लागि यस्ता योजनाहरू बनाउने गर्थे, जुन यथार्थतामा परिणत हुन असम्भव थियो, पूरै अयथार्थवादी र अव्यवहारिक थियो ।
काल्पनिक स्वरूपको समाजवाद भए पनि, समाजवादी चिन्तनको विकासको इतिहासमा त्यसका महत्र्वपूर्ण योगदानहरू रहेका थिए । पछिल्लो कालमा वैज्ञानिक समाजवादी सिद्धान्तको प्रतिपादन गर्ने काममा त्यसको महत्र्वपूर्ण भूमिका रहेको थियो । त्यसका सकारात्मक र नकारात्मक पक्षहरू थिए, जसका बारेमा सङ्क्षिप्तमा विचार गरौँ ।
काल्पनिक समाजवादीहरूको एउटा महत्र्वपूर्ण योगदान कुन कुरामा रहेको थियो भने तिनीहरूले पुँजीवादअन्तर्गत हुने गरेको श्रमिक जनताको शोषण –उत्पीडन र त्यसबाट पैदा भएका खराबीहरूको बडो सशक्त र गहन रूपमा पर्दाफास गरे । निजी सम्पत्ति नै सारा शोषण, उत्पीडन र सामाजिक खराबीहरूको जड रहेको तथ्यलाई तिनीहरूले राम्ररी खुलस्त पारिदिए । “नयाँ नैतिक संसार” नामक आफ्नो कृतिमा रवर्ट ओवेनले निम्न महत्र्वपूर्ण विचार व्यक्त गरेका थिए ः
“निजी सम्पत्ति मानिसका निम्ति अनन्त अपराध र दुःखको कारण रहेको छ र आजसम्म पनि छ । निजी सम्पत्तिले मनलाई मनबाट अलग पार्छ, त्यो सम्पूर्ण समाजमा घिनलाग्दो काम– कार्यवाहीको एक स्थायी कारण हो, मानिस मानिसका बीचमा धोखेबाजी र जालसाजीको अविरल स्रोत हो र महिलाहरूको बीचमा वेश्यावृत्तिका निम्ति एक बलियो प्ररेणा हो ।”
यसरी, ती समाजवादीहरूले पुँजीवादी परिपाटीको दृढ विरोध र भण्डाफोर गरेर समाजवादी विचारलाई अघि बढाउने काम गरे । अनि पुँजीवादी समाजको ठाउँमा स्थापित गरिनुपर्ने समाजवादी समाजको परिकल्पना प्रस्तुत गरेर –(फ्युरेर र ओवेनको योजना) त्यस्तो समाज स्थापना गर्न सकिन्छ र गर्न सम्भव छ भन्ने कुरा देखिए । तिनीहरूले भविष्यमा त्यस्तो समाज अवश्य स्थापना हुनेछ भन्ने कुरामा दृढ विश्वास र आस्था व्यक्त गर्दै सो समाजमा मानवजातिको प्रचुर मात्रामा उन्नति हुनेछ भन्ने धारणा प्रस्तुत गरे । भावी समाजको सम्बन्धमा उनीहरूका निष्कर्षहरू निम्न प्रकारका थिए ः
रुउत्पादनका साधनहरूमाथि सामाजिक मालिकत्व हुनेछ र कामदारहरूको सामूहिक श्रमद्वारा विकास हुनेछ,
रु ज्यालादारी श्रमको उन्मूलन हुनेछ र श्रम एक प्राकृतिक आवश्यकता र मनोरञ्जन रहनेछ,
रुगाउँ र सहरबीचको भेदको उन्मूलन हुनेछ,
रुराज्य औद्योगिक व्यवस्थापन निकायमा रूपान्तरित हुनेछ,
उपरोक्त निष्र्कषहरू समाजवादी चिन्तनको क्षेत्रमा सकारात्मक तत्र्व हुन् ।
तर, काल्पनिक समाजवादीहरूको सामाजिक रूपान्तरणका परियोजनाहरूमा गम्भीर त्रुटि र कमजोरी रहेका थिए । ती त्रुटि र कमजोरी कुन तथ्यमा रहेको थियो भने तिनीहरूले सो रूपान्तरणलाई कुन उपायबाट सिद्ध गर्न सकिन्छ, त्यसका लागि कुन बाटो अपनाउनुपर्छ र कुन वर्ग–शक्तिहरूमाथि भरोसा राख्नुपर्छ भन्ने कुरालाई बुझ्न सकेनन् वा बुझेनन् । तिनीहरूका खास कमजोरीहरू निम्न थिए ः
रु शोषित पीडितहरू र सर्वहारावर्गप्रति सहानुभूति राख्ने, तर तिनको गरिबीभित्रको क्रान्तिकारी पक्षलाई नदेख्ने, सर्वहारावर्गको शक्तिप्रति अनभिज्ञता ।
रुराजनीतिप्रति उदासीनता, वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष, पुँजीवादी शासनलाई फाल्ने, सत्ता–कब्जा आदिप्रति अस्वीकृति ।
रु जनतालाई शिक्षित बनाउने, वर्ग–समन्वय कायम गर्ने, शासक र धनीहरूको मन फेर्ने र तिनलाई शोषितहरूको पक्षमा लगाउने उपायद्वारा रूपान्तरण सिद्ध गर्ने विचार ।
रुवस्तुगत ऐतिहासिक विकास क्रममा भरोसा राख्नुको सट्टामा मानिसहरूको भावना, नैतिकता, शुभेच्छा आदिमा भरोसा राख्नु । यसरी तिनीहरूको समाजवाद ‘भावनाहरूको समाजवाद’ थियो ।
उपरोक्त कारणहरूले गर्दा त्यसलाई काल्पनिक समाजवाद भन्ने संज्ञा दिइएको हो र त्यसमा नै त्यसको काल्पनिक चरित्र रहेको थियो । त्यसताका त्यस्तो स्थिति हुनु कुनै आकस्मिक कुरा थिएन, त्यसको ऐतिहासिक कारण थियो । त्यसको मुख्य कारण थियो–पुँजीवादी उत्पादन –सम्बन्धहरूको विकास पर्याप्त मात्रामा भई नसक्नु, जसले गर्दा समाजको क्रान्तिकारी रूपान्तरणका लागि अवस्थाहरू परिपक्व भई नसक्नु । अर्को कारण थियो– सर्वहारावर्गले स्वाधीन शक्तिका रूपमा आफूलाई उठाई नसकेको स्थिति । उपरोक्त स्थितिमा तत्कालीन समाजवादीहरूका विचारहरू स्वाभाविक रूपले कल्पनावादी हुन गए । पछि समयको क्रममा पुँजीवादको विकाससँगै पुँजीपतिवर्ग र सर्वहारावर्गबीचको अन्तर्विरोध तीव्र हुँदै गयो र अनि वर्गसङ्घर्षको अस्वीकृति, वर्ग–मेल, माथिल्ला सामाजिक तहमा अपिल, सुधारप्रति विश्वास आदि तिनीहरूका धारणाहरूको गलत रूपमा स्पष्ट हुन गयो र त्यसको व्यावहारिक मूल्य र न्यायोचितता हराएर गयो ।
माक्र्सवादका सैद्धान्तिक स्थिति र अवधारणा
–बाँकी भोलिको अङ्कमा

One response to “वैज्ञानिक समाजवादका मुख्य तत्व र विशेषता”

  1. निमराज says:

    यो पत्रिकाको म नियमित पाठक हु समाजवाद सम्बन्धी अझै बुझिने भाषामा लेखहरु आईदिए हुन्थ्यो ! कृष्णदास ज्यूको लेख निकै सान्दर्भिक छ उहालाई बधाई छ आगामी दिनमा एस्ता कुरा अझै पढना पाइयोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *